हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । गाजामा शासन गर्ने समूहको एक विज्ञप्तिमा उनको मृत्युको दोष इजरायललाई लगाएको छ। हानिया र उनका एक अंगरक्षक बसेको भवनमा आक्रमण भएको थियो । सोही आक्रमणमा उनीहरू मारिएका बताइएको छ । हमासले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हनियाहमंगलबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा भाग लिन तेहरानमा थिए ।’ इस्लामिक प्रतिरोध आन्दोलन हमासलेप्यालेस्टिनी जनता, अरब र इस्लामिक राष्ट्र र विश्वका सबै स्वतन्त्र मानिसहरूसँग शोक साझा गर्दछ । भाइ, नेता, शहीद, आन्दोलनका प्रमुख मुजाहिद इस्माइल हनिया, जसको हत्या भएको थियो। तेहरानमा उनको निवासमा एक विश्वासघाती सियोनिस्ट आक्रमण भएको थियो,’ हमासले भनेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले पनि हानियाको मृत्यु भएको घोषणा गरेको छ । आज बिहान,…
तितो सत्य
मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ ।तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्याएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधन पनि पल्टाएको थियो ।
भोजपुरको थुम्लुङ खोलाबाट सुरु भएको इर्खुवा खोला बाढीले ठूलो क्षति पुर्याएको छ । त्यस्तै इर्खुवा खोलाको बाढीले त्यहाँ बनिरहेको इर्खुवा हाइड्रोपावर पूर्ण रुपमा क्षति पुर्याएको छ । बाढीले अन्य ३ हाइड्रोपावरमा पनि क्षति पुगेको छ । ‘खोला किनारको वस्तिहरु प्रभावित भएको छ । बाढीले ८ वटा पुल र एउटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।बाढीले स्थानीय बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल, नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्याएको छ ।बाढीले बगाउँदा इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता…
सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ । कानुन र कार्यविधिअनुसार समितिले अनुसन्धान गर्ने भन्दै सोधपुछका लागि समितिमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न नखोजेको छानबीन समितिका अध्यक्ष सुर्य थापाले बताएका छन । ‘सोधपुछमा आउने हरेक व्यक्तिलाई दोषी प्रमाणित गरेर सोधपुछ गर्न खोजेका भने होइनौँ’, थापाको भनाइ छ । लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ । लामिछानेलाई सोधपुछ गर्ने भनिए पनि…
आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको बैठक मंगलबार बस्दै छ। न्याय परिषद सहित न्याय सेवा आयोगको समेत बैठक बसन लागेको हो। हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त रहेका छन् भने उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन्।
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई सय दिनमा आफूले गर्ने कामहरूको योजना बनाउन निर्देशन दिएका छन् ।सरकारको सय दिनसम्म सामान्यतया सरकारमाथि प्रश्न नगर्ने चलन भएपनि त्यसपछि जनताले हरेक मन्त्रीलाई प्रश्न गर्ने भन्दै कामको प्लान बनाउन निर्देशन दिएका हुन् । ‘हामीलाई हनिमुन डे मनाउने फुर्सद छैन । रातदिन गरेर काम गर्नुछ । हरेकले त्यो अवधिमा गर्ने कामको योजना बनाउनुस्’, प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘सय दिनमा के–के गर्नुभयो ? भन्दा यो यो गरेँ । कमसेकम तीनवटा काम, पाँचवटा काम भनेर गरौँ ।’ उनले सय दिनमा हरेक मन्त्रालयका प्रतिवेदन सरकारले निकाल्ने भन्दै त्यो प्रतिवेदन उत्साहवर्दक र आकर्षक हुनुपर्ने…
सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ ।राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकले भारत र चीन सहित संयुक्त राज्य अमेरिका, रुस, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण कोरिया, कतार, दक्षिण अफ्रिका, डेनमार्क, साउदी अरब, मलेसिया, इजरायल, जर्मनी, पोर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको छ । भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाइएको छ…
सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।परम्पराअनुसार शर्मा अवकास पाउनु भन्दा एक महिना अगाडि साउन २४ गतेदेखि विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेकोहो । प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउँदै छन ।
सोमबार संसदीय सुनुवाइ समितिको बैठक बस्नुअघि नै निर्वाचन आयुक्तमा सिफारिस गरिएको कृष्णमान प्रधानकले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । असार २मा संवैधानिक परिषदको बैठकले कृष्णमान प्रधानकलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइका क्रममा एक महिलाले कृष्णमान प्रधानकले आफूलाई यौन शोषण गरेको भन्दै उजुरी दिएकी थिइन् । समितिले उजुरीकर्ता महिला र प्रधानसँग पनि यसबारेमा छलफल गरे पनि निर्णय गर्न ढिलाइ गरिरहेको थियो । सोमबार संसदका…
सहकारी छानबिन संसदीय समितिको सोमबार बसेको बैठकले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका जीबी राई, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसी यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनको श्रीमती राजमाया, छोरा सचिन र छोरी सरला शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेगाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन साथै अमेरिका, बेलायत,मलेसिया, भारत अनि स्थिति अज्ञात…