तितो सत्य

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सस्तो दरमा विदेश कल गर्न मिल्ने एक्सेस कोड १४२४ बन्द गरेको छ । कम्पनीले यसअघि प्रचलनमा रहेको अन्तर्राष्ट्रिय एक्सेस कोड बन्द गर्दै अन्य विकल्प प्रयोग गर्न आग्रह गरेको छ । कम्पनीका प्रवक्ता हरि ढकालका अनुसार दुई दिन अघि मात्र १४२४ एक्सेस कोड बन्द गरिएको थियो । ग्राहकलाई उक्त एक्सेस कोड प्रयोग गरी कल गर्ने क्रममा नै यसबारे जानकारी दिने गरिएको छ । “हाललाई अस्थायी रूपमा १४२४ एक्सेस कोड बन्द गरिएको छ,” प्रवक्ता ढकालले भने, “ग्राहकले त्यसको साटो १२२५, १४४५ वा ०० प्रयोग गर्न सक्नु हुन्छ ।” भारतमा कलको पल्स रेट (कल गर्ने क्रममा बिलिङका…

Read More

सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति (भीभीआइपी) को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ । भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई अवरोध गर्ने प्रहरीका कामकारवाही रोक्न माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले १९ माघ २०७४ मा रिट दायर गरेका थिए ।मंगलबार न्यायाधीशहरु मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले विशिष्ट व्यक्तिको सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन परमादेश जारी गरेको हो ।

Read More

राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाण्डौ–तराई/मधेस द्रुतमार्ग निर्माणको झण्डै ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिनुभयो । ‘ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ । केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन् । मुद्दा मामिलामा पनि गएका छन् । तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको…

Read More

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।सिफारिस समितिले २३ पुसमा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट २५ माघमा समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।विज्ञहरु प्रा.डा.चन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. सुरेशराज शर्मा समितिका सदस्यहरु शिक्षा सचिव सुरेश अधिकारी र वौद्ध अध्ययन विभाग प्रमुख चन्द्रकला घिमिरेले २९ माघ , १ र २ फागुनमा सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता, व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र सोचपत्रको मूल्यांकन गरेका थिए ।मूल्यांकनपछि उम्मेदवारको सोँचपत्र र व्यावसायिक कार्ययोजनाका…

Read More

गौर घटनाबारे पर्याप्त सूचना हुँदाहुँदै पनि त्यसलाई रोक्न पहल नगरेको भन्दै आयोगले सांसद एवं तत्कालीन माओवादी नेता प्रभु साहको ध्यानाकर्षण गराएको छ । उनलाई जानकारी हुँदाहुँदै पनि गौर घटना रोक्न कुनै पहल नगरेको भन्दै जिम्मेवार ठहर्‍याएको हो । त्यतिबेला उनी माओवादी भ्रातृ संगठन मधेशी मुक्तिमोर्चाका महासचिव थिए ।७ चैत २०६३ मा रौतहटको गौरमा मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरुको आक्रमणमा परी २७ जना मारिएका थिए । ११५ जनाभन्दा बढी घाइते भएको त्यो घटनाबारे दुई महिनापछि किटानी जाहेरी परेको थियो । जाहेरीमाथि कुनै कानुनी कारवाही अघि नबढाएको भन्दै तत्कालीन एसपी योगेश्वर रोमखामीलाई आयोगले विभागीय कारवाहीको सिफारिस गरेको छ । उनीपछिका एसपी रामकुमार खनाललाई…

Read More

उच्च अदालत पाटनले एनसेलको पछिल्लो शेयर खरिदबिक्री सम्झौतामा कानुनी प्रश्न उठेको भन्दै यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यसअघि उच्च अदालतले २१ मंसिरमा एनसेल बिक्रीसम्बन्धी प्रक्रियालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।त्यसपछि दुबै पक्षसँगको छलफलपछि मंगलबार न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले एनसेल बिक्री प्रकरणमा दूरसञ्चारसँग सम्बन्धित विभिन्न कानुनको पालनाको प्रश्न उठेको बताएको छ ।अदालतले यो मुद्दा दूरसञ्चार ऐन २०५३ को दफा २७ र ३३, दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट), नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिप्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियमावली २०७६ को विनियम २ (ज) र विनियम ४, विदेशी लगानी तथा प्रविधि…

Read More

भारतको अडानी ग्रुपले नेपालको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा भैरहवालगायत विमानस्थलको सञ्चालन गर्न दिन प्रस्ताव गरेको छ । हालै भारतमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भएको भेटमा अडानी ग्रुपका प्रमुख गौतम अडानीले नेपालका विमानस्थल सञ्चालन र निर्माणमा रुचि देखाएका हुन् । ‘भाइब्रेन्ट गुजरात समिट २०२४’ मा सहभागी हुन अर्थमन्त्री डा. महत २४ पुसमा भारत गएका थिए । त्यसक्रममा उनले अर्बपति मुकेश अम्बानी, अडानी ग्रुपको प्रमुख गौतम अडानी लगायतसँग भारतका उद्योगपतिहरुसँग पनि भेट गरेका थिए ।अर्थमन्त्री डा. महतसँग भएको भेटमा अडानीले निजगढ विमानस्थल निर्माण तथा सञ्चालन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार, गौतमबुद्ध विमानस्थल सञ्चालनमा रुचि देखाएका हुन् ।

Read More

राम मन्दिरको प्राण प्रतिष्ठालाई भव्य बनाउन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै कसर बाँकी राखेका छैनन् । अयोध्याका सडक, सार्वजनिक स्थान लगायतलाई विशेष रुपमा सजाइएको छ । प्राण प्रतिष्ठाको अवसरमा केन्द्रीय सरकारका कर्मचारीहरुलाई आज हाफ छुट्टीसमेत दिइएको छ ।नवभारत टाइम्सका अनुसार नेपालका पुजारी आचार्य दुर्गा प्रसाद गौतमले विशेष धार्मिक समारोहको नेतृत्व गर्ने छन् । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायले गौतमलाई पठाएको पत्र अनुसार उनले प्रधानमन्त्री मोदीसहित हजारौं हिन्दु भक्तहरुको सामु वैदिक मन्त्रोच्चारण गर्ने छन् । अयोध्यामा जनकपुरको जानकी मन्दिरका महन्त रामतपेश्वर दास, उनका उत्तराधिकारी राम रोशन दास र पशुपति मन्दिरका पुजारी गणेश भट्ट लगायतलाई पनि निम्तो गरिएको…

Read More

मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि बागलुङमा हातपात प्रयास भएको छ । बिहीबार कार्यक्रममा जानेक्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रसाईलाई हातपात गर्न खोज्ने बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको डीएसपी मदन केसीले बताए । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा मेची-महाकाली दौडाहा गरिरहेका छन् । यही कार्यक्रमका लागि उनी बागलुङ पुगेका हुन् ।

Read More