तितो सत्य

१९ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् ।भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेका हुन् ।यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरेको छ ।ओमानविरद्धको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङको निर्णय…

Read More

१९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी छन्।बैठकले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय गर्ने बताइएको छ ।

Read More

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए ।उनका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी…

Read More

१९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।आज कात्तिक १९ गते ११:१५ बजेदेखि १२:१५ बजेसम्म, भोलि कात्तिक २० गते ११:१५ बजेदेखि १२:४५ बजेसम्म र पर्सि ११:१५ बजेदेखि १:१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका…

Read More

कार्तिक १९,२०८० धनगढी — शनिबार राति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका ५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा र उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा, र ८ महिनाकी प्रार्थना मलालको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । मृतक प्रार्थनाकी आमा बिमलाको टाउको चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते हुनेहरूमा सोही ठाउँका प्रकाश बुढा, खोमबहादुर मलाल, दानबहादुर बुढा, बिमला मलाल,राजबहादुर…

Read More

१९ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने…

Read More

१८ कात्तिक, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागि भएको १९ दिनपछि बाहिरिएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिन कानुनी जटिलता देखाउँदै तत्काल फिर्ता नलिने भएको हो ।नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारबाट बाहिरिएपछि अब प्रतिपक्षमा बस्ने बताए । सरकारलाई दिएको समर्थनका बारेमा पछि निर्णय गर्ने उनले बताए ।सरकारबाट बाहिरिएपछि हामी प्रतिपक्षमा बस्छौं’, उनले भने, ‘समयक्रमले सरकारका गतिविधिले, काम कारवाहीले समर्थनको विषय निर्धारण गर्छ ।’मध्यावधि निर्वाचन रोक्नका लागि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै उनले सत्तारूढ गठबन्धन सहभागी भएपछि…

Read More

अत्यन्त जरुरी सूचना 🙏यहि कार्तिक १७ गते राती जाजरकोट केन्द्र बिन्दु भइ आएको बिनासकारी भुकम्पले भौतिक तथा मानविय क्षेती भएकाले बिभिन्न ठाउँहरुमा घरहरु भत्किएर मानिवय क्षेती भइ उद्धार कार्य भइरहेको छ । उद्धारकार्यमा कहि कतै समस्या भएको खण्डमा तत्काल निम्न नम्बरमा फोन गर्नुहुन सबैलाई हार्दिक अनुरोध छ ।१. जिल्ला प्रशासन कार्यालयप्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्त :९८५७८३७७७७ २. जिल्ला प्रहरी कार्यालयडिएसपि नमराज भटटराई : ९८५७८३५५५५ ३. मुसीकोट नगरपालिकानगरप्रमुख महेन्द्र केसी ९८४७८५२०२५उपप्रमुख बिमलकुमार पुन ९८५१२२९०९४नि. प्रमुख प्रशासकीय अधिकृत ९८४७८६४४७५उद्धारका लागी अन्य नम्बरहरु९८५७८२६५७८९८५७८८८३८८९८५७८२५१११र ९८४४९१७३५९ ४. आठबिसकोट नगरपालिकानगरप्रमुख रबि केसी ९८५११२०८०५उपप्रमुख धनकुमारी शाही ९८४३६०२६८७नि प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह ९८५७८७२१०० र ९८४३२५८२७१ ५. सानीभेरी…

Read More