‘राष्ट्र,राष्ट्रियता,धर्म,सस्कृति र नागरिक बचाऊ महाअभियान’ प्रसाई नेतृत्वको नेतृत्वमा आगामी मंसिर ७ गते हुन लागेको प्रदर्शनलाई सरकारले स्थान तोकिदिएको छ । प्रसाई नेतृत्वको ‘राष्ट्र,राष्ट्रियता,धर्म,सस्कृति र नागरिक बचाऊ महाअभियान’लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खुमा कार्यक्रम गर्न दिने निर्णय गरेको हो । सोमबारदेखि माइतीमण्डलामा काठमाडौं प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंसिर ७ गते नै घोषणा गरेको नेकपा एमाले निकट युवासंघले पनि तीनकुनेमा कार्यक्रम गर्ने भएको छ । संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सुचना जारी गरेर स्थान सारेको जानकारी दिएका हुन् ।
तितो सत्य
माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिनाहातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गराएका हुन् । उनले रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने…
एजेन्सी । टर्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस संदिग्धलाई पक्राउ गरेको छ । टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग संवद्ध १७ संदिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ । पुलिसले आइएस चरमपन्थीसँग सम्बन्ध रहेको र समूहको विचारधाराअनुरूप तालिम प्रदान गरेको आशंकामा विदेशीहरूलाई लक्षित गरी नौ जिल्लाहरूमा छापा मारेको इहलासले बताएको छ । उनीहरूले १७ संदिग्धलाई नियन्त्रणमा लिएका छन् भने ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएका छन् । टर्किले २०१३ मा आईएसलाई आतंककारी समूहको रूपमा सूचीवद्ध गरेको थियो । चरमपन्थी समूहले धेरै पटक आक्रमण गरेको छ । जवाफमा टर्की अधिकारीहरूले देश र…
आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो ।यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो ।फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै…
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।विशेषगरी तराई मधेशको क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले साथै मुस्लिम समुदायले समेत मनाउँदै आएको पाइन्छ अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता समेत बढेको छ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
मानव शरीर कोषिकाहरुले बनेको हुन्छ। जन्मिदा हामी साना थियौँ। कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ। जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ। तर धेरै बढ्नु क्यान्सर हुनु हो। कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ । क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ। कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ।डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ। ब्लड क्यान्सर हुनुअघि शरीरमा केही यस्ता लक्षणहरु देखिन्छन् । जसलाई…
अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखले मनपरी हिसाबले खर्च गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन सहितको पत्र काटेको छ ।अहिले अर्थ मन्त्रालयमा आठ जना डाक्टरको भीड छ । अर्थमन्त्री डा प्रकाशशरण महत,सचिवद्धय डा कृष्णहरि पुष्कर (अर्थ) र डा रामप्रसाद घिमिरे (राजस्व),सल्लाहकारका रुपमा डा पोषराज पाण्डे,डा विश्व पौडेल र डा गुणाकर भट्टका अलवा अर्थकै दुई महाशाखा प्रमुखहरु डा नारायण ढकाल ( अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा) र डाअर्जुनकुमार खड्का ( कानुन महाशाखा)का हाकिम छन् । यी डाक्टरले विग्रदो अर्थतन्त्र सुधार्न सकेका छैनन् । त्यही डा प्रकाशशरण महतले बजेट महाशाखाको हर्ताकर्ता बनाएर सञ्चार मनत्रलयबाट भित्र्याएका छन् उत्तरबहादुर खत्री । उनै खत्रीले मनपरी…
हिसाब किताब र बाँडफाँड नमिल्दा हरेक बर्षजस्तो सयौं कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् । पछिल्ला चार आर्थिक बर्षमा मात्र ८८ कर्मचारीहरु अकुत आर्जनमा डामिएका छन् । तीसँगमात्र झण्डै ११ अर्व अकुत सम्पत्ति रहेको एउटा सरकारी प्रतिवेदन सुक्ष्म रुपमा केलाउँदा भेटिन्छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ३०,३१,३२ र ३३ औं प्रतिवेदनलाई सुक्ष्म रुपमा केलाउँदा ८८ जना कर्मचारीहरुविरुद्ध अकुत आर्जनमा मुद्धा चलाएको छ । ती कर्मचारीहरुले झण्डै ११ अर्व रकमको स्रोत देखाउन सकेका छैनन् । प्रतिवेदन अनुसार गैरकानुनी सम्पत्ति आर्जनका विभिन्न मुद्धा केलाउँदा ८८ कर्मचारी फन्दामा परेका हुन् । जसको एक तिहाई महिला कर्मचारी छन् । अख्तियारले अकुत आर्जनमा आर्थिक…
राजा र राजाका समर्थक व्यक्ति पार्टी संघ संस्थाहरु बाट आफुलाई गणतन्त्रबादी भनाउँदाहरु ले देशमा खतरा र संकट देख्ने । हिन्दुको सभा सम्मेलन अथवा हिन्दु धर्मगुरुहरुको नेपालको कार्यक्रममा रोकावट गलत प्रचार प्रसार बिभिन्न नौटंकी रचने हिन्दुबादीहरुको कार्यक्रमहरुमै प्रहरीबाट हस्तक्षेप र कर्फ्यु लगाउँने । राजाका शासन कालमा मंन्त्रि माननिय आदि ईत्यादि बनेका पुर्व राजतन्त्रबादीहरु हालका भनाउँदा गणतन्त्रबादीहरु को सरकारले बिगतमा भारत समेरमा प्रतिबन्ध गरेको अन्तराष्ट्रिय मुस्लिम सम्मेलन गर्न अनुमति दिने र पुनः सुनसरीको दुहवी र खनारमा हुने मुस्लिम मजहब सभा इज्तेमालबाट राष्ट्रि ऐकता देखने । यो कस्तो नजरहो हिन्दुहरुको कार्यक्रमहरु बाट धर्मनिरपेक्षता मा खतरा संकट महसुस गर्ने सरकारले मुस्लिमहरुको सभा सम्मेलनबाट किन…