तितो सत्य

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले बीएन्डसी मेडिकल कलेजका तर्फबाट दायर भएको रिट जारी गरिदिएको हो ।सर्वोच्चले रिट दायर गरिदिएसँगै अब दुर्गा प्रसाईंलाई बीएन्डसी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । आशयपत्र पाएर पनि एमबीबीएस अध्यापन गराउन नपाएको भन्दै प्रसाईंले सर्वोच्चमा रिट लैजानुका साथै सरकारका विषयमा समेत गम्भीर प्रश्न उठाएका थिए । आशयपत्रकै आधारमा बैंकबाट लिएको ऋण तिर्न नसक्ने भन्दै उनले बैकहरूविरुद्ध समेत अभियान चलाएका थिए । सोमबार भएको फैसलाको संक्षिप्त आदेश आइसकेको छैन ।निवेदकको मागबमोजिम रिट जारी भएकाले यसमा संक्षिप्त आदेश आउँदैन,”

Read More

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली ले बिहीबार मुख्यमन्त्रीको घरमा पुगेर । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

Read More

गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो ।तर उक्त परिपत्र सार्वजनिक भएसँगै विरोध सुरु भएको थियो । त्यसपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ ।मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चारमाध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८०…

Read More

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगमा सदस्यहरुमा प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।कांग्रेस सहितको गठबन्धन बाट अलभई पुनः ऐमालेसंग मिलेर बनेको नयाँ सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका चार सदस्यहरुले राजीनामा दिएका थिए । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र जनमत पार्टीका अध्यक्ष डा.सि.के.राउतका का सहोदर भाई डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा आजको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।

Read More

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सभामुखलाई नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्य विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुखलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा किर्ते गरि च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध…

Read More

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । नेपालमा हालसम्म लिभिङ टुगेदरसम्बन्धी कानुन छैन । तर शहरमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अधिवक्ता भट्टराईले यसलाई व्यवस्थित गर्न कानुन बनाउन माग गर्दै रिट दायर गरेकी हुन् ।

Read More

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती विधेयक पेस गर्नुभएको हो । यो विधेयक प्रतिनिधि सभामा गएको फागुन २१ गते दर्ता भएको थियो । प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरूले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरूको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ । यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले…

Read More

राष्ट्र, राष्ट्रीयता, धर्म संस्कृति र नागरिक बचाउ महाअभीयान को आयोजनामा चन्द्रपुर नगरपालिका मा बैंक , लघुबीत्त तथा सहकारी पीड़ित हरुले निकालेको बीरोध ज़ुलुस ले सबै बैंक, लघुबीत्त तथा सहकारी को कार्यालयहरु को अगाड़ी बीरोध प्रदर्शन गरेका थीये , सयौ पीड़ित हरु द्वारा नीकालीयेको उक्त जुलुस मा सुन तस्कर मुर्दाबाद , हत्यारा सरकार मुर्दावाद , घर जग्गा नीलाम गर्न बन्द हर , गरीब लाई बाच्न दे , २० लाख मुनी को क़र्ज़ा मीन्हा गर, २०४७ को संबीधान लागू गर जस्ता सरकार बीरोधी नारा लगायेका थीये । उक्त कार्यक्रम मा बीन्देश्वर यादव लाई रौतहट को जील्ला संयोजक चयन गरेको थीयो उक्त कार्यक्रम…

Read More

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए । अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए ।

Read More