तितो सत्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने उल्लेख गर्दै मन्त्री किरातीको राजिनामा माग गरेका हुन । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्ति प्रति गम्भिर आपत्ति प्रकट गर्दछ। संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हॅुदैन’, ‘त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसंग राप्रपा जोडदार माग गर्दछ।’ हिजो बुधबार मन्त्री किरातीले एक कार्यक्रमा…

Read More

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए ।डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो ।विश्व स्वास्थ्य संगठनको अनुसार…

Read More

भारतमा एकै दिन संसद्को दुवै सदनका गरी ७८ जना विपक्षी सांसद निलम्बित भएका छन्। गत साता संसद्को तल्लो सदन लोकसभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभाकक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबरा विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए। सोही विषयलाई लिएर लोकसभाका ३३ र राज्यसभाका ४५ सांसदलाई सभा सञ्चालनमा अवरोध पुर्‍याएको भन्दै निलम्बित गरिएको हो। यसमध्ये ६४ जनालाई शीतकालीन सत्रको बाँकी अवधिसम्मका लागि र ११ सांसदलाई विशेषाधिकार समितिको प्रतिवेदन आउँदासम्मको अवधिका लागि निलम्बित गरिएको हो। विशेषाधिकार समितिको प्रतिवेदन तीन महिनापछि आउनेछ। यही विषयलाई लिएर गतसाता पनि १४ सांसद निलम्बित भएका थिए। सोमबारसहित…

Read More

उत्तरपश्चिम चीनमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा परी कम्तीमा ९५ जनाको मृत्यु भएको हो । २२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराईमा गएको जनाएको छ । आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।

Read More

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो । महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मंसिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रिभोजनका…

Read More

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको थियो । दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

Read More

आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन  हो ।त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक…

Read More

सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि ८५ क्वीन्टल अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीता–राम स्वयंवर प्रतिमा निर्माण गरिएको छ । उक्त प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ ।प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदाम, उरिद दाल, चना दाल, रहर दाल, मुसुरो दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरी प्रतिमा निर्माण गरिएको छ । प्रतिमा…

Read More

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको…

Read More

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ। त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले बताएको छ। यस्तै, रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ। हाल ९० रूपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डेटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ। तर अब सो सिमकार्डमार्फत् १ जिबी डाटा चलाउन सकिनेछ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिनेछ। यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ। पहिले जस्तै यसमा १०…

Read More