तितो सत्य

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।विशेषगरी तराई मधेशको क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले साथै मुस्लिम समुदायले समेत मनाउँदै आएको पाइन्छ अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता समेत बढेको छ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

Read More

मानव शरीर कोषिकाहरुले बनेको हुन्छ। जन्मिदा हामी साना थियौँ। कोषिकाहरु बढ्दै गएर हामी ठूलो हुन्छौँ। जिवित प्राणीहरुमा कोषिका बढ्ने क्रम जारी हुन्छ। तर धेरै बढ्नु क्यान्सर हुनु हो। कोषिकाहरु सय, हजार, लाख हुँदै बढ्दै जाने तर नियन्त्रण भएन भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर कुनै भाइरस इन्फेक्सन र वंशाणुगत पनि हुन्छ । कोषिकाहरु बढेर एकबाट अर्को ठाउँमा फैलिर्दै जानुलाई क्यान्सर भनिन्छ । क्यान्सर शरीरको जुन पनि भागमा हुनसक्छ। कान, गाला, हड्डी, छाती, रगत, स्तन, पेट जस्ता शरीरका अंगमा क्यान्सर हुनसक्छ।डब्लूबीसी अर्थात ह्वाइट ब्लड सेल्स बढ्दै गयो भने ब्लड क्यान्सर हुन्छ। ब्लड क्यान्सर हुनुअघि शरीरमा केही यस्ता लक्षणहरु देखिन्छन् । जसलाई…

Read More

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखले मनपरी हिसाबले खर्च गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन सहितको पत्र काटेको छ ।अहिले अर्थ मन्त्रालयमा आठ जना डाक्टरको भीड छ । अर्थमन्त्री डा प्रकाशशरण महत,सचिवद्धय डा कृष्णहरि पुष्कर (अर्थ) र डा रामप्रसाद घिमिरे (राजस्व),सल्लाहकारका रुपमा डा पोषराज पाण्डे,डा विश्व पौडेल र डा गुणाकर भट्टका अलवा अर्थकै दुई महाशाखा प्रमुखहरु डा नारायण ढकाल ( अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा) र डाअर्जुनकुमार खड्का ( कानुन महाशाखा)का हाकिम छन् । यी डाक्टरले विग्रदो अर्थतन्त्र सुधार्न सकेका छैनन् । त्यही डा प्रकाशशरण महतले बजेट महाशाखाको हर्ताकर्ता बनाएर सञ्चार मनत्रलयबाट भित्र्याएका छन् उत्तरबहादुर खत्री । उनै खत्रीले मनपरी…

Read More

हिसाब किताब र बाँडफाँड नमिल्दा हरेक बर्षजस्तो सयौं कर्मचारी अख्तियारको फन्दामा पर्न थालेका छन् । पछिल्ला चार आर्थिक बर्षमा मात्र ८८ कर्मचारीहरु अकुत आर्जनमा डामिएका छन् । तीसँगमात्र झण्डै ११ अर्व अकुत सम्पत्ति रहेको एउटा सरकारी प्रतिवेदन सुक्ष्म रुपमा केलाउँदा भेटिन्छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ३०,३१,३२ र ३३ औं प्रतिवेदनलाई सुक्ष्म रुपमा केलाउँदा ८८ जना कर्मचारीहरुविरुद्ध अकुत आर्जनमा मुद्धा चलाएको छ । ती कर्मचारीहरुले झण्डै ११ अर्व रकमको स्रोत देखाउन सकेका छैनन् । प्रतिवेदन अनुसार गैरकानुनी सम्पत्ति आर्जनका विभिन्न मुद्धा केलाउँदा ८८ कर्मचारी फन्दामा परेका हुन् । जसको एक तिहाई महिला कर्मचारी छन् । अख्तियारले अकुत आर्जनमा आर्थिक…

Read More

राजा र राजाका समर्थक व्यक्ति पार्टी संघ संस्थाहरु बाट आफुलाई गणतन्त्रबादी भनाउँदाहरु ले देशमा खतरा र संकट देख्ने । हिन्दुको सभा सम्मेलन अथवा हिन्दु धर्मगुरुहरुको नेपालको कार्यक्रममा रोकावट गलत प्रचार प्रसार बिभिन्न नौटंकी रचने हिन्दुबादीहरुको कार्यक्रमहरुमै प्रहरीबाट हस्तक्षेप र कर्फ्यु लगाउँने । राजाका शासन कालमा मंन्त्रि माननिय आदि ईत्यादि बनेका पुर्व राजतन्त्रबादीहरु हालका भनाउँदा गणतन्त्रबादीहरु को सरकारले बिगतमा भारत समेरमा प्रतिबन्ध गरेको अन्तराष्ट्रिय मुस्लिम सम्मेलन गर्न अनुमति दिने र पुनः सुनसरीको दुहवी र खनारमा हुने मुस्लिम मजहब सभा इज्तेमालबाट राष्ट्रि ऐकता देखने । यो कस्तो नजरहो हिन्दुहरुको कार्यक्रमहरु बाट धर्मनिरपेक्षता मा खतरा संकट महसुस गर्ने सरकारले मुस्लिमहरुको सभा सम्मेलनबाट किन…

Read More

मधेसका क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मधेश क्षेत्रका जन–जन परिचालित देखिएका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो बिहीबार नै गरेका हुन् ।  निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थालिने परम्परा छ ।छठले गर्दा मधेशमा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि…

Read More

निर्वाचनसम्बन्धी कानुन बनाउन सरकार उदासीन१ वर्षभित्र कानुन नबने पुरानैअनुसार चुनाव गराउने आयोगको चेतावनी । काठमाडौं । राजनीतिक दल र निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउने गरी निर्वाचन आयोगले बनाएको निर्वाचनसम्बन्धी कानुनको मस्यौदा चार महिनादेखि अलपत्र परेको छ । आयोगले विदेशमा रहेका नेपालको नागरिकलाई मतदानको अधिकार दिनेदेखि आफूलाई मन नपरेको उम्मेदवारलाई अस्वीकृत गर्न पाउनेसम्मको अधिकार राखेर तयार पारेको कानुनको मस्यौदा असार १८ गते गृह मन्त्रालयमा पठाएको थियो । तर गृहले अहिलेसम्म मस्यौदामाथि छलफलको प्रक्रियासम्म अघि बढाएको छैन । एक वर्षभित्र नयाँ कानुन नबनाए पुरानैअनुसार निर्वाचन गराउनुपर्ने चेतावनी आयोगले दिएको छ । निर्वाचन आयोगले गत निर्वाचनमा झेल्नुपरेका समस्या र सर्वोच्च अदालतले दिएको आदेशसमेतलाई समेटेर…

Read More

काठमाडौं । युरोपेली संघ (ईयू) ले भूकम्पबाट प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । आवास, शुद्ध खानेपानी, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली संघको प्रतिनिधिमण्डलले जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो । -रासस

Read More

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बिहीबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।महाशाखाका अनुसार बिहीबार राति कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका १-२…

Read More

भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको हो। सन् २०११ यता भारतले विश्वकपको फाइनलमा स्थान बनाउन सकेको थिएन। भारतले उपाधिका लागि आगामी आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिकामध्ये एक टिमसँग खेल्नेछ। मुम्बईको वानखडे रंगशालामा भारतले दिएको ३९८ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो। न्युजिल्यान्डका लागि ड्यारल मिचेलले सर्वाधिक १३४ रन बनाए। ११९ बल सामना गरेका मिचेलले ९ चौका र ७ छक्का प्रहार गरे। कप्तान केन विलियम्सनले ६९ रन जोडे। ७३ बल सामना गरेका विलियम्सन ७ चौकार १ छक्का प्रहार…

Read More