तितो सत्य

१९ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुगेर फर्किएपछि आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने निर्णय गरेको थियो ।भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने…

Read More

१८ कात्तिक, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागि भएको १९ दिनपछि बाहिरिएको नेकपा एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिन कानुनी जटिलता देखाउँदै तत्काल फिर्ता नलिने भएको हो ।नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारबाट बाहिरिएपछि अब प्रतिपक्षमा बस्ने बताए । सरकारलाई दिएको समर्थनका बारेमा पछि निर्णय गर्ने उनले बताए ।सरकारबाट बाहिरिएपछि हामी प्रतिपक्षमा बस्छौं’, उनले भने, ‘समयक्रमले सरकारका गतिविधिले, काम कारवाहीले समर्थनको विषय निर्धारण गर्छ ।’मध्यावधि निर्वाचन रोक्नका लागि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै उनले सत्तारूढ गठबन्धन सहभागी भएपछि…

Read More

अत्यन्त जरुरी सूचना 🙏यहि कार्तिक १७ गते राती जाजरकोट केन्द्र बिन्दु भइ आएको बिनासकारी भुकम्पले भौतिक तथा मानविय क्षेती भएकाले बिभिन्न ठाउँहरुमा घरहरु भत्किएर मानिवय क्षेती भइ उद्धार कार्य भइरहेको छ । उद्धारकार्यमा कहि कतै समस्या भएको खण्डमा तत्काल निम्न नम्बरमा फोन गर्नुहुन सबैलाई हार्दिक अनुरोध छ ।१. जिल्ला प्रशासन कार्यालयप्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्त :९८५७८३७७७७ २. जिल्ला प्रहरी कार्यालयडिएसपि नमराज भटटराई : ९८५७८३५५५५ ३. मुसीकोट नगरपालिकानगरप्रमुख महेन्द्र केसी ९८४७८५२०२५उपप्रमुख बिमलकुमार पुन ९८५१२२९०९४नि. प्रमुख प्रशासकीय अधिकृत ९८४७८६४४७५उद्धारका लागी अन्य नम्बरहरु९८५७८२६५७८९८५७८८८३८८९८५७८२५१११र ९८४४९१७३५९ ४. आठबिसकोट नगरपालिकानगरप्रमुख रबि केसी ९८५११२०८०५उपप्रमुख धनकुमारी शाही ९८४३६०२६८७नि प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह ९८५७८७२१०० र ९८४३२५८२७१ ५. सानीभेरी…

Read More

जाजरकोटको भूकम्पमा किन भयो बढी क्षति ? लामो समयदेखि त्यस क्षेत्रमा ठूलो भूकम्प नगएको, घरहरू कच्चा भएको र रातको समय भएकाले धेरै मानवीय क्षति हुन पुगेको भूकम्पविद्को भनाइ काठमाडौँ — गए राति जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । शुक्रबार राति ११ बजेरमा ४७ मिनेटमा गएको सो भूकम्पपछि त्यसकै आसपासमा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडभन्दा ठूलो थप ४ वटा पराकम्प गएका छन् । काठमाडौदेखि भारतको नयाँ दिल्लीसम्म धक्का महसुस गरिएको भूकम्पका कारण जाजरकोटमा ९८ र पश्चिम रुकुममा ३८ जनाको मृत्यु भएको नेपाल सरकारले जनाएको छ । जाजरकोट र पश्चिम रुकुमका दुर्गम क्षेत्रहरूको थप विवरण आउन बाँकी रहेकाले हताहतीको…

Read More

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाइतेको उपचार गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले स्वास्थ्यकर्मी र उपचार सामग्री पठाएको छ । तर घाइतेको संख्या बढिरहेको र सीमित स्वास्थ्यकर्मीले उपचार गर्नुपर्ने भएकाले व्यवस्थापनमा कठिन भएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्काले जानकारी दिए ।भूकम्पबाट घाइतेको उपचारमा शुक्रबार रातिदेखि खटिरहेका स्वास्थ्यकर्मीलाई कसरी पालो दिने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए । ‘प्रभावित क्षेत्रको लागि धेरै भन्दा धेरै स्वास्थ्यकर्मी र उपकरण चाहिने देखिएको छ । यसको लागि हामीले केन्द्र सरकारसँग पनि समन्वय गरिरहेका छौँ’,  डा. खड्काले भने  ।निर्देशनालयले सुर्खेतबाट शनिबार बिहानै दुई वटा गाडीमा चिकित्सक…

Read More

१८ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Read More