तितो सत्य

२५ कात्तिक, दाङ । दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

Read More

सरकार को कलम ,बंदुक र सरकारी पैसाको बलमा शासन सत्ता टिक्दैन हिजोको दिनमा नेपालि जनताले आफ्नै तागत ले व्यवस्था परिवर्तन गरेर देखाएकै हो ।देशमा कुनै समय राजतन्त्र हुदाँ को बखत राजाका केहि प्रतिनिधिहरु र सेनाका केहि व्यक्तिहरुको यस्तै खाले बोलि व्यवहार र हर्कतले आम सर्वसाधारण जनताहरु स्वस्फुर्त रुपले राजतंन्त्रको बिरुद्धमा सडकमा उत्रियको ईतिहास हामि सबै मा सर्वबिधित नै सबैमा छ । राजतंन्त्रात्मक व्यवस्था छदा देशमा हालको जस्तो छाडा साशन सत्ता र छाडा नेता मंन्त्रिहरु पनि थिएन्न तर अहिले देशको हरेक क्षेत्रमा लापरवाही खुल्लम खुल्ला भ्रष्टाचार अनियमितता दादागिरि सरकारी सत्ता र शक्तिको दुरुपयोग र देशको विभिन्न ठुल ठुल्ला भ्रष्टाचार घोटाला र…

Read More

२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने…

Read More

काठमाडौँ — संघीयतामाथि प्रश्न उठ्दै गर्दा यसलाई सबैभन्दा बढी बद्नाम बनाउन भूमिका खेलेको आक्षेप लागेका प्रदेशहरु अधिकारका लागि लड्न थालेका छन् । केन्द्रीकृत मानसिकता र अधिकार प्रत्योजना नहुदाँ यो तह नेता व्यवस्थापनको थलो बनेको आक्षेप लागेको यर्थाथकाबीच उनीहरु केन्द्र सरकारसंग आमनेसामने भएका हुन् । जहाँ कोशी, मधेश र बागमती त आन्दोलनमै अघि बढेका छन् ।  आफ्ना संवैधानिक अधिकारका विषयमा प्रदेशहरु संघीय सरकारविरुद्ध वारपारको भिडन्तमा oअघि बढेका छन् । प्रदेश प्रहरी गठनको बाटो खोल्न संघ सरकारलाई अल्टिमेटमसहित मधेश प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाए पछि संघीय र प्रदेश सरकारबीच अधिकार तानातान सुरु भएको दृश्य देखिएको हो । प्रदेशसभामा…

Read More

अख्तियारले स्रोत सुनिश्चितताको सहमति विना बहुवर्षीय ठेक्का नलगाउन र मन्त्रीस्तरीय निर्णयका नाममा जथाभावी कार्यालय नखोल्न र सल्लाहकार नियुक्त नगर्न लगायत सुझाव दिएको छ । २४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालय र तीनै तहको सरकारलाई बजेट निर्माणमा सुधार गर्न २२ बुँदे निर्देशन दिएको छ । शुक्रबार एक परिपत्र गर्दै आयोगले अर्थ मन्त्रालयसहित बजेट तर्जुमा गर्ने तीनै तहका सरकारलाई बजेट निर्माण र वितरणमा अनुशासन पालना गर्न भनेको हो ।संघ, प्रदेश र स्थानीय तीनै तहमा आयोजना बैंकको स्थापना गर्न, मध्यमकालीन खर्च संरचनाको कार्यान्वयन गरी आयोजना बैंक, मध्यमकालीन खर्च संरचना, मन्त्रालयगत बजेट सूचना प्रणाली र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली…

Read More

काठमाडौं । नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँचजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार सिफारिस हुनेमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।

Read More

न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताए । “छिटो न्याय दिनका लागि पुराना मुद्दा फछ्र्योटलाई तीव्ररुपमा अगाडि बढाएका छौँ, त्यो अभियान पूरा गर्नका लागि न्यायाधीशको पनि जरुरी पर्छ”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “न्यायालयप्रति जनआस्था वृद्धिका लागि काम गरिरहेको बढाउका छौँ ।” प्रधानन्यायाधीश श्रेष्ठले केही समयपछि नै केही जिल्लामा भिडियो कन्फ्रेन्समार्फत बहस व्यवस्थापनको प्रवन्ध मिलाउने तयारी गरिरहेको जानकारी दिए । “जुम्ला इजलास, धनकुटा इजलास, हेटौँडा इजलासमा चाँडै भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस व्यावस्थापन…

Read More

कर्तव्य ज्यान तथा डाँका मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा रहेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव बिहीबार अदालतको आदेशले धरौटीमा रिहा भएका छन् । तीन घण्टा लामो थुनछेक बहसपछि उच्च अदालत जनकपुर–राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी तथा पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले जारी गरेको आदेशानुसार सिंह धरौटीमा रिहा भएका छन् । २०६४ साल असार ९ गते माओवादी नेता गोविन्द चौधरीको हत्या घटनामा संलग्न रहेको अभियोगमा भदौ १९ गते राजविराजबाट पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुर–राजविराज इजलास पुगेका थिए । सप्तरीको प्रदेशसभा…

Read More

महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ । औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका पाँचै जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । फेला परेका पाँचै जना किशोरीलाई अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ । महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया सङ्गीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरीका अनुसार ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म…

Read More

हेलिकोप्टरमा नेता–मन्त्रीको लस्कर, भूकम्पपीडितलाई रात काट्न सकस ५ दिनको अवधिमा सुर्खेतबाट मात्रै ३५ उडान जाजरकोट — शनिबारयता उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का दैनिकजसो नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोट र रुकुम पश्चिम उडिरहेका छन् । उनी त्यहाँ जाँदा हेलिकोप्टरमै हुन्छन्– कांग्रेसका प्रदेशस्तरीय नेताकार्यकर्ता । बिहीबार रक्षामन्त्री खड्का सेनाको एमआई सेभेन्टिनमार्फत प्रभावित क्षेत्र पुगे र झन्डै २ घण्टापछि सुर्खेत फर्किए । शुक्रबार मध्यरातिको भूकम्प प्रभावित जाजरकोटका १७ हजार परिवारले भने त्रिपाल र खाद्यान्नसमेत पाउन सकेका छैनन् । जाजरकोटमा ९ हजार घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । करिब २४ हजार घरमा आंशिक क्षति पुगेको छ । अहिलेसम्म १६ हजार ब्लांकेट, १७ हजार त्रिपाल र ३२ हजार…

Read More