तितो सत्य

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको थियो । दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

Read More

आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन  हो ।त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक…

Read More

सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि ८५ क्वीन्टल अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीता–राम स्वयंवर प्रतिमा निर्माण गरिएको छ । उक्त प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ ।प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदाम, उरिद दाल, चना दाल, रहर दाल, मुसुरो दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरी प्रतिमा निर्माण गरिएको छ । प्रतिमा…

Read More

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको…

Read More

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ। त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले बताएको छ। यस्तै, रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ। हाल ९० रूपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डेटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ। तर अब सो सिमकार्डमार्फत् १ जिबी डाटा चलाउन सकिनेछ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिनेछ। यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ। पहिले जस्तै यसमा १०…

Read More

सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला भएकी छिन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

Read More

चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार…

Read More

नेपालको संयुक्त राष्ट्रसंघ–यात्रा ‘यसको चार वर्षपछि सन् १९४९ मा तत्कालीन राणाकालीन नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गर्ने प्रक्रिया थालेको अर्को ६ वर्षपछि मात्र प्रजातान्त्रिक नेपालले १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गर्‍यो।’ नेपालमाथि महासभामा छलफल भई मतदान हुँदा नेपालले कुल ५७ मध्ये ५७ मत नै प्राप्त गर्‍यो। सोही दिन अन्य कतिपय मुलुकमाथि मतदान हुँदा केहीको विरुद्धमा र केही अनुपस्थित रहेको मत नेपालको हकमा भने सर्वसम्मत भयो। द्वितीय विश्वयुद्धको अन्त्यपछि यसका विजेता राष्ट्रहरूद्वारा २४ अक्टोबर १९४५ मा अन्तर्राष्ट्रिय रूपमा शान्ति र सुरक्षा कायम राख्दै राष्ट्रहरूका बीच मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने पवित्र उद्देश्यले संयुक्त राष्ट्रसंघको स्थापना भएको भयो। यसको चार…

Read More

महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन्…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता बालकृष्ण खाँण उच्च अदालतको आदेशमा रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका छन् । न्यायाधीश कृष्णराम कोइरालाले विभिन्न ६ वटा आधारहरू अघि सारेर पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्नुपर्ने आदेश दिएका छन् ।यसअघि १५ मंसिरमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय दिन सकेको थिएन ।खरेलले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने राय दिएका थिए भने न्यायाधीश पाण्डेले खाँणलाई…

Read More