तितो सत्य

काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेसँगै राजनीतिक नेतृत्वदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको विरोध जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे लगत्तै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमार्फत विभिन्न राजनीतिक दलका पदाधिकारी तथा नेतासँगै कलाकार, सामाजिक अभियन्ताले पनि टिकटकलाई नियमन गर्नुको सट्टा बन्द नै गर्ने निर्णय गलत भएको भन्दै यसमा पुर्नविचार गर्नुपर्नेमा जोड दिएका छन् । तर, सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने सामाजिक सद्भाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोगकर्तालाई लामो समयदेखि सरकारले सहि सदुपयोग गर्न अनुरोध गर्दा पनि नमानेका कारण सरकार…

Read More

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो। टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् । उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ । नेपाल सम्बतलाई यस अघि नै राष्ट्रिय सम्बतका रुपमा घोषणा भइसकेको छ । व्यवहारिक रुपमा कार्यान्वयनमा नआएको…

Read More

२७ कात्तिक, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रकृया सरकारले सुरु गरेको बताएका छन् । चितवनको भरतपुरमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले विमानस्थलका बारेमा भएका अवरोध र समस्याहरु कम हुँदै गएपछि सरकारले निर्माणको प्रकृया अगाडि बढाएको बताए ।भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै अलपत्र भैरहेको बेला बारामा थप अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री किराँतीले काठमाडौंको एयर ट्राफिक जामलाई कम गर्नका लागि पनि बारामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताए । उनले बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएकै कारण फास्ट ट्र्याक निर्माण थालिएको बताए ।उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय…

Read More

२८ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

Read More

ब्रम्हाण्ड मा शास लिने र फ्याक्ने रहेको जिवहरु ले अक्सिजन लिने र कार्वनडाईअक्साई फ्याकने नै हुन्मछन ति मध्य गाई एक मात्र यस्तो जिवहो जुन अक्सिजन नै लिन्छन अक्सिजन नै फ्याकछन ! यमपञ्चकको चौथो दिन आज गाईको पूजा गरी मनाइदैछ। कात्तिक कृष्ण औंसीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथन अनुसार गाई पूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरुको पूजा गर्ने चलनरही आएको छ।गाईलाई सिंगारे र माला लगाई तेल घसेर सम्मान गरी मीठो खाने कुरा दिइन्छ। पूजा आज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरणमा लैजाने चलन…

Read More

२७ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मी पूजाको दिनको…

Read More

तिहारको मुख्य दिन काली पुजा र लक्ष्मीपूजा आज हिन्दू नेपालीहरुले शत्ति स्वरुपा माँ कालीका र धनका देवी माँ लक्ष्मीको पूजा गरेका छन् । हरेक क्षेत्रमा लक्ष्मीपूजा धुमधामले मनाइन्छ । अझ त्यसमा पनि गाँऊ घर उद्योगी तथा व्यापारीहरुले यसको विशेष पूजा गर्छन् । लक्ष्मीपूजाअघि हिन्दू नेपालीहरुले आफ्नो घर तथा पसल सरसफाइ गर्छन्, माला र फूलले सजाउँछन् । विभिन्न रंगहरु मिलाएर रंगोली बनाउँछन् । रंगोलीदेखि घरको मूलकोठा वा पूजा कोठासम्म बाटो बनाउँछन् ।साँझमा धुमधामले लक्ष्मीको पूजा गर्छन् । मिठाइ र फलफूलको प्रसाद बाँड्छन् । हरेक वर्ष तिहारमा कुकुर तिहारको साँझमा वा गाईतिहारको साँझमा माँ लक्ष्मी र माँ कालीकाको पूजा गरिन्छ ।यसवर्ष भने…

Read More

काठमाडौँ । प्रहरी कर्मचारी वा घुमुवा प्रहरी भएकै कारण अनधिकृत खानतलासी, सामान नियन्त्रण र लुटपाट गर्न मिल्ला कि नमिल्ला ? अनि प्रहरी भएकै कारण कुनै व्यक्तिले गैरकानुनी रुपमै सामान ल्याएको वा तस्करी गरेको भए पनि त्यस्तो सामान कुनै पुर्जी नदिई बरामद गर्ने र लुटेर लगेमा त्यसलाई प्रहरीको काम (पुलिस अप्रेसन) भनेर लुटपाटलाई कानुनी मान्यता दिन मिल्ला कि नमिल्ला ?सर्वोच्च अदालतले हालै यस्तै एउटा घटनामा आफ्नो फैसला सुनाउँदै सुराकी प्रहरी वा घुमुवा प्रहरी भएकै कारण अनधिकृत खानतलासी, चेकजाँच, सामान नियन्त्रण र नियन्त्रित सामान आफैँले राख्नु अपराध भएको ठहर गरेको छ । घुमुवा प्रहरी भएकै कारण कुनै व्यक्तिले चोरी वा लुटपाट गरेमा…

Read More

तिहारको मुख्य दिन आज माँ कालीका एवं माँ लक्ष्मीपूजा आज सम्पूर्ण गाँऊ शहर झिलिमिली छ । साँझमा माँ कालीका र माँ लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन् । शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो गाँऊ शहर नै धपक्कै बलेजस्तो देखिएको छ ।व्यक्तिगत घरसँगै , मठ मंदीर,बाटोघाटो,उद्योग, कलकारखाना, कार्यालय, सपिङ मल पनि झिलिमिली बत्तीले सजाइएको छ ।

Read More

काठमाण्डु,२६ कातिक– पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिएका छन । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताएका छन । जिपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले…

Read More