तितो सत्य

इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रुपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँगको सम्झौतामा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरिएको मेयर हेमकर्ण पौडेलले बताए । संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो । देशमै पहिलो पटक स्थानीय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले मोटरसाइकललाई…

Read More

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

Read More

देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने मधेशमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ।हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।

Read More

पूर्वराजा ज्ञानेन्द्र विर बिक्रम शाहलाई मंगलबार रौतहटमा भब्य स्वागत गरिएको थियो । जिल्लाको ऐतिहासिक तथा धार्मिक नगरी भनि चिनिने गरुडा नगरपालिकाको वार्ड नं.५को शिवनगर शिव मंदिरमा दर्शन गर्नुको साथै पुजाआर्चना समेत गर्नु भएको थियो । दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए।मंगलवार दिउँसो ३ बजेको समयमा पूर्व राजा ज्ञानेन्द्र शाह द्वारा महादेव मन्दिरमा करिव १० मिनेट पूजाआजा गरि करिब ४ बजे दिउँसो फर्किएका थिए ।शिवनगर चोकदेखी मन्दिरसम्म बाटोको दुबै तर्फ बसेका समर्थकहरुले उनलाई पुलमाला लगाएर भव्य…

Read More

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो ।मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ । आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन ।सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी,…

Read More

राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको हो ।आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगागत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्नेछ । र, निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ ।राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

Read More

रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा आज पेसी तोकिएको जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए । ‘तर कसको इजलासमा सुनुवाइ हुन्छ भन्ने टुंगो १० बजे कार्यालय खुलेपछि गोलाप्रथाबाट लाग्छ’ उनले भने ।यसअघि न्यायाधीश बाबुकाजी बानियाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । हाल बानियाको सरुवा भइसकेको छ ।गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।सरकारी वकिल…

Read More

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनलाई बोलाएको छ । समिति सचिवालयका अनुसार आइतबार बिहान साढे ११ बजे विभिन्न विद्यार्थी संघ÷संगठनहरुका अधिकारीहरुलाई आमन्त्रण गरिएको छ । छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल सिंहदरवारमा हुनेछ ।२७ भदौ २०८० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमाथि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरुसँग छलफल चलाइरहेको छ । बिहीबार अभिभावक संघका अधिकारीहरुसँग छलफल गरेको थियो ।शिक्षक, कर्मचारी, संचालक लगायतका सरोकारवालाहरुसँग एकचरणमा छलफल गरिसकेपछि यो विधेयकमाथि छलफल गर्न…

Read More

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।यसअघि मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।मन्त्रिपरिषदको बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएको भन्दै शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो ।मन्त्रिपरिषद बैठकले गठन गरेको जाँचबुझ आयोगबाट प्रतिवेदन पेश…

Read More

मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए । उनका अनुसार बलिदानी दवसमा मधेश…

Read More