२१ कात्तिक, जनकपुरधाम । ‘म सभामुख थिएँ । गाउँ गएको बेला खल्तीबाट ५० हजार रुपैयाँ काटिदियो । मुख्यमन्त्री भएर विजय जुलुसमा गएको थिएँ । खल्तीबाट पैसा चोरी भयो ।मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरियो भने त्यहाँको सुरक्षा कति बलियो छ ?’ १७ वैशाखमा मिटरब्याज जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्न आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुनाए । उनले अगाडि भने, ‘प्रदेश सरकार मुकदर्शक बनेर बसेको छ । प्रदेश सरकारलाई प्रहरी समायोजन अति आवश्यक भइसक्यो ।’तर अहिलेसम्म प्रहरी समायोजन प्रक्रिया अघि बढ्न सकेको छैन । संघीय सरकारले प्रहरी समायोजन ऐन नबनाउँदै मधेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने उद्देश्यसहित प्रदेश…
तितो सत्य
२१ कात्तिक, काठमाडौं । पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदैछ । रेशमको कैद माफीमिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै परेको रिट निवेदनमा बिहीबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।१५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको जन्मकैदको सजाय माफीमिनाहा गरेका थिए । चौधरीको माफीमिनाहाको निर्णय हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन ।माफीमिनाहापछि सार्वजनिक पूर्णपाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने…
२१ कात्तिक, काठमाडौं । प्रमुख दलका नेताहरुले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गणतन्त्रप्रति प्रतिवद्धता मात्र व्यक्त गरेनन्, आवश्यक परे मुखरित हुने समेत बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा उनले शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे जानकारी गराए ।त्यसपछि एजेण्डामा प्रवेश गरे, ‘विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको छ । जसलाई जे मन लाग्छ, त्यही भन्न थाले…
२१ कात्तिक । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको बताएका छन् । गाजामा स्थल, जल तथा हवाइ क्षेत्रबाट भीषण आक्रमण गरिरहेको अवस्थामा उनले अल्पकालीन युद्धविराम हुनसक्ने बताएका हुन् । ‘मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविराम हुने सम्भावना रहेको छ’, उनले भनेका छन् ।नेतान्याह्युले गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा लिने पक्षमा इजरायल रहेको पनि बताएका छन् । ‘यो युद्ध समाप्तिपछि गाजाको सम्पूर्ण सुरक्षाको जिम्मा अब इजरायलले लिनेछ’, उनको भनाइ उधृत गर्दै बीबीसीले लेखेको छ ।इजरायलमा हमासले आक्रमण गरेको मंगलबार एक महिना पुगेको छ । हमासको आक्रमणमा १४ सय जनाले ज्यान गुमाएका थिए । यता हमासलाई समाप्त पार्ने भन्दै इजरायलले गाजामा…
२१ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलमा जहाजहरुको चापका कारण होल्डमा बस्नु परेको जानकारी दिए ।अहिले काठमाडौंमा ट्राफिक चाप छ, त्यसले गर्दा जहाजहरुको सामान्य उडान अवतरण हुन नसकेको हो,’ उनले भने ।जाडो मौसममा प्रतिकूल मौसमले पनि उडान अवतरणमा असर गर्छ । आज भने मौसमले असर नगरेको उनले जानकारी दिए ।पछिल्लो समय काठमाडौं विमानस्थल अधिकतम क्षमतामा चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैँछ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भए पछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।
२१ कार्तिक २०८० मंगलवार , काठमाण्डौ नागरीक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरेर २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । कार्यकारी निर्देशक पदमा नियुक्त हुनका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र कोषको कार्यकारी निर्देशकको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र…
२१ कात्तिक, जनकपुरधाम । सशस्त्र प्रहरीले सिराहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र साहले जानकारी दिए ।उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल, एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल…
२१ कात्तिक, जनकपुरधाम । जााजरकोट र रुकम (पश्चिम)को भूकम्प प्रभावितलाई मधेश प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको छ । सोमबार बसेको मधेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको हो ।गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमका अनुसार चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ ।विनासकारी भूकम्पमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलीसहित चिरशान्तिको कामना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामाना बैठकमा गरिएको छ । जाजरकोट र रुकुमको संकटकमा सहयोग स्वरुप राहत पठाउने निर्णय भयो’ उनले भने ।सो सामग्री खरिद गर्न अर्थ मन्त्रालयबाट रकम माग…
२१ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा थप राहत सामग्री पुर्याउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनका राजदूतहरुसँग छलफल गरेका छन् । उनले आइतबार बेलुकी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्लाई बालुवाटारस्थित निवासमा बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए । ‘छलफलमा दुवै देशबाट थप १०/१० हजार थान टेन्ट, पाल, ब्लाङ्केट लगायतका सामग्री भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने कुरा भएको छ’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।यसअघि नै भारत र चीनले नेपालका भूकम्प पीडितहरुका लागि १०–१० करोड मूल्य बराबरका राहत सामग्री दिने घोषणा गरेका थिए । भारतले नेपाललाई सामग्री हस्तान्तरण गरिसकेको…