सर्वोच्चको न्यायाधीशमा कांग्रेसले २ र माओवादीले एउटा कोटा मागे, गठबन्धनले भागबन्डा गरेमा पीपीएलएले अदालत र एमालेले संसदीय सुनुवाइ समितिबाट प्रतिवाद गर्ने काठमाडौं । सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदमा छलफल शुरु भएको छ । विहीवारदेखि शुरु भएको परिषद बैठक सहमतिमा टुंगिए आजै साँझसम्म न्यायाधीशको नाम सिफारिस हुने एक सदस्यले बताए । न्यायाधीश नियुक्तिको छलफलमा जुट्नुपरेका कारण विहीवार प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ र वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलास तोकिएको थिएन । आज शुक्रबार पनि एक-एक वटा इजलासमात्र छन् । सर्वोच्च अदालतका एक तिहाइ न्यायाधीश खाली भइसक्दा पनि नियुक्तिको प्रक्रिया अघि बढ्न नसकेको भनेर आलोचना भइरहेको छ । सबैभन्दा धेरै मुद्दाको…
तितो सत्य
कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैं घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । भाँडा पसलमा १ हप्ताअघिदेखि नै तामा, पित्तललगायत धातुका…
धनतेरस धनत्रयोदशी व्रत | धनतेरस । यमपञ्चक आरम्भ बडा दसैंको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन् । आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ । धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर…
२४ कात्तिक, काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले मिडियाहरुलाई बताएअनुसार यस प्रकारको युद्ध विरामको घोषणा तीन घण्टा अगाडि नै गरिने छ ।उनले भनेका छन्, ‘हामीलाई इजरायलले भनेको छ कि अल्पकालीन संघर्षविरामको बेला कुनै पनि प्रकारको सैन्य गतिविधि हुनेछैन र यो प्रक्रिया आजैबाट सुरु हुने छ ।’यसअघि इजरायली सेनाले भनेको थियो, अल्पकालीन अस्थायी विरामलाई संघर्ष विराम मान्नु गलत हुने छ ।प्यालेस्टिनी विद्रोही समूह हमासले गत ७ अक्टुबरमा इजरायलमा हमला गरेपछि इजरायलले युद्धको घोषणा गर्दै हमासविरुद्ध सैन्य…
२३ कात्तिक, काठमाडौं । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै चुनाव गराउने निर्वाचन आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले आगामी माघ १०, ११ वा १२ गते निर्वाचन गर्न परामर्श दिएको छ । तर सरकारले निर्णय गरिसकेको छैन ।प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यका अनुसार निर्वाचन आयोगसँग सरकारको राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने समयसीमाका विषयमा छलफल भएको छ ।‘पदावधि सकिनुभन्दा एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । यसअनुसार आयोगसँग एक चरणमा छलफल भएको छ’ उनले भने । को-को हुँदैछन् विदा ? राष्ट्रिय सभा…
काठमाडौँ : अर्थ मन्त्रालयले चालु खर्च कटौतीका लागि भन्दै सबै मन्त्रालय, विभाग तथा निकायका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा मितव्ययिताको मार्गदर्शन जारी गरेको थियो । मन्त्रालयले जारी गरेको मार्गदर्शनमा ‘कूटनीतिक महत्व र अन्तर्राष्ट्रिय सम्बन्धका कारण अनिवार्यरूपमा सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय सभा, सम्मेलन र अन्तरसरकारी बैठकमा मात्र सहभागी हुने व्यवस्था मिलाउनुपर्नेछ,’ भनिएको छ। देशको आर्थिक अवस्था कमजोर भएकाले अनावश्यक विदेश भ्रमण रोकेर राज्यको खर्च कटौती गर्न मार्गदर्शन जारी गरेको अर्थ मन्त्रालयका मन्त्री नै विदेश भ्रमण गर्नेहरूको लिष्टमा अगाडि देखिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि हालसम्म साढे ३ महिनाको अवधिमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चारवटा देशको भ्रमण गरेका छन् । यस अवधिमा…
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकूको सङ्ख्या अझै धेरै रहेको कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको जनाएको छ ।
दशैंको समयमा एक किलो चिनी किन्न सर्वसाधारणहरु धादिङबाट काठमाडौं आएको कुरा सरकारको लागि लज्जाको विषय बन्नु पर्ने हो । तिहारको बेलामा पनि चिनीको उस्तै हाहाकार छ । बजारमा भइरहेको चिनीको हाहाकार शासकीय क्षमता नाप्ने एक कडी हो । गणतन्त्र स्थापना भएको १५ वर्षमा पनि जनता न्यूनतम् आधारभूत आवश्यकताबाट वञ्चित छन् । अहिलेको अक्षम नेतृत्वका कारण आम जनतामा वितृष्णा पैदा भएको छ, युवाहरू पलायन भएका छन् । समकालीन कुनै पनि नेताबाट उनीहरूले स्वदेशमा भविष्य देखेका छैनन् । अक्षम नेतृत्वको कार्यशैलीले आम जनतामा देखिएको निराशा र आक्रोश नै गणतन्त्रका लागि खतरा हो । गणतन्त्रका लागि खतरा दुर्गा प्रसाईं या रवीन्द्र मिश्रहरूबाट होइन…
१. प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने ।२. इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने ।३. नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन अघि बढाउने ।४. मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने ।५. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने ।६. पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने ।७. मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक…
१. रौतहट, मिति २०८०।०७।२० गते अं. १९:१३ बजेको समयमा जिल्ला रौतहट फतुवाबिजयपुर न.पा. वडा नं. ०५ स्थित रहेको भित्रि सडक खण्डमा ई.प्र.का. सन्तपुर रौतहटबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा पेटभर्वा देखी कटहरिया तर्फ जाँदै गरेको ना ३० प ९०५९ नम्वरको मो.सा.मा शंका लागि चेकजाँच गर्दा उक्त नं. को मो.सा. पछाडि सवार जिल्ला रौतहट कटहरिया न.पा. वडा नं.०३ बस्ने लंगड साह सोनारको छोरा वर्ष २६ को मिश्रीलाल साह सोनारले भिडने झोलाबाट निम्न परिमाणका चाँदी जस्तो देखिने गहनाहरू फेला परेकोमा, मो.सा. र मो.सा. चालक जिल्ला रौतहट कटहरिया न.पा. वडा नं.०३ बस्ने बिपत…