तितो सत्य

गाजामा युद्धविराम प्रस्ताव विरुद्ध संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि अरब देशहरू आक्रोशित बनेका छन् । सुरक्षा परिषद्को विशेष बैठकमा वासिङ्टनले शुक्रबार लगाएको भिटोले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस र अरब राष्ट्रहरूको नेतृत्वमा उक्त क्षेत्रमा तत्काल मानवीय युद्धविराम गर्ने दिशामा भइरहेको प्रयासलाई अवरुद्ध पारेपछि अरब राष्ट्रहरू आक्रोशित बनेका हुन् ।साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अलले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा अमेरिका आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको टिप्पणी गरेका छन् ।उनले भने, ‘एउटा यस्तो पक्ष छ जसले युद्धविरामलाई फोहोरी शब्द मान्छ, मलाई थाहा छैन किन यस्तो हुन्छ ।’इरानका विदेशमन्त्रीले अमेरिकाले युद्धविराम रोक्दा मध्यपूर्वमा ठूलो विस्फोट…

Read More

आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटको पेसी आजलाई तोकिएको छ । एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।

Read More

काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले काठमाडौँको महाराजगञ्जमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि राखिएको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ । प्लास्टिकबाट बनेका फूलका माला, रुख, लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार शनिवार महानगर प्रहरी बलले सो सुपरमार्केटमा पुगेर प्लास्टिकको रुख हटाएको सई राजेन्द्र गजुरेलले जानकारी दिए । यस्तै महानगरपालिका भित्रका अन्य स्थानहरूमा त्यस्ता सामग्री राखिएकोबारे बुझ्नका लागि नगर प्रहरीले अनुगमनको काम पनि गरिरहेको उनले बताए । शुक्रबार नगर प्रहरी बलले अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट, सिटी सेन्टर लगायतका ठुला सपिङ मलमा सजाइएका प्लास्टिकको रुख हटाएको थियो । सई गजुरेलले भने-‘हामीले प्लास्टिकका रुखलाइ मात्र हटाएका हौँ, क्रिसमस ट्री हटाएको होइन । प्लास्टिकबाट बनाएका…

Read More

इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । दक्षिण गाजामा जारी भीषण युद्धका बीच खान युनिसको नासिर अस्पतालका डाक्टरहरुले मृतक र घाइतेको संख्या अत्यधिक भएकाले स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । उनका अनुसार अस्पतालको क्षमताभन्दा धेरै संख्यामा घाइते र मृतकलाई ल्याइएको छ ।अस्पतालका निर्देशक नाहेद अबु तायमाले बीबीसीसँग भनेका छन्, ‘सयकडौं संख्यामा घाइते र मृतकहरुलाई अस्पताल ल्याइएको छ । खान युनिसमा इजरायलको लगातार बमबारीको बीच अस्पतालको करिडोरमा घाइतेहरुलाई राखेर उपचार गर्न बाध्य भएका छौं । हामीसँग औषधि उपकरणहरु पनि थोरै छ ।’यसैबीच युएन वर्ल्ड प्रोग्रामको उपनिर्देशक कार्ल स्काउले…

Read More

काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ ।पूर्वी तराईका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने…

Read More

वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले ५ वर्षपछि बिहीबार एकाएक विदेशी कम्पनीका तीन प्रतिनिधिलाई बयानका लागि आउन सूचना निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानमा बोलाएको छ । नेपाल बायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो ।बिहीबार द राइजिङ नेपाल दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘देहायका व्यक्ति पासपोर्ट र हालसालै खिचिएको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयको कोटा नं. १०८…

Read More

पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेका छन्।संसदीय सुनुवाई समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाले जानकारी दिए। बैठकमा समितिका सदस्यहरुलाई सो उजुरी र प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना पनि अध्ययनका लागि वितरण गरिएको छ। पोर्चुगलका लागि प्रस्तावित राजदूत र सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको उजुरी र कार्ययोजना अध्ययनका…

Read More

गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् । यो धारा संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । यस अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि मुद्दामाथि सुरक्षा परिषदको ध्यानाकर्षण गराउन सक्छन् ।बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघको इतिहासमा नौ पटक मात्र प्रयोग भएको यो धारा दशकौंदेखि प्रयोगमा ल्याइएको थिएन ।संयुक्त राष्ट्रसंघले गाजामा युद्धका कारण भइरहेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिंदै यसलाई रोक्न अपिल गर्दै आएको छ । अन्ततः बुधबार एन्टोनियो गुटेरेसले सबैभन्दा शक्तिशाली सङ्कटको संकेत गर्दै सदस्यको ध्यानाकर्षण गराएका हुन्…

Read More

इन्डोनेसियाको सुमात्रा टापुमा भएको ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ ।सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । २० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । ७५ आरोहीमध्ये ५२ जना बाच्न सफल भएका छन् । गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी विष्फोट भएको थियो ।

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । छातीमा समस्या भएपछि उपचारका लागि शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।  डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा मन्त्री श्रेष्ठको उपचार गरिरहेको छ । आंशिक अवरोध रहेको भागमा समेत डा. मास्केसहितको चिकित्सकको टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको छ ।

Read More