के तपाई पत्याउनुहुन्छ ? आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने सुत्र के हो भनेर । बच्चाले बाबुबाट २३ ओटा र आमाबाट २३ ओटा क्रो मो जोम प्राप्त गरेको हुन्छ । ति क्रोमो जोम मध्य अटोजम क्रोमो जमहरुले रगत समुह निधारण ,उचाइ, छालाको रंग आदिको निधार्रण गर्दछ भने दुइवटा क्रोमो जोमले बच्चाको लि-ङ्ग निधारण गर्ने गदर्छन् । पुरुषमा एक्स, र वाइ तथा महिलामा एक्स एक्स क्रोमो जोम हुन्छ । यौ न सम्प र्कको समयमा पुरुषको वाइ क्रोमो जोम र स्त्रीको एक्स क्रोमोजोमको मिलन भएमा छोरा र पुरुषको एक्स क्रोमोजोम र महिलाको एक्स क्रोमोजोमको मिलन भएमा छोरी जन्मने गर्दछ । कुनै…
तितो सत्य
कहिलेकाहीँ टाउको दुख्नु स्वाभाविक हो । तर तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन ? यदि छ भने, जचाइहाल्नुस् । त्यो गम्भीर समस्या हुनसक्छ । बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत पनि हुनसक्छ ।ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ । उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ । विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन् । कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ । सुरुवाती अवस्थामै यसको पहिचान…
उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।उनीहरुलाई जिल्ला अदालत, काठमाडौंले १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनीहरुमध्ये पाण्डे गृहसचिव भएका बेला भुटानी शरणार्थीबारेको अध्ययन प्रतिवेदनमा कीर्ते भएको थियो ।गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची थपेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने…
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए ।तर अर्का न्यायाधीश खरेलले अहिले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाएनन् ।अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ । तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित छैन । गोलाप्रथाबाट इजलास तोकिन्छ ।
काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम सुरु भएको छ । पेट्रोलियम पदार्थ उत्खननको लागि लामो समयदेखि चिनियाँ विशेषज्ञ प्राविधिकहरुले अन्वेषणको काम गर्दै आएका थिए । दैलेखको भैरबी गाउँपालिकामा पेट्रोलियम पदार्थ उत्खननको काम अगाडी बढेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनले अहिले नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको बताउँदै त्यसमध्ये भैरबीमा उत्खननको काम अगाडी बढेको बताए । उनले भने, ‘हामीले भर्खरै स्थानीयबाट जग्गा सरकारको नाममा लियौं । अब उत्खननको काम सुरु हुन्छ । पेट्रोलियम पदार्थ उत्खनन गर्न चार किलोमिटर जति ‘ड्रिल’ गर्नुपर्ने हुन्छ ।’ नेपाल र चीनबीच ‘जीटूजी’ (सरकार–सरकारबीच)अन्तर्गत उत्खननको काम भएको भन्दै भुसालले चिनियाँ…
राष्ट्रिय ध्वजावाहकमाथि दोषारोपण काठमाडौँ- युरोपेली सङ्घ (ईयू) ले नेपालका विमान सेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ । ईयूले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो । नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै ईयूले नेपाली वायुसेवामाथि दश वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको छ । ईयूको प्राविधिक टोलीले हालै गरेको स्थलगत अध्ययन प्रतिवेदनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गत कात्तिक २८ मा ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनमा नेपाली विमानमाथिको प्रतिबन्ध नहटाइएको जानकारी दिए । ईयूका प्रतिनिधिमण्डलले भदौ २५ देखि २९ गतेसम्म नेपालमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र…
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५०…
एनसेलको मुख्य कम्पनीको रूपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्जियटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै आजियाटाले एनसेलबाट बाहिरिने गरी यसको सम्पत्ति बिक्रीमा राखेको जनाएको हो । एक्जियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराइसकेको छ। नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्जियटाले नियामकलाई भनेको छ। नेपालबाट बाहिरिने निर्णयले एक्जियटालाई थप मजबुत बनाउने र दीर्घकालीन रूपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। कम्पनी स्रोतका अनुसार एक्जियटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ। हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ। एनसेलको सम्पत्ति…
महानगरपालिकाले प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले मंगलबार सार्वजनिक आह्वान जारी गर्दै अबको १५ दिनपछि लागु हुने गरी आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ । हुक्का निषेध गर्ने तयारी महानगरले पहिलो चरणमा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ र गुट्खाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । दोस्रो चरणमा महानगर भित्र हुक्का निषेध गरिने उनले जानकारी दिए । महानगरभित्र सञ्चालनमा रहेका सबै रेष्टुरेन्ट, बारमा हुक्का प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने तयारी महानगरले गरेको उनले बताए…
अन्नभण्डारका रूपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत किसान परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ।राष्ट्रिय कृषि गणना-२०७८ अनुसार, मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो। नेपालको कुल जनसङ्ख्यामध्ये ६१ लाख १४ हजार ६०० जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार ७१५ परिवार बसोबास गर्ने मधेश प्रदेशमा सात लाख ३८ हजार ३४० अर्थात् ६३.८ प्रतिशत परिवार कृषक रहेको तथ्याङ्क छ।प्रदेशका आठ जिल्लामा छरिएर रहेका कृषक परिवारले चार लाख ९२ हजार ४९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषि…