तितो सत्य

नेपालमा पछिल्ला दिनहरूमा राजतन्त्र पुनर्स्थापनाको माग फेरि चर्चामा आएको छ। काठमाडौंलगायत विभिन्न सहरहरूमा राजसंस्थाका समर्थकहरू सडकमा उत्रिँदै नाराबाजी र र्‍यालीको आयोजना गरिरहेका छन्। विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय प्रणालीको अन्त्य गर्दै पुनः राजतन्त्र स्थापनाको माग गर्दै आएको छ। राप्रपाको प्रदर्शन र नाराबाजीबुधबार काठमाडौंमा राप्रपाले आयोजना गरेको मोटरसाइकल र्‍यालीमा हजारौं समर्थक सहभागी भएका थिए। उनीहरूले नेपालको राष्ट्रिय झण्डा बोकेर “नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छन्” जस्ता नारा लगाए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संघीय प्रणाली भ्रष्टाचारको जड भएको भन्दै राजतन्त्र पुनर्स्थापनाका लागि अभियान चलाइरहेका छन्। पूर्वराजा ज्ञानेन्द्रको सक्रियतापूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय धार्मिक तथा सांस्कृतिक कार्यक्रममा निरन्तर सहभागी…

Read More

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारका सबै सचिवहरुलाई नागरिकले महसुस गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउने रुपान्तरणकारी योजना पेश गर्न निर्देशन दिएको छ। नागरिकलाई सुशासनको अनुभूति गराउने उद्देश्यले सचिवहरुलाई गत छ महिनादेखि लगातार निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सचिवहरुले कानुनी जटिलता र ऐन–नियमावलीका कारण कार्यान्वयनमा समस्या रहेको बताएपछि सरकार सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनमा सुधार गर्दै गत पुस अन्तिम साता अध्यादेशमार्फत नयाँ प्रावधान लागू गरिसकेको छ। सो अध्यादेश संसदमा पेश भइसकेको छ भने प्रतिस्थापन विधेयक ल्याउने तयारी भइरहेको छ। प्रधानमन्त्री कार्यालयले सचिवहरुलाई आगामी सचिव बैठकमा आफ्ना मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा मातहतका निकायमार्फत प्रवाह हुने सेवाको रुपान्तरणकारी कार्ययोजना…

Read More

डोटी – पछिल्लो समय राजसंस्था पुनःस्थापनाको माग गर्दै भइरहेका प्रदर्शनहरूलाई संकेत गर्दै गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिहरु निरर्थक रहेको बताएका छन्। शनिबार नेपाल प्रेस युनियन, डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्रविरुद्ध विभिन्न षड्यन्त्र भइरहेकाले त्यसप्रति सचेत रहनुपर्ने बताएका छन्। उनका अनुसार गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। “क्रान्तिबाट विस्थापित राजसंस्था पुनःस्थापना भएको उदाहरण विश्वमा विरलै पाइन्छ,” उनले भने, “नेपालमा उन्नत लोकतन्त्र स्थापित भएकाले पूर्वराजा ज्ञानेन्द्र नागरिकसरह नेपालमै रहन पाएका छन् र आफ्ना अधिकार उपभोग गरिरहेका छन्।” उनले नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै राजतन्त्र फर्कने भ्रममा नपर्न आग्रह गरे। साथै, पूर्वराजालाई पार्टी खोलेर खुला…

Read More

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा व्यापक रूपमा फर्जी शिक्षक नियुक्ति प्रकरण सार्वजनिक भएको छ। विभिन्न विद्यालयका नक्कली लेटरप्याड, कार्यालयका छाप, र प्रधानाध्यापकको नक्कली हस्ताक्षर प्रयोग गरी शिक्षण सेवामा नियुक्त नभएका व्यक्तिहरूलाई ठगीपूर्वक शिक्षक बनाइएका प्रमाण फेला परेका छन्। फर्जी नियुक्ति र सरकारी अभिलेख दुरुपयोग उक्त ठगी प्रकरणमा शिक्षा विकास तथा समन्वय इकाई रौतहटका तत्कालीन प्रमुख रामबिनय कुमार सिंहको संलग्नता रहेको पाइएको छ। उनले दर्जनौँ व्यक्तिहरूसँग ठूलो मात्रामा रकम असुली गरी गैरकानुनी रूपमा शिक्षक नियुक्ति दिएका थिए। उक्त नियुक्तिहरू दुर्गा भगवती गाउँपालिकाको श्री सरस्वती माध्यमिक विद्यालयमा देखाई अभिलेखीकरण गराइएको थियो। यस प्रक्रिया अन्तर्गत, फर्जी नियुक्ति गरिएका शिक्षकहरूको सरुवा, सहमति, र रमाना…

Read More

काठमाडौं – शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका छन्। सरकारले २०८० मा गरेको सहमति कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै महासंघले चरणबद्ध आन्दोलन सुरु गरेको हो।महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार काठमाडौ उपत्यकासहित विभिन्न स्थानबाट शिक्षकहरू आन्दोलनमा सहभागी हुन राजधानी आएका छन्। महासंघले आज दिउँसो १२ बजे माइतीघरमा भेला भएर प्रदर्शन गर्ने जनाएको छ।महासंघले शिक्षासम्बन्धी ऐन जारी गर्नुपर्ने र हालै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको निवृत्तिभरणसम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने मुख्य माग अघि सारेको छ। अध्यादेश अनुसार शिक्षकहरूलाई २०७५ देखि नै योगदानमा आधारित पेन्सन प्रणालीमा बाध्य पारिने व्यवस्था गरिएको छ, जसको शिक्षकहरू विरोध गर्दै आएका छन्।शिक्षक महासंघले राहत, साविक उच्च…

Read More

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय तोकेको हो। अदालतको फैसला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका झा र खनाललाई १ वर्ष १ महिना कैद, ५.८० करोड रुपैयाँ विगो, र ५.८० करोड रुपैयाँ जरिवाना तोकिएको छ। यसैगरी, एमडीएमएस उपकरण खरिदमा संलग्न मलेसियाको न्यूमेरा कम्पनी, सिंगापुरको नमस्ते ग्लोबल, र भारतको ओएसआई डिजिटल इण्डियालाई पनि दोषी ठहर…

Read More

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहका हालसालैका गतिविधिप्रति सरकार सतर्क बनेको छ। शाहका सार्वजनिक गतिविधिहरू तीव्र रूपमा बढ्दै जाँदा सरकारले तिनलाई सीमित गर्ने सम्भावित उपायहरूबारे छलफल थालेको छ। विशेषगरी, फागुन ७ गते सार्वजनिक रूपमा जारी गरेको भिडियो सन्देशपछि पूर्वराजाप्रति जनसाधारणको चासो बढ्दै गएको देखिएको छ। राजनीतिक दलका कार्यकर्ताहरू समेत शाहका कार्यक्रममा सहभागी हुन थालेपछि सत्तारुढ दलहरू चिन्तित बनेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा पूर्वराजाका गतिविधिहरूलाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए। सरकारले उनलाई निर्मल निवासभित्र सीमित राख्ने योजना बनाएको चर्चा चले पनि सुरक्षा निकायका उच्च अधिकारीहरूले यस्तो कदम उठाउनु उपयुक्त नहुने सुझाव दिएका छन्। यसैबीच, पूर्वराजाका समर्थकहरू पनि…

Read More

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले हमासले सबै बन्दीहरूलाई तुरुन्तै रिहा नगरे ‘कल्पनै नगरेको कठिन परिस्थिति’ सामना गर्नुपर्ने बताएका छन्। ट्रम्पका अनुसार उनले इजरायललाई आवश्यक सबै सहयोग प्रदान गरिसकेका छन्। उनले भने, ‘यदि बन्दीहरू रिहा भएनन् भने हमासको कुनै पनि सदस्य बाँकी रहने छैन।’ यो चेतावनी अमेरिकी अधिकारीहरू र हमासबीच सम्भावित वार्ताको चर्चा चलिरहेका बेला आएको हो। प्यालेस्टिनी स्रोतहरूका अनुसार हालसम्म दुबै पक्षबीच दुई चरणको संवाद भइसकेको छ। ट्रम्पले हमासलाई ‘गाजा तुरुन्त छाड्न’ पनि आग्रह गरेका छन्। साथै, उनले गाजाका सर्वसाधारणलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरूको लागि उज्ज्वल भविष्य पर्खिरहेको…

Read More

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाललाई निर्धारित समयभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन्। बुधबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारको प्रतिबद्धता स्पष्ट पारे। “अहिले हामी सघन निगरानीमा छौं, जसलाई ग्रे लिस्ट भनिन्छ। सरकार प्रतिबद्ध छ, निर्धारित समयमा आवश्यक सुधारहरू पूरा गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्नेछौं,” अर्थमन्त्री पौडेलले भने। उनले नेपाल ग्रे लिस्टमा पर्नु पछाडि वर्तमान सरकारको भूमिका नरहेको दाबी गर्दै आवश्यक विवरण सदनमा प्रस्तुत गर्ने बताए। “यस सरकारका कारण मुलुक ग्रे लिस्टमा परेको होइन। यसको यथार्थ सदनमा ह्वाइट पेपरमार्फत सार्वजनिक गर्नेछु,” उनले भने।…

Read More

जनकपुरस्थित मधेश भवनभित्र रहेको आवास कक्षमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृतक मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार यादव आज बिहान करिब ७ बजे आफ्नै ओछ्यानमा अचेत अवस्थामा भेटिएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनले वान्ता गरेको देखिएको छ, तर मृत्युको कारण अझै स्पष्ट भइसकेको छैन। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने जनाइएको छ।

Read More