रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो सार्वजानीक भए सँगै उनीहरु हालसम्म सुरक्षित भएको खुलेको हो । छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् । ‘अहिले म युक्रेनको कष्टडीमा छु, आजको दिनसम्म राम्रै छ, सुरक्षित नै छु’, काभ्रेका सिद्धार्थ ढकालले भनेका छन्, ‘म रिहा हुन्छु कि हुदिनँ थाहा छैन । पछि के हुन्छ भनेर भन्न सकिदैन । सकुशल नै हुन्छु होला ।’ ३ मिनेट ३२ सेकेण्ड लामो भिडियो सन्देशमा उनले आफू पैसाका लागि…
तितो सत्य
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन गर्न सरकारले गठन गरेको समितिले नेपाल दूरसञ्चार प्राधिकरणसँग केही कागजात मागेको छ । समितिले विभिन्न सरोकारवाला र विज्ञहरुसँग छलफल गरी कागजात मगाएको समितिका अध्यक्ष टंकमणि शर्माले बताए । ‘एनसेलको ८० प्रतिशत शेयर ओगट्ने कम्पनीको खरिद बिक्रीपूर्व आजियटाले प्राधिकरणबाट कुनै अनुमति लिएको थियो कि थिएन ? पूर्वजानकारी भयो कि भएन भनेर सोधिएको छ’, उनले भने, ‘अनुमति बिना नै स्वामित्व परिवर्तनको निर्णय हुँदा तपाईंहरुको भूमिका के हो भनेर सोधिएको छ ।’त्यसका साथसाथै पटकपटकको खरिदबिक्रीको पूर्वजानकारी, विदेशी मुद्रा सटहीका लागि दिएको स्वीकृति लगायतका विषयमा समेत सोधिएको छ । प्राधिकरणलाई लेखेको पत्रबारे उनले भने, ‘यससम्बन्धी जे जस्ता कागजात छन्,…
सर्वोच्च अदालतले पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नै सार्वजनिक नहुने अवस्था बनेको छ । सर्वोच्च अदालतको सम्पादक शाखाले नेपाल कानुन पत्रिकाको संवैधानिक इजलास खण्डमा प्रतिनिधिसभा विघटनको मुद्दाको संक्षिप्त आदेश मात्रै प्रकाशित गरेको छ । ५ पुस २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुन २०७७ मा विघटन बदरको फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ प्रकाशित गर्न २०७९ सालको संवैधानिक इजलासखण्ड लामो समयदेखि प्रकाशित नगरी राखिएको थियो । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले गरेको…
विभागले एक सुचना जारी गर्दे लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ । औषधि मुल्याकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ ।यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।अनुगनम, मूल्याकन तथा कानुन कार्यावन्यन महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीका अनुसार यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु…
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले मंगलबार प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन पेश गरेको हो ।प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई तत्काल कार्यान्वयनका निम्ति उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।प्रतिवेदन अध्ययन गरेर त्यसलाई यथाशीघ्र कार्यान्वयन गर्ने मन्त्री श्रेष्ठले बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
जम्मु र कश्मीर एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवादित क्षेत्र भएको भन्दै सात दशकभन्दा बढी समयदेखि संयुक्त राष्ट्र सुरक्षा परिषदको एजेन्डामा रहेकाले कश्मीरी जनता र पाकिस्तानको इच्छाविपरीत एकतर्फी निर्णय गर्ने अधिकार नभएको पाकिस्तानले जनाएको छ ।पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जम्मु र कश्मीरको अन्तिम निर्णय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव र कश्मीरी जनताको आकांक्षा अनुसार हुने उल्लेख गरिएको छ ।पाकिस्तानले जम्मू कश्मीरमा भारतीय संविधानको सर्वोच्चतालाई स्वीकार गर्दैन । भारतीय संविधानको अधीनमा हुने कुनै पनि प्रक्रियाले कानूनी महत्व राख्दैन’, पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।जम्मू र कश्मीरको स्थिति बारे भारतको सर्वोच्च अदालतले गरेको फैसलालाई पाकिस्तानले अस्वीकार गर्ने जनाएको छ…
पहिचानवादी समूहले उपमहानगरपालिका वडा १५ वडा कार्यालय र सामुन्ने रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको साइनबोर्डमा लेखिएको ‘कोशी प्रदेश’ शनिवार मेटाएको छ । कोशी प्रदेशको नाम खारेजको माग गर्दै आएको पहिचानवादीहरूले वडा कार्यालय र स्वास्थ्य सेवा केन्द्रको बोर्डमा ‘कोशी प्रदेश’ लेखिएको भागमा कालो पोतेर मेटाएको हो । पहिचानवादी समूहले निरन्तर सरकारी कार्यालयहरूमा लेखिएको कोशी प्रदेश हटाउँदै आइरहेको पहिचानवादी युवा सह संयोजक बिराज आङदाम्बेले बताए । उनकै नेतृत्व युवा समूहले वडा कार्यालयमा नाराजुलुश गर्दै कोशी नाम खारेजीको माग गरेका थिए । युवा समूहले १ नम्बर प्रदेश भरिका विभिन्न कार्यालयका साइनबोर्ड र होडिङ बोर्डमा लेखिएका कोशी प्रदेश मेट्टाउँदै आएको आङदम्बेले जानकारी दिए ।…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन । ‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन । उनले राजीनामा दिनुको कराण खुलाउन चाहेनन् । ‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौंला’, उनले भने ।
अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् । शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीनजनाको मृत्यु भएको थियो। मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ
मधेश प्रदेश सरकारको टोलीले संविधानमा व्यवस्था भएबमोजिमका कानुनहरु छिटो निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको टोलीले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको हो ।भेटमा मुख्यमन्त्री यादवले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न आफूहरुले अल्टिमेटम दिएकोमा सो अवधि पूरा भइसकेकाले अब संघर्षमा जाने बताएका थिए ।प्रहरी समायोजन, निजामती ऐन कार्यान्वयन लगायतका ६ बुँदे माग राख्दै मधेश सरकारले कार्तिक २३ गते एक महिने अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । केन्द्र सरकारलाई दबाब दिन मधेश प्रदेशसभाबाट पारित संकल्प प्रस्तावसहित मुख्यमन्त्री यादवसहितको टोली प्रधानमन्त्रीलाई भेट्न आज बिहान…