विभागले एक सुचना जारी गर्दे लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ ।
औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ ।
औषधि मुल्याकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ ।यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।अनुगनम, मूल्याकन तथा कानुन कार्यावन्यन महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीका अनुसार यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु हुन् ।उनका अनुसार पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मुल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको हो ।
अहिले रोक लगाएको औषधि अन्तराष्ट्रिय बजारमा यही मात्रामा दर्ता भएको छैन । यी औषधि मानिसलाई सुरक्षित, प्रभावकारी नभएको र शरीरमा सहन गर्ने क्षमता कम भएको भएको कारण रोक लगाइएको हो,’ क्षेत्रीले अनलाइनखबरसँग भने ।
विभागले औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने जनाएको छ ।
यस्तै, औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्रि वितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ ।
