तितो सत्य

काठमाडौं महानगरपालिका – २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि बिहीबारबाट सुनुवाइ हुने भएको छ। रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठमा जेलमुक्त भएका थिए। टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल…

Read More

नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रमको फेरबदलबाट न्यायकर्मीहरूलाई अपमानित गरेकामा आपत्ती जनाउँदै त्यसलाई सच्च्याउन न्यायपरिषद् समक्ष आग्रह गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीशलाई बारले बुधबार पुनः रोलक्रमको फेरबदल सम्बन्धमा धानाकर्षणपत्र बुझाउँदै न्यायपालिकाको सुदृढीकरण गर्ने महत्त्वपूर्ण जिम्मेवारी भएको परिषद्ले केही व्यक्तिलाई मात्र फाइदा पुग्नेगरी गरिएको संशोधन अमान्य भएको जनाएको छ ।बारले गत असोज २ गते गरेको निर्णयबारे प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइएको स्मरण गराउँदै सच्च्याउन माग गरेको छ । बारले २०८० असोज १ गते नेपाल राजपत्रमा प्रकाशित न्याय परिषद्को सूचनाद्वारा सार्वजनिक गरिएको न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति बिमती जनाएको छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरले…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका असन्तुष्टिको फाइदा उठाउँदै व्यवस्थामाथि नै प्रहार गर्न खोजिएको बताएपछि त्यसले विभिन्न प्रतिक्रिया निम्त्याएको छ। परिवर्तनका उपलब्धिविरुद्ध “प्रायोजित आक्रमण” गर्न खोजिएको सत्ता पक्षले बताइरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारबाट जनअपेक्षाअनुरूप काम नभएकाले निराशा बढेको बताएको छ। एकजना राजनीतिशास्त्रीले “प्रणालीविरुद्ध नभई राजनीतिक दलहरूको प्रवृत्तिविरुद्ध” जनताको आक्रोश देखिएको प्रतिक्रिया दिए। बाह्र बुँदे समझदारीदेखि संविधान निर्माण प्रक्रियामा संलग्न राजनीतिक दलहरूको बैठकपछि मङ्गलवार साँझ सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको प्रतिबद्धता आएको बताय । सत्ता पक्ष के भन्छ? जनतामा देखिएको निराशाको फाइदा पश्चगामी शक्तिहरूले उठाउन खोजिरहेको कुरातर्फ प्रधानमन्त्रीले बैठकमा सजग गराएको उनका प्रमुख सल्लाहकार हरिबोल गजुरेल बताउँछन्। “उहाँको…

Read More

गुल्मी । १५ वर्षीया बालिका मनीषा चुँदालीको हत्या प्रकरणपछि गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरस्थित मदरसा सधैका लागि बन्द गरिएको छ । मुस्लिम समुदायका नागरिकको आह्वानबमोजिम गाउँपालिकाले सोही समुदायकै नागरिकले नमाज पढ्ने ठाउँ मदरसाको अनुमति रद्द गरेको हो । चार वर्ष अगाडिदेखि सञ्चालनमा आएको मुस्लिमहरूको धार्मिक विद्यालय मदरसा गुल्सने मदिनामा पाका ठूला उमेरका नागरिकले सातामा एक दिन एवं साना बालबालिकाले दैनिक रूपमा बिहानमा नमाज पढ्ने गरेका थिए ।मदरसामा दैनिक १५-१६ जना बालबालिकाले नमाज पढ्ने स्थानीय कमल खत्रीले जानकारी दिए । तर, सोही मदरसाका प्रशिक्षक २३ वर्षीय रहिस खाँ बालिका हत्या आरोपमा प्रक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै विद्यालयको अनुमति रद्दका लागि २०…

Read More

२२ कात्तिक, जनकपुरधाम । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो ।आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो ।आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्रदिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।बिहीबार प्रधानमन्त्रीजीलाई मेरै नेतृत्वमा पन्ध्र्रदिने अल्टिमेटसमहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ,’ मुख्यमन्त्री यादवले भने ।यदि अल्टिमेटमको…

Read More

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरू मात्रै मिलेर नपुग्ने बताएका छन् । उनले सो विधेयकमा पीडित पक्ष र अधिकारकर्मीहरुलाई समेत सहमत गराएर मात्रै राजनीतिक दलहरुले टुंगोमा पुयाउन सक्ने बताए । बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौंमा गरेको कार्यक्रममा उनले सो विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पुऱ्याउने काममा दलहरु आफैँ जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि पोखे । अध्यक्ष तिमिल्सिनाले सो विधेयक बनाउँदा गम्भीर अपराधमा संलग्नहरुलाई आममाफी दिनु गलत हुने धारणा राखे । ‘हामी दलीय प्रणालीमा छौं । दलबाट सांसदहरु निर्वाचित हुनुभएको छ । दलको निर्देशन, ह्वीप लाग्ने हुन्छ । ह्वीप त त्यसै कडा हुन्छ । अनि…

Read More

काठमाडौं- १९ वर्ष मुनिको पुरुष एसिया कप क्रिकेटमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने भएको छ । एसियन क्रिकेट परिषद (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र आफगानिस्तान छन् । यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्। एसिया कपको आगामी ८ डिसेम्बरदेखि संयुक्त अरब ईमिरेट्स (यूएई) मा हुँदैछ । नेपालले पहिलो खेल ८ डिसेम्बरमा नै पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा खेल्ने छ । तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग…

Read More

बुधबार, कात्तिक २२, २०८० सप्तरी- थ्रिनटथ्री राइफलको गोली र लागु औषधसहित सप्तरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ। खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागुऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागु औषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन्। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

Read More

रौतहट- रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो । जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो । सुरुमा पीडितका तर्फबाट बहस भएको थियो । मंगलबार सरकारी पक्षले पनि बहस थालेको छ । वुधबार सरकारी पक्षको बहस सकिने जनाइएको छ । सरकारी पक्षको बहस सकिए जवाफी बहस सकेर फैसला सुनाउने अदालतको तयारी छ ।जिल्ला अदालत रौतहटका स्स्रेस्तेदार उद्धव ढोडारीले केही दिनदेखि उक्त मुद्दामा…

Read More