मध्यगाजामा इजरायली सेनाले हवाइ आक्रमण गरेर हमासले बनाएका पूर्वाधारहरू नष्ट गरेको छ । यसै क्रममा हमासका केही अधिकारीहरूको ज्यान गएको इजरायली रक्षा बलले बुधबार जनाएको छ । इजरायली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो । आक्रमणमा इजरायली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे, जुन इजरायलमा रकेट फायर गर्न तयार थिए ।भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरूलगायत सशस्त्र आतंककारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरूसहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरियो ।गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा भएको हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए । यसै क्रममा दुई सय ४०…
तितो सत्य
नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधा तथा गृहमंत्री रबि लामिछानेको नाम मुछिएको भएतापनि सरकार ले बचाँउन खोजेको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।हालै नेपाल प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दा उक्त सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब १४ करोड रुपैयाँ लगेको खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ रवि लामिछानेको नाममा झिकिएको देखिएको थियो ।ठोस आधार र प्रमाण हुदाँ हुदै पनि सरकार को दवाब र प्रभावमा छानबीन गर्ने निकायहरु निरीह भई आफ्नो क्षमता र योग्यता माथिनै प्रश्न चिन्ह लगाएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको राजिनामा माग गर्दै गृहमन्त्रीको पुत्ला समेत दहन…
विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । विराटनगरको रानीमा दुई समुदायबीच झडप भएको हो । झडपमा परी ९ प्रहरीसहित दर्जनौँ घाइते भएका छन् । रामनवमीको अवसरमा हिन्दु समुदायले र्याली निकालेका थिए। उक्त र्याली रानीमा मुस्लिम समुदायको बस्तीतर्फ अगाडि बढेपछि उनीहरुले प्रतिकार गरेका थिए। झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको स्पिरिङ बैठकमा सहभागी हुन अमेरिकाको राजधानी वासिङटन डिसी पुगेका अर्थमन्त्री पुनले संयुक्त राज्य अमेरिकाको राजधानी बासिङ्टनमा युएस चेम्बर अफ कमर्सका कार्यालयमा भएको भेटमा अमेरिकी कम्पनीका प्रतिनिधिहरुले नेपालमा अनुमान योग्य व्यवसायिक वातावरण नभएको विषय उठाएपछी अर्थमन्त्री पुनले व्यवसायिक वातावरणमा निरन्तर सुधार गर्दै जाने विषय सरकारको प्राथमिकता भएको बताए।अर्थमन्त्रीसँगको भेटमा चेम्बरका साथैं अमेरिकी स्टेट डिपार्टमेन्टमा प्रतिनिधि, युएसएडका प्रशासक, मेटा, टाटा ग्रुप, द कोकोकोला , वाल्ट डिजनी, मेटलाइफ कम्पनीका प्रतिनिधि सहभागी थिए ।अर्थमन्त्रीसँगको भेटमा उपस्थित अमेरिकी स्टेट डिपार्टमेन्टमा प्रतिनिधि, युएसएडका प्रशासक, मेटा, टाटा ग्रुप, द कोकोकोला , वाल्ट डिजनी, मेटलाइफ कम्पनी, कोकोकोला प्रतिनिधिहरु सबैले स्थिर व्यवसायिक वातावरण…
दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई विराटनगर १५ र १७ नं वडा बिच शुरु भएको बिरोध र बिबाद बढदै गएपछि र्यालीलाई अगाडी बढन अबरोध गरेको थियो । एउटा समूहले र्यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरीले बताए । उनका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।मोरङ…
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् । भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । ‘यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ’, उनले भने, ‘उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मंगलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।’उक्त अवधिमा सीमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ ।सीमा बन्द रहेको अवधिमा आकस्मिक…
सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।दाङबाट रुकुमका लागि छुटेको रा १ ख २०८५ नम्बरको बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको थियो ।लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए ।
रातो खरबुजाको ठाउँमा हामीले विष खाइरहेको पनि हुनसक्छ । बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ ।योभ नेको डाई जस्तै खालको रातो रंग हो । यो खान नहुने पदार्थ हो । तर यसलाई मिडाई, क्यान्डी र पेयमा समेत हाल्ने गरेको पाइन्छ । यो…
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए । प्रतिपक्षी दलहरुले बहिष्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन ।
राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान जील्ला कार्य समीती रौतहट को आयोजनामा आज चन्द्रपुर नगरपालिकामा ऋण पिडितहरुको अन्तरकृया कार्यक्रम को आयोजना गरेको थियो । उक्त कार्यक्रम को प्रमुख अतीथी सचीवालय सदस्य डा. राजीव झा तथा बीशेष अतीथी तेज नारायण यादव को उपस्थिति थीयो । उक्त कार्यक्रमबाट समस्त बैंक, लघुबीत्त तथा सहकारीमा घर जग्गा निलाम गर्न नहुने, स्थिर ब्याजदर ६% क़ायम गर्न, २० लाख मुनि को ऋण मिन्हा गर्ने माँग को ज्ञापन पत्र जील्ला संयोजक बिन्देश्वर यादव को नेतृत्वमा नीस्केको जुलुसले सबै बैंक,सहकारी तथा लघुबीत्त मा बुझायेको र बाक़ी रहेका बैंक, लघुबीत्त तथा सहकारीहरुमा पनी बुझाउने जानकारी गराउनु भयो…