अहिले जसरी प्रचण्ड र केपी ओलीले पार्टी चलाइरहेका छन्, कमिटी र कार्यकर्ता बनाइरहेका छन् । त्यो तरिकाले पुँजीवादविरुद्ध लड्न सकिन्न, समाजवादी मार्ग तय हुँदैन भन्ने कार्कीले स्पष्ट दृष्टिकोण राखेका छन् । केही प्रशंगमा त अलग्गै राजनीतिक कार्यदिशा प्रस्तुत गरेर भन्दा पनि ‘बाघचाल’ चालेर पार्टीको नेतृत्वमा पुगेका नेता भनेर लेख्न समेत बाँकी राखिएको छैन । गएको २० असोजमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिव राम कार्कीलाई दमन नगरिने विश्वास दिलाएका थिए । मुलुकको कार्यकारी प्रमुखको भूमिकामा रहेका प्रचण्डले आफ्नै सहयोद्धाबारे यस्तो टिप्पणी गर्नुपर्ने परिस्थिति भने कार्कीले लेखेको पुस्तक ‘विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ’ मा रहेको…
तितो सत्य
पतंजलि योग पिठ हरिद्वारद्वारा जाजरकोट भुकम्प पिडितलाई ५० टन ९ ट्रक राहत सामाग्रि सहयोग ।खाद्धयान लत्ता कपडा बल्यङकेट टेन्ट जस्ता विभिन्रान किसिमका सहायक तथा राहत सामाग्रिहरु नेपाल ,जाजरकोट भुकम्प पिडातलाई दिएको भनि पतंजलि योग पिठ का प्रमुख स्वामि रामदेब एबं आचार्य बालकृष्ण श्रेष्ठ द्वारा संयुक्त रुपमै एक भिडियो सार्वजनिक गरेका छन । साथै उक्त भिडियोमा विभिन्न समयहरुमा भारत तथा नेपालको दैबिक बिपदा प्राकृतिक संकटको समयमा पतंजलिले सहयोग गरेको ईतिहास सुनाएका छन। जाजरकोटको भुकम्प भन्दा पहिलाको नेपाल मा गएको महा भुकंम्प समेतमा विभिन्न किसिमको सहयोग गरेको जिकिर गरेका छन ।
२६ कात्तिक, काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् ।रक्षामन्त्री गेलेन्टले भनेका छन्, ‘हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेको छ । यसको परिणाम लेबनानका नागरिकले भोग्ने छन् । हामीले अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा हामीलाई थाहा छ । बेरुतको पनि त्यसै हालत हुनेछ, जो गाजाको छ ।’प्यालेस्टाइन चरमपन्थी समूह हमासले गत असोज २० गते इजरायलमा एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार ४००…
२६ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको…
(नेपाल टेलिकमले दुई अर्ब दुई करोड भन्दामाथि नाफा कमायो तर जनतालाई फोन,ईन्टरनेट शुल्क भने महंगो नै) २४ कात्तिक, काठमाडौं । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार…
भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ । स्थान र देश, मिति, टीकाको साइत (स्थानीय समयानुसार) काठमाडौ, नेपाल, कार्तिक २९ गते, प्रातः १०:५१ दिल्ली, भारत, १५ नोबेम्बर प्रातः ११:०५ न्युयोर्क, अमेरिका, १४ नोबेम्बर प्रातः ११:१५ केन्टुकी, अमेरिका, १४ नोबेम्बर प्रातः ११:५५ टेक्सास, अमेरिका, १४ नोबेम्बर प्रातः ११:२५ टोरेन्टो, क्यानडा, १४ नोबेम्बर प्रातः ११:४५ टोकियो, जापान, १५ नोबेम्बर प्रातः १०:४५ सिड्नी, अस्ट्रेलिया, १५ नोबेम्बर प्रातः ११:१५ मेलवर्न, अस्ट्रेलिया, १५ नोबेम्बर प्रातः ११:३४ ब्रिसबेन, अस्ट्रेलिया, १५…
स्टक एक्सचेञ्जको लाइसेन्स दिन ठूलो आर्थिक खेल भएको भन्दै विरोध चर्केपछि गत वैशाखमा प्रधानमन्त्रीले प्रक्रिया रोक्न निर्देशन दिएका थिए दीपावली सुरु हुनुअघि साँझको सात बजे खोटपूर्ण नियतका साथ संगठित तवरले हठात् निर्णय गरेको देखिने भएकाले मेरो फरक मत । -स्वर्णिम वाग्ले, सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ — आफ्नो पूर्ववत् निर्णयबाट पछि हट्दै संघीय संसद्को अर्थ समितिले सांसदकै फरक मतका बीच अध्ययन तथा अनुसन्धानबिना नै स्टक एक्सचेञ्जको लाइसेन्स खुला गर्न सरकारलाई निर्देशन दिएको छ । निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारीका साथ नेपाल धितोपत्र बोर्डले अघि सारेको विवादित प्रक्रियालाई संघीय संसद्को अर्थ समिति पनि प्रभावित हुँदै यस्तो विवादास्पद निर्णय गरेको हो । …
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड यतिबेला अख्तियार दुरुपयोग अनुसन्धानमा कार्यरत रहेका एसपी मोहनकुमार थापाले सम्हालिरहेका छन् । उनी त्यहाँ पुग्ने वित्तिकै गृहमन्त्रीका निटक विचौलियाहरूले वडा प्रहरी कार्यालय बैदामका तत्कालीन प्रमुखलाई हटाएर विवादित डिएसपी राजेन्द्रकुमार श्रेष्ठलाई पठाएका छन् । त्यसअघि बैदामका डिएसपी थिए वेद जोशी । उनको मातहत रहेका इन्स्पेक्टरले चिकित्सकहरुको आन्दोलनमा लाठी चार्ज गरेको भन्दै जोशीलाई समेत कारबाही स्वरुप सरुवा गरिएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठनिकट विचौलियालाई मोटो रकम खर्चिएर बैदाम पुगेका डिएसपी श्रेष्ठ अवैध तरिकाले आर्थिक सहयोग संकलन गर्न थालेको त्यहाँका व्यवसायीहरूले गुनासो गरेका छन् । उनले बैदामस्थित व्यवसायीहरूलाई आतंक मच्चाएर आर्थिक संकलन गर्न थालेको स्रोतले जनाएको…
काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षमा दुई अर्बभन्दा बढी नाफा कमाएको छ । शुक्रबार प्रकाशित चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा सो कुरा उल्लेख गरेकोछ । सो वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। चालू आवको उक्त अवधिसम्मा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ८.९० प्रतिशतले कम टेलिकमले जनाएको छ । त्यस्तै गत आवको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नेपाल टेलिकम ले अर्बौमा नाफा कमाऊने तर…
काठमाण्डु, २५ कातिक– नेपाल प्रहरीका प्रहरी उपरीक्षक एसपी ले चलाएको स्कारपियोसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा झापाको कमल गाउँपालिका–६ मा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डी रहेका छन । झापाको कन्काइ नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार मर्डीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र विपरीत…