तितो सत्य

प्रतिनिधिसभा बैठक आज  बस्दै छ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ । त्यसैगरी बैठकमा सभामुखले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

Read More

गत बिहीबार निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदा रहेको छ ।

Read More

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखामा करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन्। धार्चे गाउँपालिका-५ रेसास्थित जितबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका हुन्। पहिरोले घर र कृषि फार्म पुरिएको र पाँच जना बेपत्ता भएको बेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।भन्ने खबर प्राप्त भएको र त्यसतर्फ प्रहरी परिचालन भएको बताए।

Read More

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा अघि बढाइएको छ ।सो आयोजनाको हालसम्म ३५ दशमलव ३८ प्रतिशत भौतिक र ३६ दशमलव ६६ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ । द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ वटा प्योकजमा छुट्याएर निर्माण थालिएको थियो ।ती प्याकेजमध्ये द्रूतमार्गको छ दशमलव पाँच किलोमिटरदेखि ७० दशमलव ९७ किलोमिटरसम्मका विभिन्न १० वटा प्याजेकमा धमाधम काम भइरहेको आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए ।प्याकेज नं ११…

Read More

शुक्रबार क्यान महासंघले गरेको बीटूबी समिट २०२४ मा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गरिने बताएका छन् । देशमा ठुलठुला परिवर्तनहरू भइसके पनि नीति र कानूनहरु परिवर्तन भएका छैनन्’, उनले भने, ‘त्यो ऐन कानून र नीति नयाँ बनाउनेतर्फ लाग्छु ।’ उनले ब्रोडकास्टिङ ऐन र नीति अहिले पनि पञ्चायनकालकै रहेको भन्दै यसमा नयाँ जनादेश अनुसार बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सूचना प्रविधि नीति तथा विधेयक बनाउन खुलेर सुझाव दिन सबैसँग आग्रह गरे । उनले मन्त्रालयले नीति कानुनमा क्यान महासंघ, एफएनसीसीआई, सीएन आई, प्रविधिका विज्ञलगायतसँग छलफल गरेर मात्रै नीति…

Read More

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ ।मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था गरेको हो ।

Read More

प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले तत्काल पुँजी परिचालन हुन सक्ने क्षेत्र घरजग्गा, शेयर र सवारीसाधन खरिद सहज बनाउनेगरी पूर्वगभर्नर खतिवडालाई ‘उपयोग’ गर्न खोजेपछि गभर्नर अधिकारी तत्काल मौद्रिक नीति जारी गर्नबाट पछि हटेका थिए ।अघिल्लो साता नै मौद्रिक नीति जारी गर्ने तयारी रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगभर्नर एवम्‌ पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई प्रमुख आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि एक साता पर धकेलिएको थियो । नेपाल राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धि छ ।…

Read More

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट चार महिना सदस्य बनेका थिए । त्यस्तै मन्त्रिपरिषद्ले सदस्यहरूमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह (धनुषा) , प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको छ ।

Read More

२२ जनाको ज्यान जानेगरी भएको सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए ।  अहिले उद्धारकार्य जारी छ । उद्धार कार्य सकिएपछि विमानस्थल सुचारु गरिने उनले जानकारी दिए ।

Read More

भक्तपुरको बालकोटका अर्जुन बास्कोटाले उपसभामुखलाई हटाउन माग गर्दै प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् । माननीय उप–सभामुख इन्दिरा रानाले ई.सं.२६/०२/२०२३ मा संसद् सचिवालय र आफ्नो पदको दूरुपयोग गरी अमेरिकी  राजदूतावासमा पदीय मर्यादाविपरीत गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको हुँदा सो पत्र समेत संलग्न गरी उप–सभामुखलाई पद दुरुपयोग गरेको अभियोगमा हटाउन निवेदन दिएको छ । ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रले तरंग सिर्जना गरेको छ । २६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ,…

Read More