काठमाडौं, चैत ३ – प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही र नेकपा (एमाले)का सांसद रघुजी पन्तबीच चर्काचर्की भएको छ। संसदमै तीव्र बहस चल्दा मदन भण्डारीको हत्या प्रकरण, निर्मला पन्त हत्या प्रकरण, माओवादी द्वन्द्वकालीन हिंसा, राजतन्त्रकालीन घटनाहरू र वर्तमान सरकारको भूमिकासम्मका विषय उठान भए। मदन भण्डारी हत्या प्रकरणमा शाहीको प्रश्न संसद्मा छलफलका क्रममा एमाले सांसद पन्तले राजतन्त्रकालका हत्याका घटनाहरूको चर्चा गरेपछि राप्रपा प्रमुख सचेतक शाहीले मदन भण्डारीको हत्या अझै किन रहस्यमय छ भन्ने प्रश्न उठाए। उनले भने, “यहाँ जे मन लाग्यो त्यही बोल्ने ? मदन भण्डारीको हत्या कसले गर्यो ? त्यो हत्या पत्ता लगाउने व्यक्ति…
तितो सत्य
अमेरिकी सरकार ४३ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न रोक लगाउने तयारी गरिरहेको छ। स्रोतहरूका अनुसार सुरक्षा चिन्ताका कारण अमेरिकाले यात्रा प्रतिबन्धको सूची तयार पारेको हो। प्रतिबन्धका तीन तह तयारी भइरहेको सूचीलाई तीन भागमा विभाजन गरिएको छ— रातो, सुन्तला र पहेँलो।• रातो सूची: यी देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइनेछ।• सुन्तला सूची: यस्तो सूचीमा परेका देशका नागरिकहरूलाई आप्रवासी तथा पर्यटक भिसामा यात्रा गर्न रोक लगाइनेछ, तर उच्च आर्थिक हैसियत भएका वा व्यवसायिक प्रयोजनका लागि यात्रा गर्नेहरूलाई छुट दिइनेछ।• पहेँलो सूची: यी देशहरूलाई सुरक्षा तथा अन्य आवश्यक मापदण्ड पूरा गर्न ६० दिनको समय दिइनेछ। प्रतिबन्धको आधार अमेरिकी प्रशासनका अधिकारीहरूले विभिन्न…
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। आइतबार (चैत ३) बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले जनाएको छ। नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ, भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको छ। निगमका अनुसार भारतबाट इन्धनको मूल्य घटेर आएकाले सोहीअनुसार समायोजन गरिएको हो। निगमले इन्धन मूल्य समायोजन उपभोक्ताको हितमा हुने गरी गरिएको जनाएको छ। नयाँ मूल्यसूची• पेट्रोल: प्रतिलिटर १६३ रुपैयाँ (काठमाडौं, पोखरा, दिपायल)• डिजेल/मट्टीतेल: प्रतिलिटर १५१ रुपैयाँ निगमले इन्धनको मूल्य यथासक्य उपभोक्ता हितमा राख्ने प्रयास गरिरहेको…
टेरामक्स प्रविधि खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) का आयुक्तहरूबीच मतभेद देखिनुले नेपालमा उच्च तहका भ्रष्टाचारसम्बन्धी मुद्दा छिनोफानो गर्ने प्रक्रियामा राजनीतिक दबाब र प्रभाव रहेको स्पष्ट हुन्छ। नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गरेको वर्षौं बितिसक्दा पनि यो प्रकरणमा संलग्न भनिएका तीन पूर्वमन्त्रीसहित अन्य उच्च पदस्थ अधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै ठोस निर्णय गर्न सकेको छैन। अनुसन्धान पूरा भइसकेको दाबी गरिएको एक वर्ष बितिसक्दा पनि अख्तियारका आयुक्तहरूबीच मतभेद कायम छ, जसका कारण फाइल अल्झिएको छ। फाइल किन रोकियो? अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले १५ फागुन २०८० मा सार्वजनिक लेखा समितिमा टेरामक्स खरिदसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको…
तराई–मधेशका विभिन्न जिल्लाहरूमा आज रंगहरूको महान् पर्व होली धूमधामका साथ मनाइँदै छ। नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा भने होली बिहीबार नै मनाइएको थियो। परम्परागत रूपमा पहाडी र तराई क्षेत्रबीच एक दिनको अन्तर राखी होली मनाउने चलन रहेको छ। यसैअनुसार, आज तराईमा उल्लासमय वातावरणमा होली पर्व मनाइँदै छ। सरकारले होलीको अवसरमा पहाडी जिल्लाहरूमा बिहीबार सार्वजनिक बिदा दिएको थियो भने तराईका जिल्लाहरूमा आज बिदा दिइएको छ। होलीले समाजमा समानता, सद्भाव, भाइचाराको भावना फैलाउँदै सबैलाई एउटै रंगमा रंगाउने अवसर प्रदान गर्ने विश्वास गरिन्छ। विभिन्न नाम र परम्परागत विशेषता नेपालमा स्थानअनुसार होलीका नाम र मनाउने शैलीमा भिन्नता पाइन्छ। पहाडी तथा हिमाली भेगमा यस पर्वलाई…
काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सयभन्दा बढी उजुरी दर्ता भएका छन्। समितिका अनुसार माघ ८ गतेसम्म प्राप्त १०० उजुरी सांसदहरूलाई वितरण गरिएको थियो। लेखा समितिका सचिव एकराम गिरीका अनुसार विभिन्न विषयमा उजुरीहरू आउने क्रम जारी छ। सरकारको लेखासम्बन्धी विषय र सार्वजनिक सरोकारका मुद्दामा नागरिक तथा सरोकारवालाहरूले उजुरी दिने गरेका छन्। समितिले प्राप्त उजुरीहरूको अध्ययन तथा आवश्यक छानबिन गर्ने जनाएको छ।
काठमाडौं उपत्यकामा होली पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। यस क्रममा नियम उल्लंघन गर्ने ६६ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने, र मोटरसाइकल वा स्कुटरमा तीनजना वा सोभन्दा बढी सवार हुने जस्ता गतिविधिहरू कारबाहीको दायरामा परेका छन्। ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारी नियन्त्रणमा लिइएको छ। उनका अनुसार मापसे जाँच, ओभरस्पिड, हेल्मेट नलगाउने, तथा जथाभावी सवारी सञ्चालन गर्नेहरूलाई विशेष निगरानीमा राखिएको छ। कारबाही प्रक्रियानियन्त्रणमा लिइएका सवारीसाधनलाई बेलुकासम्म होल्डमा राखी, उल्लंघन गरेको नियमअनुसार जरिवाना तिराइने छ।…
रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ताका लागि अमेरिकी वार्ता टोली रुस गएको छ। बिबिसिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो जानकारी दिएका हुन्। तर, उनले उक्त टोलीमा को–को रहेका छन् भन्ने खुलाएका छैनन्। यसअघि, साउदी अरेबियाको जेद्दामा भएको बैठकमा युक्रेनी अधिकारीहरू र अमेरिकी प्रतिनिधिहरूबीच छलफल भएको थियो। सो बैठकपछि युक्रेनले ३० दिनको अस्थायी युद्धविराम प्रस्तावमा सहमति जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “अब निर्णय गर्ने जिम्मेवारी रुसको हातमा छ।” युक्रेनी अधिकारीहरूका अनुसार अब युद्धविरामका लागि रुसलाई सहमत गराउने प्रयास अमेरिकाले गर्नेछ। उता, क्रेमलिनले युद्धविराम प्रस्तावको अध्ययन भइरहेको जनाएको छ। साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता हुनसक्ने सम्भावना…
काठमाडौं – सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा सार्वजनिक रूपमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै अभिव्यक्ति दिएको आरोपमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले २०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए। यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। आदेशअनुसार, २०७७ फागुन ६ गते ओली अदालतमा उपस्थित भई आफ्नो लिखित जवाफ पेश गरेका थिए
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको हत्या अभियोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनः हेर्दाहेर्दैमा राखिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले निरन्तर सुनुवाइ गर्दै मुद्दालाई टुंगोमा पुर्याउने निर्णय गरेको हो। गत असोज ९ गते अन्य आदेश जारी भएपछि यो मुद्दा सुनुवाइको प्रक्रियामा अघि बढ्न सकेको थिएन। करिब साढे पाँच महिनापछि पुनः पेसीमा चढेको यो मुद्दा अब भने निरन्तर सुनुवाइका लागि राखिएको छ। यसअघि तीन पटक फैसला मिति तोकिएर पनि मुद्दा सारिएको थियो। सर्वोच्च अदालतले यसअघि नै ०६९ मंसिर ११ को अन्तरिम आदेश र ०७२ वैशाख ८ को आदेश कार्यान्वयनबारे प्रशासनसँग विवरण मागेको थियो। तर, आदेशअनुसार अनुसन्धानको प्रगति विवरण…