ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ। करिब ९ सय फिट गहिराइसम्म खनेपछि अचानक आगोको लप्का देखिएको स्थानीय बासिन्दाले बताएका छन्। बोरिङ स्थलबाट लगातार आगो निस्किरहेका कारण स्थानीयले हिलो र पानी छ्यापेर निभाउने प्रयास गरे पनि सफलता प्राप्त भएको छैन। यस घटनापछि बोरिङको काम रोकिएको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीका अनुसार बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हुनसक्ने र त्यसकै कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
तितो सत्य
रौतहट जिल्ला प्रहरी कार्यालय एक समय प्रभावशाली बिचौलियाहरूको नियन्त्रणमा थियो। प्रहरी सेवामा पहुँच पाउन सर्वसाधारणले कुनै न कुनै राजनीतिक व्यक्ति वा बिचौलियाको सहारा लिनुपर्ने अवस्था थियो। न्याय खोज्न जाने नागरिक भय र त्रासका बीच आफ्नो कुरा राख्न सक्दैनथे। प्रहरी संगठन नागरिकको सुरक्षा भन्दा पनि केही सीमित व्यक्तिहरूको पहुँचमा सिमित भएको महसुस हुन्थ्यो। तर, जिल्ला प्रहरी प्रमुख (एसपी) दिलीप घिमिरे र मुद्दा शाखाका प्रहरी निरीक्षक उमाशंकर गुप्ता ले पदभार ग्रहण गरेपछि यो अवस्था बदलिएको छ। उनीहरूको कुशल नेतृत्व, पारदर्शी कार्यशैली, र नागरिकमैत्री व्यवहारले रौतहट प्रहरी संगठनमा नयाँ ऊर्जा भरेको छ। भय र बिचौलियाको अन्त्य: प्रहरी-जनताको सिधा सम्पर्क गएको केही वर्षमा जिल्ला…
बीरगंज फाल्गुन १९ – श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारद्वारा प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा व्यक्त शुभकामना सन्देशमार्फत गरिबक्सेको राष्ट्रहितको आह्वानलाई समर्थन गर्दै, राष्ट्रिय बजरंग दलले औपचारिक रूपमा बिज्ञप्ति जारी गरेको छ। राष्ट्रिय नागरिक संघर्ष समितिद्वारा अघि सारिएको राष्ट्रिय मेलमिलापको साझा अभियान, २०४७ सालको संविधान पुनःस्थापना, तथा २०७२ को असंवैधानिक, थोपिएको एवं जनविरोधी संविधानको खारेजी नै राष्ट्रको पुनर्निर्माणका लागि एकमात्र सही मार्ग रहेको ठहर गर्दै, यस राष्ट्रवादी आन्दोलनमा सम्पूर्ण राष्ट्रवादी राजनीतिक दल, पेशाकर्मी, बुद्धिजीवी, कानूनी क्षेत्रका व्यक्तित्वहरू, राष्ट्रप्रेमी शक्तिहरू एवं सचेत नागरिकहरूलाई ऐक्यबद्ध हुन राष्ट्रिय बजरंग दलले समर्थन जनाएको छ। यसै सन्दर्भमा, राष्ट्रिय बजरंग दलका राष्ट्रिय कार्याध्यक्ष श्री…
काठमाडौं – संघीय निजामती सेवा विधेयकमा टुंगिनुपर्ने १४ मुख्य विषयलाई संसदीय उपसमितिले पहिचान गरी छलफल अघि बढाएको छ। राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले नीतिगत रूपमा स्पष्ट हुनुपर्ने विषयहरू तय गरी सरोकारवालासँग परामर्श गरिरहेको छ। तह कि श्रेणी?सबैभन्दा प्रमुख बहस संघीय निजामती सेवामा तहगत प्रणाली राख्ने कि श्रेणीगत भन्ने विषयमा छ। प्रदेश र स्थानीय तहमा तहगत प्रणाली लागू भइसकेको भए पनि संघीय सेवामा श्रेणीको व्यवस्था उल्लेख भएकाले दुबैलाई स्पष्ट पार्ने तयारी गरिएको छ। संविधानमा केही ठाउँमा श्रेणी उल्लेख भएकाले, संघीय सेवामा श्रेणी र तह दुबै प्रणाली समेट्ने र कुन श्रेणी अन्तर्गत कुन तह पर्न आउँछ भन्ने स्पष्ट गरिने भएको…
काठमाडौं – पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको हो। अस्पतालका अनुसार शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र अहिले खतरामुक्त छन्। उनलाई भेट्न पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्। यसअघि पनि पारस शाहको मुटुमा समस्या देखिएको थियो। यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा कार्यक्रम भएकाले काठमाडौं आइपुगेका छैनन्।
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा अघिल्लो पटकको भन्दा बढी सिट जित्ने गरी तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। उनले हालको राजनीतिक परिप्रेक्ष्यमा कुनै एकल दलले बहुमत ल्याउन कठिन भएको बताउँदै कांग्रेसले बढी सिट जित्न आवश्यक रहेको उल्लेख गरे। प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिहरू छलफलमार्फत समाधान गरी पार्टीलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे। “हाम्रो बीचमा केही असहमतिहरू हुन सक्छन्, तर ती सबैलाई छलफलबाट समाधान गर्दै कांग्रेसलाई जीवन्त र गतिशील बनाउनु आवश्यक छ,” उनले भने। सत्तारुढ गठबन्धनबारे टिप्पणी गर्दै उनले वर्तमान सरकार सफल…
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बेतलबी बिदालाई सेवा अवधिमा गणना गरी पेन्सन दिने निर्णयलाई पुनरवलोकन गर्ने तयारी गरेको छ। त्रिवि रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालका अनुसार यस विषयमा कानुनी सल्लाह लिइरहेको र आवश्यक सुधार गरिनेछ। यसअघि, २०६८ वैशाख ८ भन्दा अगाडि बेतलबी बिदा लिएका प्राध्यापक तथा कर्मचारीहरूले उक्त अवधीलाई सेवा अवधिमा जोडेर पेन्सन लिइरहेको विषय बाहिर आएको थियो। त्रिविको नियमानुसार बेतलबी बिदालाई सेवा अवधिमा गणना गर्न नपाइने भए पनि पुनरावेदन आयोगको २०७५ असार २१ को एक फैसलाका आधारमा केही प्राध्यापक तथा कर्मचारीले यस्तो सुविधा लिएको देखिएको छ। तत्कालीन कार्यकारी परिषद्ले २०७६ माघ ११ मा २०६८ वैशाख ८ भन्दा अगाडिको बेतलबी बिदालाई…
काठमाडौं, फागुन १९ – स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाकै रहने तर प्रदेश सरकारले खटाउने प्रस्तावमाथि छलफल भइरहेको छ। संसदीय उपसमितिका अनुसार यो वैकल्पिक प्रस्तावमा सहमति जुट्ने सम्भावना बढेको छ। संघीय निजामती सेवा विधेयक हाल प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको छ। सहमति जुटाउन उक्त समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूको संयोजकत्वमा संसदीय उपसमिति गठन गरेको छ। प्रस्तावको मुख्य बुँदा उपसमिति संयोजक बडूका अनुसार प्रदेशका प्रमुख सचिव संघीय निजामती सेवाकै रहने विषयमा कुनै विवाद छैन। प्रमुख सचिव संघ र प्रदेशबीचको समन्वयकर्ता हुने भएकाले यसमा सहमति छ। तर, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतबारे भने छलफल…
लन्डन – युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र अमेरिकाबीचको सम्बन्ध निरन्तर कायम रहने बताएका छन्। लन्डनमा आयोजित युरोपेली देशहरूको सम्मेलनमा बोल्दै उनले युक्रेनको सुरक्षाका लागि अमेरिका महत्वपूर्ण साझेदार रहेको उल्लेख गरे। जेलेन्स्कीले युक्रेनको रक्षा र आर्थिक पुनर्निर्माणका लागि अमेरिकासँग खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न आफू तयार रहेको स्पष्ट पारे। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता तनावपूर्ण सकिएको थियो। तर, उनले अमेरिकासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याए। अमेरिकासँगको छलफलपछि जेलेन्स्की बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट्न डाउनिङ स्ट्रिट पुगे। उक्त भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्यो। साथै, युरोपेली नेताहरूको बैठकले युक्रेनलाई समर्थन जारी राख्ने…
लन्डन, — बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनलाई रुसको आक्रमणबाट जोगाउन तथा युद्ध अन्त्य गर्न चारसूत्रीय योजना सार्वजनिक गरेका छन्। फ्रान्स, बेलायत र अन्य युरोपेली देशहरूले गठबन्धन निर्माण गर्ने र अमेरिकालाई समेत त्यसमा समावेश गर्ने योजना रहेको उनले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र १८ युरोपेली देशका नेताहरूको सहभागितामा सम्पन्न उच्चस्तरीय बैठकपछि स्टेइमरले युरोप इतिहासकै महत्त्वपूर्ण मोडमा रहेको बताए। उनले युरोपेली राष्ट्रहरूबीच हालसम्मकै अभूतपूर्व एकता देखिएको उल्लेख गरे। बैठकमा युक्रेनलाई निरन्तर सैन्य सहायता प्रदान गर्ने तथा रुसमाथि आर्थिक दबाब बढाउने सहमति भएको छ। साथै, युक्रेनको दीर्घकालीन सुरक्षा प्रत्याभूति सुनिश्चित गर्न र यसको सार्वभौमिकताको रक्षा गर्न विशेष ध्यान दिने प्रतिबद्धता जनाइएको…