सरकारका नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
तितो सत्य
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार ३ मंन्त्री र एक राज्यमन्त्री थप गरे । मुख्यमन्त्री भएको १५ महिनामा भने उनले मन्त्रिपरिषदमा गरेको यो ११ औं पुनर्गठन हो । बिहीबार मन्त्री बनेका माओवादी केन्द्रका भरतप्रसाद साह र एकीकृत समाजवादीकी बेची लुंगेली विना विभागीय छन् भने माओवादीका युवराज भट्टराई उद्योग तथा पर्यटन मन्त्री बनेका छन् ।एमालेकी शारदा थापा भने गृह तथा सञ्चार राज्यमन्त्री बनेकी छन् । माओवादी केन्द्रले यसअघिकी उद्योग पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर भट्टराईलाई पठाएको हो । माओवादीले उद्योग पर्यटन राज्यमन्त्री रहबर अन्सारीलाई पनि फिर्ता बोलाएको छ ।जनमतले छाडेको श्रम तथा यातायात र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री…
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्वतमान श्रममन्त्री शरतसिंह भण्डारी र तत्कालीन श्रमसचिव केवलप्रसाद भण्डारीले गरेका ३ वटा विवादास्पद निर्णयहरु वर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल ले खारेज गरेको छ ।
बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको जुलुसलाई अर्को समूहले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो। अवस्था सामान्य भएपनि जोखिम रहेका कारण सहमति विना भेला जुलुस नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले समन्वय गरेर मात्रै सभा, जुलुस, भेला र र्याली गर्न सूचना जारी गरेको छ ।
निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन…
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।उनले भने, लामा दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट विसं २०६४ सालमा दोषी ठहर भई फरार थिए, आज हाम्रो टोलीले पक्राउ गरेको छ ।
धनुषाको शहिदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना८ख ६३०० नम्बरको ट्रकसहित ट्रकमा रहेको १५२ बोरा प्याँज र यस्तै सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो मुसहरनिया गाउँपालिका-६ स्थित मरघटियाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको हो ।कागजपत्र शंकास्पद देखिएपछि प्याजसहित ट्रक नियन्त्रणमा लिइएको हो । प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरिएको छ साथै मोबाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाइकलको १ लाख मूल्य कायम गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।
सुदूरपश्चिमबाट शुरु हुन खोजेको सत्ता समीकरणको बिभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघिको आफ्नो निर्णय सच्याउदै एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएसँगै सत्ता समीकरणको संकट टरेको देखिएको छ । सुदूरपश्चिममा यसअघि नाउपाका दुई सांसदले गरेको दाबि अस्वीकार गरिएको छ र विहिबारसम्म नयाँ दाबि पेश गर्न आव्हान भएको छ । अब एकीकृत समाजवादीका दिर्घ सोडारी मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले एमाले, माओवादी केन्द्रको समर्थनमा सरकारमा दाबि गर्ने तयारी गरेका छन् । सोडारीलाई नाउपाका कति सांसदले सर्मथन गर्छन भन्ने स्पष्ट रहेको छैन । नाउपामा संसदीय दलको नेताको विवाद र रेशम चौधरी पक्षका बहुमत सांसदले…
मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन्। तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ रही दैनिक कार्य गर्न सक्दछ, जटिल नबन्न सक्दछ तर मिर्गौला रोग भने बेग्लै किसिमको हुने गर्दछ। यसमा मिर्गौला बेकम्मा हुँदा कतिका लागि सम्पत्ति विनाशको ठूलो बाटो बन्ने गरेको छ भने सर्वसाधारणका लागि मृत्युको कारण बन्दै आएको छ। विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ। नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र…
अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी टि २०)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् । ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए । ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।