रौतहट जील्लाको दुर्गा भगवती गाँउपालीका वडा नं.३ मत्सरी मा राष्ट्रीय नागरीक संघर्ष समीती जील्ला कार्य समीती रौतहट को आयोजनामा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयेको छ । उक्त कार्यक्रम मा राष्ट्रीय नागरीक संघर्ष समीती का राष्ट्रीय प्रवक्ता श्री हीरा बहादुर चन्द प्रमुख अतीथी , राज कुमार सीन्धी, चौतरीया प्रदीप बहादुर शाह, त्रीपेश बीक्रम शाह तथा दीक्षा राणा शाह बीषीस्ठ अतीथी रहनु भयेको थीयो उक्त कार्यक्रम मा प्रबक्ता हीरा बहादुर चन्द ले २०४७ संबिधान बीकल्प नरहेको र राज्य ले अब कुनै कीसीम को द्वन्द धान्न न सक्ने राजा, दल र जनता सबै अटाउने भनेको २०४७ को संबीधान मा मात्र हो भन्दै…
तितो सत्य
प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । कांग्रेस, राप्रपा, लाेसपालगायतका प्रतिपक्षी दलको अवरोधका कारण आजको बैठक स्थगित भएको हो। सभामुख देवराज घिमिरे उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटाएपछि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठकको आकस्मिक समय चलाउन दिन तयार भएको थियो। बैठक सुरु भएपछि आकस्मिक समय लिएर कांग्रेसका रामहरि खतिवडा, एमालेका सूर्यबहादुर थापा, माओवादीका माधव सापकोटा, रास्वपाका मनीष झा, राप्रपाका ज्ञानेन्द्रबहादुर शाही, जसपाका प्रदीप यादव, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले धारणा राखेका थिए। त्यसपछि सभामुखले शून्य समयको कारबाही अघि बढाउन लाग्दा कांग्रेस, राप्रपालगायतका सांसद आआफ्ना कुर्सीबाट उठेर…
पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन । सरकारले नयाँ स्थानिय निकायको निर्वाचन यही बैशाख ३१ गते हुने घोषणा गरिसकेको छ । निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिका बाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्ष सहित अन्य ४ जना सदस्य चयन हुने छन् जसमध्ये प्रत्येक वडाबाट एक दलित महीला सहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन । संविधानले गरेको ब्यवस्था अनुसार स्थानीय तहको काम, कर्तब्य र अधिकार पुरानो स्थानिय निकायको भन्दा व्यापक…
नेकपा ऐमाले का पुर्व मंत्रि महेश वस्नेत बिरुद्ध ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या र बलात्कार आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले २ महिना १५ दिनको भ्रूण हत्याको आरोप पनि बस्नेतमाथि लगाएकी छन् । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक बस्नेतले भ्रूण हत्या गरेको उनको आरोप छ । बस्नेको निर्देशनमा दुई जना युवाहरूले आफ्नो अपार्टमेन्टमा आएर कुटपिट गरेको र मोबाइल लगेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट नष्ट गर्नु पर्ने सामान ब्यापारीलाई बेचिएको खुलासा वीरगंज/राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक कर्मचारीले नष्ट गर्नु पर्ने सामानहरु बिक्री गरेको समाचार प्राप्त हुन आएको छ । राजस्व चुहावटको अभियोगमा विभिन्न निकायबाट अनुसन्धानको लागि पठाइएको मालबस्तुहरु सडे गलेको तथा गुणस्तरहिन प्रयोग गर्न नहुने अवस्थामा रहेकोले नष्ट गर्नु पर्ने भनी गरिएको निर्णय विपरित राजस्व अनुसन्धान कार्यालय पथलैयाका सुब्बा रवी नेपालीले बिक्री गरेको समाचार बुझिन आएको हो । राजस्व अनुसन्धान कार्यालय पथलैयाको मुद्दा शाखामा कार्यरत तथा गोदामको समेत इन्चार्ज रहेका नेपालीले नष्ट गर्नु पर्ने भनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदन अनुरुप राजस्व अनुसन्धान विभागबाट स्वीकृति लिई कार्यालयबाट निर्णय…
राष्ट्रीय नागरीक संघर्ष समिति जील्ला कार्य समीती रौतहट को दुर्गा भगवती गाउपालीका पीपरा बजार मा सम्पन्न बीशेष भेला ले राष्ट्र मा व्याप्त बेथीती तथा भ्रष्टाचार को प्रमुख कारण नै बन्दूक को दबाब र प्रभाव मा लादीयेको ब्यवश्था र बीदेशी को ईसारामा नेपालीको सतीत्व समाप्त पार्ने षड्यन्त्र कुनै हालत मा स्वीकार्न नहुने र नेपालीपन रक्षार्थ तथा राष्ट्रीय एकता क़ायम गराउन २०४७ को संबीधान पुनः स्थापना गर्न जुन सुकै कदम चाल्न पनी तयार रहेको कुरा धर्म निरपेक्षता खारेजी अभीयान का केन्द्रीय संयोजक तथा राष्ट्रीय नागरीक संघर्ष समीती का सचीबालय सदस्य डा राजीव झा ले बतायेका थीये । उक्त भेला को अध्यक्षता राष्ट्रीय…
त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो ।बैठकले आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागू गर्ने निर्णय पनि गरेको विश्वविद्यालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा उनीहरु विरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त एमडीएमएस खरिद कार्य गर्दा पुष्टयाइँको आधार बिना बदनियतपूर्ण ढंङ्गले अस्वभाविक बढी काम/लागत देखाई उक्त लागत अनुमान र बोलपत्र स्वीकृत नगराई एक्सप्रेसन अफ इन्ट्रेस्ट जारी गरेको अख्तियारले उल्लेख गरेको छ । मनासिब कारण बिना लागत इष्टिमेट अस्वभाविक रूपमा बढाई अस्वभाविक रूपमा बढी सामान बढी मूल्य तिरी खरिद गर्ने, गलत लिखत तयार गर्ने, सरकारी/सार्वजनिक कागजातहरू लुकाए/नष्ट गर्ने गराउने कार्य गरेको पुष्टी…
सरकारले यस अघि यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले लिँदै आएको सवारी साधन कर आर्थिक वर्ष २०७५-०७६ देखि प्रदेश सरकार मातहतमा पठाएको हो । कार/जिप तथा भ्यान खरिदमा लाग्ने वार्षिक कर कोषि प्रदेशमा एक हजार सीसीसम्मको सवारी खरिमा २१ हजार, १००१-१५०० सीसीसम्ममा २३ हजार, १५०१–२००० सीसीसम्ममा ३० हजार, २००१–२५०० सीसीसम्ममा ३५ हजार, २५०१–२९०० सीसीसम्मको ४१ हजार र सोभन्दा माथिकोका ५८ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । भने १२५ सीसीसम्मको मोटरसाइकका लागि २८ सय, १२६–२५० सीसीसम्मका लागि ४५ सय, २५१–४०० सीसीसम्मको लागि ९ हजार र ४०१ सीसी भन्दा माथिका लागि १६ हजार ५ रुपैयाँ तय गरेको छ । यसैगरी…