तितो सत्य

साउन २२ र २३ गतेको संघीय मन्त्रिपरषद् बैठकको दुईवटा निर्णय बिहीबार सार्वजनिक गरिएको छ। बैठकका निर्णयमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसददीय मामिला मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलाई प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा सरुवा गरेको छ त्यसैगरि एसियाली विकास बैंकको २० मिलयन अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बेलायत सरकारबाट प्राप्त हुने ६ खर्ब ५८ करोड अनुदान सहायतासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश श्यामजी प्रधानलाई राजश्व न्यायाधिकरण नेपालगञ्जको कानुन…

Read More

बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको छ ।परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । आन्दोलनबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछौं र आन्दोलनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्‍याउने नेपालले विश्वास गरेको छ ।

Read More

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोजादा दुई घर पुरिएर चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।

Read More

राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ । बंगलादेशका सेनापति वाकर उज-जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् । प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु भएको घोषणा गरेकाछन ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी छन् ।।मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ ।कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ ।यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रु भइसकेको छ । बाँकी रहेको काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ पनि आज छेडिएको हो ।आयोजनामा कुल ६ स्थानमा…

Read More

कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको आफैंले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका छन ।

Read More

एजेन्सी– मध्यपूर्वमा तनाव बढेपछि अमेरिकाले त्यसतर्फ थप लडाकु विमान र युद्धपोत पठाउने भएको छ । इजरायलको रक्षाका लागि अमेरिकाले आफ्नो जल, थल र वायु सैन्य शक्तिलाई मध्यपूर्वमा केन्द्रित गर्न लागेको हो । इरान, यमन र लेबनान लगायत छिमेकी मुलुक तथा त्यहाँ सक्रिय लडाकु समूहहरूसँग हाल इजरायलको तनाव थप बढेको छ । गाजापट्टीमा प्यालेस्टाइनी समूह हमासलाई निमिट्यान्न पार्ने लक्ष्यसाथ गरेको आक्रमणको प्रभाव अरब मुलुकसम्म विस्तार भएपछि यतिखेर इजरायलको चौतर्फी मोर्चामा लड्नुपर्ने अवस्थामा पुगेको छ । स्थिति थप खराब बनेपछि अमेरिकी रक्षा विभाग पेन्टागनले इरान र उसका सहयोगीहरूको हमलाबाट इजरायललाई रक्षा गर्न मध्यपूर्वमा थप लडाकु जहाज र विमान तैनाथ गरिने जनाएको हो…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन अपिल गरेका छन् । पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहितहोमिनुपर्ने बताउँदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन् । प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू, राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागी मैले पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्ने बित्तिकै मलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गर्‍यो । मलाई आफैँले बनाएको पार्टीबाट क्लबले अवैधानिक ढङ्गबाट निष्कासन गरेपछि हाल म निर्वाचन आयोगमा न्याय निरूपणका लागी पुगेको छु । प्रचण्ड र ओलीसँग ऊ आफू मिल्ने,…

Read More

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेडभएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेतगरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।  बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् ।

Read More

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए ।संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए ।६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिएने समीरले जानकारी दिए ।

Read More