१८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ । गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो । यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनााएको छ ।…
तितो सत्य
१८ कात्तिक, काठमाडौं । नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ,’ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।
१८ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् । गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ । भूकम्पले माटोको जोडाइ भएका अधिकांश घरहरु भत्किएका छन् । खलंगामा जिल्ला मालपोत कार्यालयलगायत प्राय: घरहरू भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबार पनि चर्किएको छ ।भूकम्पले घरहरू भत्किएपछि नागरिकहरू बाहिर चौरमा बसेका छन् । अस्पतालहरू घाइतेले भरिएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार…
१८ कात्तिक, काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भूकम्पप्रति दु:ख व्यक्त गर्दै सम्पुर्ण सरोकारवाला निकाय र दातृनिकायहरुमा पिडित परिवारको सहयोगको लागि भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी रौतहट का अध्यक्ष संजिव झा द्वारा दु:ख व्यक्त तथा सहयोगको लागि हार्दीक आग्रह । गर्दै उनले यस घडिमा सम्पूर्ण सहयोगी हातहरुलाई सकेको सहयोग गर्न हुन समेत आग्रह गरेका छन । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।