२३ कात्तिक, काठमाडौं । मधेश प्रदेशको सर्वदलीय प्रतिनिधिमण्डलले प्रहरी समायोजनसमितका ६ बुँदे माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । ३० दिनभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको मधेश प्रदेशको सर्वदलीय प्रतिनिधि मण्डलले बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । टोलीले प्रहरी समायोजन ऐनअनुसार प्रहरी समायोजन गर्न र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत आवश्यक निर्देशन र सहजीकरण गरिदिन आग्रह गरेको छ ।संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेशले कर्मचारी खटाउन नससकेको भन्दै ज्ञापनपत्रमा, प्रदेशमा खटिने सचिव प्रदेश सरकारको मातहतमा रहने र स्थानीय तहहरुमा खटिने प्रशासकीय अधिकृतहरुलाई प्रदेश सरकार मातहतमा रहने…
तितो सत्य
२३ कात्तिक, काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन् ।
राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ ।आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् ।यसअघि टी-२० विश्वकपमा छनोट भएका खेलाडीलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका थिए ।
विज्ञ समितिको प्रतिवेदन कार्यान्वयन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन २३ कात्तिक, काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माणका विषयमा सुझाव दिन गठित विज्ञ समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्र समस्या ग्रस्त बन्दै गएको अवस्थामा नेपालमा भने लगानीको वातावरण सिर्जना हुन थालेको बताएका छन्। अर्थमन्त्री महतले काठमाडौंमा आयोजित २ दिने एसिया स्तरीय बैंकिङ सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ निकायहरुले लगानीको प्रतिबद्धता गरेको बताएका हुन्।अन्तराष्ट्रिय रूपमा नै अर्थतन्त्रले एक पछि अर्को समस्या झेलिरहेका छन्, जसबाट नेपाल पनि बच्न सकेको छैन्, तर यस्तो अवस्थामा पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रवल सम्भावना छ,’ अर्थमन्त्री महतले भने, ‘त्यसमा हाइड्रोपावर क्षेत्रमा लगानी सम्भावना राम्रो छ। भारतले नै १० हजार मेगावट विद्युत् खरिद गर्ने प्रतिबद्धता गरेसँगै विश्व बैंकले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो प्रोजेक्ट गर्ने प्रतिबद्धता…
काठमाडौं महानगरपालिका – २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि बिहीबारबाट सुनुवाइ हुने भएको छ। रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठमा जेलमुक्त भएका थिए। टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल…
नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रमको फेरबदलबाट न्यायकर्मीहरूलाई अपमानित गरेकामा आपत्ती जनाउँदै त्यसलाई सच्च्याउन न्यायपरिषद् समक्ष आग्रह गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीशलाई बारले बुधबार पुनः रोलक्रमको फेरबदल सम्बन्धमा धानाकर्षणपत्र बुझाउँदै न्यायपालिकाको सुदृढीकरण गर्ने महत्त्वपूर्ण जिम्मेवारी भएको परिषद्ले केही व्यक्तिलाई मात्र फाइदा पुग्नेगरी गरिएको संशोधन अमान्य भएको जनाएको छ ।बारले गत असोज २ गते गरेको निर्णयबारे प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइएको स्मरण गराउँदै सच्च्याउन माग गरेको छ । बारले २०८० असोज १ गते नेपाल राजपत्रमा प्रकाशित न्याय परिषद्को सूचनाद्वारा सार्वजनिक गरिएको न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति बिमती जनाएको छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरले…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका असन्तुष्टिको फाइदा उठाउँदै व्यवस्थामाथि नै प्रहार गर्न खोजिएको बताएपछि त्यसले विभिन्न प्रतिक्रिया निम्त्याएको छ। परिवर्तनका उपलब्धिविरुद्ध “प्रायोजित आक्रमण” गर्न खोजिएको सत्ता पक्षले बताइरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारबाट जनअपेक्षाअनुरूप काम नभएकाले निराशा बढेको बताएको छ। एकजना राजनीतिशास्त्रीले “प्रणालीविरुद्ध नभई राजनीतिक दलहरूको प्रवृत्तिविरुद्ध” जनताको आक्रोश देखिएको प्रतिक्रिया दिए। बाह्र बुँदे समझदारीदेखि संविधान निर्माण प्रक्रियामा संलग्न राजनीतिक दलहरूको बैठकपछि मङ्गलवार साँझ सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको प्रतिबद्धता आएको बताय । सत्ता पक्ष के भन्छ? जनतामा देखिएको निराशाको फाइदा पश्चगामी शक्तिहरूले उठाउन खोजिरहेको कुरातर्फ प्रधानमन्त्रीले बैठकमा सजग गराएको उनका प्रमुख सल्लाहकार हरिबोल गजुरेल बताउँछन्। “उहाँको…
गुल्मी । १५ वर्षीया बालिका मनीषा चुँदालीको हत्या प्रकरणपछि गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरस्थित मदरसा सधैका लागि बन्द गरिएको छ । मुस्लिम समुदायका नागरिकको आह्वानबमोजिम गाउँपालिकाले सोही समुदायकै नागरिकले नमाज पढ्ने ठाउँ मदरसाको अनुमति रद्द गरेको हो । चार वर्ष अगाडिदेखि सञ्चालनमा आएको मुस्लिमहरूको धार्मिक विद्यालय मदरसा गुल्सने मदिनामा पाका ठूला उमेरका नागरिकले सातामा एक दिन एवं साना बालबालिकाले दैनिक रूपमा बिहानमा नमाज पढ्ने गरेका थिए ।मदरसामा दैनिक १५-१६ जना बालबालिकाले नमाज पढ्ने स्थानीय कमल खत्रीले जानकारी दिए । तर, सोही मदरसाका प्रशिक्षक २३ वर्षीय रहिस खाँ बालिका हत्या आरोपमा प्रक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै विद्यालयको अनुमति रद्दका लागि २०…