तितो सत्य

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित करिब २३ करोड रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय बन्ने भएको छ । हालको संघीय प्रहरी कार्यालय परिसरमा सुविधा सम्पन्न मधेश प्रदेश प्रहरी कार्यालय निर्माण हुन लागेको हो । उक्त कार्यालयको आज एक समारोहबीच मुख्यमन्त्री सरोज कुमार यादवले शिलान्यास गरेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा कार्यालयको भवन निर्माण हुने जानकारी दिए । उनका अनुसार १८ महिनामा निर्माण हुने सम्झौता गरिएको छ । कार्यालय शिलान्यास गर्दै मुख्यमन्त्री यादवले प्रहरी समायोजन नहुँदा प्रदेशमा आपराधिक घटना बढेको जिकिर गरे । उनले प्रदेश मातहत…

Read More

इजरायल र हमास बीचको युद्धविराम समाप्त भएपछि  पुनः आक्रमण शुरु भएको छ।इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।गाजा पट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन्। 

Read More

लान्झोउ – पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ । हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको चाङ्छिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन्। हाल, नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको छ र पत्ता लगाइएको तेल भण्डारहरूले प्रति वर्ष ५००,००० टनको कच्चा तेल उत्पादन क्षमता बनाएको निउले उल्लेख गरेका छन् । यसअघि, चाङ्छिङ आयलफिल्डले विश्वस्तरीय अल्ट्रा–ठूलो तेल निर्माण गरेको थियो ।

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत सोमबार पार्टीको नवलपरासी (पूर्व) को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै राजतन्त्र पुनःस्थापना गर्न नसकिने तर धर्म निरपेक्षता हटाएर हिन्दु राज्य राख्ने विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिए। ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन। संघीयता र गणतन्त्रविरुद्धको कुनै गतिविधि स्वीकार्य हुँदैन। धर्मको विषयमा मान्छेहरूले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ’, देउवाले भनेका थिए। देउवाको यो अभिव्यक्तिले यति वेला राजनीतिकवृत्त तरंगित बनेको छ। कम बोल्ने र आफ्नै सुरमा काम गर्न रुचाउने नेताको चरित्र बनाएका देउवाले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षता हटाएर हिन्दु राज्य पुनःस्थापना गर्ने अभिव्यक्ति दिएपछि नेपालको राजनीति रंगित बनेको हो। कांग्रेस अहिले नेपालको सबैभन्दा ठूलो पार्टी…

Read More

८ लाख भारतीय रूपैयाँसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्ता रहेको प्रहरीले जनाएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट विस्तारा एयरको उडानद्वारा दिल्ली जान लागेका वेला अन्तरराष्ट्रिय उडानतर्फको ह्याण्डव्यागेज परीक्षण क्षेत्रमा जाँच गर्ने क्रममा धर्मेद्र नागरलाई ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १०० दरका ६७० थान गरी ४ लाख ९१ हजार ५ सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । यस्तै पंकज गुप्तालाई ५ सय दरका ६१७ थान (३ लाख ८ हजार ५ सय) भारतीय रूपैयाँसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्‍यक अनुसन्धानका लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको…

Read More

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने प्रचण्ड नेतृत्वको सरकार प्रतिनिधिसभामा माओवादीको कमजोर अंक गणित भएका कारण चाँडै ढल्ने बताएका हुन् । ‘यो सरकार ढाल्नै पर्दैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् । प्रचंड नेतृत्वको सरकार ले भ्रष्टाचारलाई प्रोत्साहन समेत गरिरहेको जिकिर गरे

Read More

निर्नाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्। बिहीबार स्वीकृत कार्यतालिकाअनुसार आयोगले मंसिर २२ गते निर्वाचनमा भाग लिने दल दर्ताका लागि सूचना प्रकाशित गर्ने तयारी गरेको छ। दल दर्ताका लागि मंसिर २४ देखि २९ गतेसम्म समय तोकिएको छ। दर्ता हुने राजनीतिक दललाई पुस १ गते निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको सूचनामा उल्लेख छ। पुस  १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सबै प्रदेश  निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम…

Read More

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले उपाधि चुमेको हो ।मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ मात्र बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५ सन्तोष कार्की र सोमपाल कामीले समान १६ रन बनाए ।बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए । उपाधि विजेता मधेसले ५ लाख रुपैयाँ हात पारेको छ भने…

Read More

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा सन्तोष पौडेल स्वास्थ्य मन्त्रालय तानिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बिहिबार पौडेललाई वीर अस्पतालको निर्देशकबाट मन्त्रालय तानेका हुन्। निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै आयोगले कार्यकारी निर्देशक डा पौडेल नेकपा (एमाले) को सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको भन्ने उजुरी परेको जनाएको थियो। नेपाल सरकारबाट नियुक्त डा पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको…

Read More

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकलाइ पुरस्कार लिन आउन आग्रह गरेको छ । गाउँपालिकाले यो बर्षबाट ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ पुरस्कृत गर्ने भएको हो । गाउँपालिकाले पुरस्कार वितरण सम्बन्धि कार्यविधि मंसिर ०६ गतेको कार्यपालिकाले पारित गरेर मंसिर ०७ गते ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ पुरस्कारको लागि दावी पेश गर्न अनुरोध का लागि सुचना प्रकाशित नै गरिईएको छ । नेपाल एक कृषिप्रधान देश हो यदि यसै गरि देशको सम्पूर्ण स्थानिय निकायहरु ले कृषकहरुलाई प्रोत्साहन गर्नेहो भन्ने हाम्रो देशबाट युवाहरु को पलायन मा पनि कमि हुनेछ ।

Read More