तितो सत्य

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  उजुरीको जाँचबुझ बज सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।यही पुसको २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् । त्यसपछि सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म…

Read More

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको अदालतका सूचना अधिकारी चन्द्र पन्थीले जानकारी दिए। उनकाअनुसार इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। ‘प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४को दफा २१९को उपदफा ३को ङ बमोजिम आठ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप दुई लाख रकम क्षतिपूर्ति प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ दिने ठहर्छ,’ उनले…

Read More

नेपालकै लामो पोखरा–मुक्तिनाथ केबलकारको अध्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा बुझाइएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार अध्यावधिक डीपीआर बोर्डमा बुझाएको हो । बोर्ड स्रोतका अनुसार सुरुमा कास्कीको बिरेठाँटीमा तल्लो स्टेसनको प्रस्ताव गरेको आयोजनाले अब कास्कीकै नयाँपुलमा तल्लो स्टेसन रहने गरी प्रस्ताव गरेको छ ।प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर रहेको छ । अध्यावधिक डीपीआर बोर्डले अध्ययन गरी कम्पनीसँग परियोजना कार्यान्वयन सम्झौता (पीआईए) गर्नुपर्छ ।यो निजी लगानीमा बन्ने आयोजना हो, बोर्डका एक उच्च अधिकारीले भने, ‘सोहीकारण बोर्डले अध्यावधिक डीपीआर अध्ययन गरी पीआइए सम्झौता गर्छ, त्यसपछि आयोजना कार्यान्वयनको बाटो खुल्छ ।’साथमा आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम भने सक्नु पर्छ ।…

Read More

करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको बताए । ‘हामीले दिएको रिपोर्टमाथि थप छलफल गर्न अनि लाइसेन्स दिने प्रक्रियाबारे बुझ्न टोली आएको हो’, उनले भने, ‘फिल्डका अफिसमा काम हुने र हामीसँग डाटाबेस मात्रै रहने भएकाले कागजात लैजाने कुरा भएन । तर थप अध्ययनका लागि उहाँहरु फेरि आउने कुरा गर्नुभएको छ ।’अख्तियारका एक सहसचिवले पनि अनुसन्धान सुरु भएको पुष्टि गरे । उनका अनुसार, मन्त्रालयलाई छानबिन गर्नु भनी…

Read More

दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।

Read More

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय युवक सुजन राउतको मृत्यु भएको हो । उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । अर्का एक जना गम्भीर घाइते उपचारको क्रममा मृत्यु भएको । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। को हुन् प्रदर्शनकारीप्रदर्शनमा उत्रिएका युवाहरु रोजगार अनुमति प्रणाली (ईपीएस) का परीक्षार्थी हुन् । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर उनीहरु प्रदर्शनमा…

Read More

ललितपुर बालकुमारीमा मन्त्रीको गाडी आगजनी घटनामा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्ये एक जनाको पाटन अस्पताल र एकजनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् भने अर्काको परिचय खुल्न सकेको छैन । शुक्रबार दिउँसो ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीमा भएको हो। मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमाप्रदर्शनकारीले आगजनी गरेका हुन्। मन्त्रीको गाडीलाई आन्दोलनकारीले घेरेपछि प्रतिकारमा शुरक्षाकर्मीले गोली चलाएका थिए।

Read More

विश्वव्यापी द्वन्द्वको सन्दर्भमा हेर्दा सन् २०२३ विभिन्न युद्धमा रुमल्लिएको छ । पूरै विश्वलाई प्रभाव पार्ने गरी पश्चिम एशियादेखि दक्षिण अमेरिकासम्म युद्ध भएका छन् । जारी विभिन्न युद्धलाई नियाल्दै संसार तेस्रो विश्वयुद्धको संघारमा रहेको चर्चा समेत हुने गरेको छ ।रुस–युक्रेन युद्ध यस वर्षभर नै जारी रह्यो । यो वर्षको उत्तरार्धतिर इजरायल र हमासबीच युद्ध भइरहेको छ ।अर्मेनिया र अजरबैजानबीच पनि यसै वर्ष पुनः द्वन्द्व भयो । भेनेजुएला र गुएनाबीच पनि द्वन्द्व निम्तियो । इजरायल-हमास युद्ध यो युद्ध स्थगनको संकेत अझै देखिएको छैन । युद्ध समाधानका निम्ति राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश गर्न लागिएको मस्यौदाको भाषामा अझै पनि मतभेद छन् । प्यालेस्टाइन क्षेत्रमा…

Read More

प्रहरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले १७ जनालाई पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

Read More

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो। करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले सेतोपाटीलाई बताए। राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो। अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।

Read More