तितो सत्य

पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा बेलुन विस्फोट भएको घटनाबारे छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ। समारोहका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। गृहमन्त्री लेखकको निर्देशनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति बनाइएको थियो। समितिले घटनाको विस्तृत विश्लेषण गर्दै भविष्यमा यस्ता घटनाबाट बच्न आवश्यक सतर्कता र सुधारका उपायहरू सुझावस्वरूप प्रतिवेदनमा समेटेको छ। गृह मन्त्रालयका अनुसार प्रतिवेदनमा सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने, सार्वजनिक कार्यक्रममा विस्फोटक र प्रज्वलनशील पदार्थको प्रयोग रोक्नुपर्ने, तथा यस्ता कार्यक्रम आयोजना गर्दा जोखिम मूल्यांकन अनिवार्य…

Read More

ललितपुरको पाटन बहुमुखी क्याम्पसमा जारी मतदान प्रक्रिया अवरुद्ध भएको छ। फर्जी मत खसेको आशंकामा विद्यार्थी संगठनहरूबीच विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो। एमालेनिकट अनेरास्ववियुले फर्जी मत खसेको भन्दै मतदान रोक्न दबाब दिएपछि स्थिति तनावग्रस्त बनेको थियो। विवाद समाधानका लागि सर्वपक्षीय बैठक चलिरहेका बेला नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच हात हालाहाल समेत भएको छ। विवादकै कारण मतगणना प्रक्रिया अन्योलमा परेको छ भने निर्वाचन समितिले अवस्था सामान्य बनाउन छलफल जारी राखेको जनाएको छ।

Read More

रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित पीपरा बजारमा आज “गणतन्त्रको अन्त्येष्टि” कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा २०७२ को संविधानसहित नेपालका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओलीको तस्बिरलाई चितामा राखेर दाहसंस्कार गरिएको थियो। “राजा ल्याऊ, देश बचाऊ” भन्ने नारासहित आयोजित यस कार्यक्रममा नेपाल-भारत हिन्दू मैत्री समाजका केन्द्रीय अध्यक्ष डा. राजीव झा ले गणतन्त्रलाई “१७,००० नागरिकको हत्या, बन्दुकको दबाब र विदेशीको प्रभावबाट लादिएको मुलुकमारा व्यवस्था” को रूपमा परिभाषित गरे। उनले गणतन्त्रलाई नै देशको अस्थिरताको जड ठहर्‍याउँदै राष्ट्रवादी शक्तिहरूलाई एकजुट भई नयाँ व्यवस्थाको मार्ग प्रशस्त गर्न आह्वान गरे। डा. झाले विगत १७ वर्षसम्म देखिनै नसकेका नेता दरबारको नेतृत्व लिने भन्दै स्वघोषित…

Read More

काठमाडौं – नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी प्रमुखका रूपमा चयन गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णयअनुसार थापा नेपाल प्रहरीको ३१औं आईजीपी बनेको जानकारी दिएका छन्। यसअघि प्रहरी महानिरीक्षक रहेका वसन्त कुँवर सोमबार अनिवार्य अवकाशमा गएपछि नयाँ नेतृत्व चयन गरिएको हो। कुँवर २०७९ चैत १० गते प्रहरी प्रमुख बनेका थिए। ३० वर्षे सेवा अवधिसहित अवकाश पाएपछि गृह मन्त्रालयले उनलाई औपचारिक रूपमा बिदाइ गरेको छ। कुँवरसँगै एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा डीआईजी ध्रुव…

Read More

काठमाडौं । पछिल्लो ५६ दिनमा अमेरिकाबाट ४३ जना नेपालीलाई स्वदेश फर्काइएको छ। डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पद सम्हालेपछि आप्रवासन नीतिमा कडाइ गर्दै अवैध रूपमा बसोबास गरेका विदेशी नागरिकलाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार, शनिबार (चैत २) मात्रै एक नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरेको छ। कार्यालयकी सूचना अधिकारी सीता परियारले पछिल्ला ५६ दिनमा ४३ नेपाली स्वदेश फर्किएको जानकारी दिइन्। राष्ट्रपति ट्रम्पले शपथ लिएपछि आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै अवैध रूपमा अमेरिका पुगेका नागरिकको विवरण सार्वजनिक गरेको थियो। सोही सूचीमा १,३६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासी समेटिएको छ। गएको फागुन २१ गते…

Read More

धनुषाको सबैला नगरपालिकामा दुई समुदायबीचको विवाद चर्किएपछि प्रहरीले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन्। घाइते सन्तोष यादव रहेको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले पुष्टि गरेका छन्। सोमबार दिउँसो सबैला नगरपालिकाको एक चोकमा यादव समुदायले ‘यादव चोक’ लेखिएको बोर्ड राखेका थिए। तर, अन्य समुदायका व्यक्तिले उक्त बोर्ड हटाएपछि विवाद उत्पन्न भएको थियो। प्रहरीका अनुसार विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात भएको थियो। त्यसपछि प्रहरीले बल प्रयोग गर्नुपरेको र गोली चलाउनुपरेको डीआईजी आचार्यले बताए। प्रहरीले चलाएको गोली लागेर सन्तोष यादव गम्भीर घाइते भएका छन्। यसअघि, आइतबार पनि दुई समुदायबीच विवाद भएको थियो। त्यसक्रममा स्थिति…

Read More

शिक्षककै हातबाट कानुनको उल्लंघन: कानुनी राज्यको खिल्ली? रौतहट, दुर्गा भगवती – नेपाल सरकारको शिक्षा सेवामा कार्यरत शिक्षकहरूले कुनै पनि राजनैतिक दलको सदस्यता लिन नपाउने कानुनी व्यवस्था छ। सार्वजनिक सेवा ऐन र शिक्षा ऐनका प्रावधानहरू अनुसार, कुनै पनि शिक्षकले दलगत राजनीतिमा संलग्न हुन सक्दैनन्। तर, रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका स्थित श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद साहले खुलेआम कानुनको उल्लंघन गर्दै विभिन्न राजनैतिक गतिविधिमा संलग्न रहेको तथ्य बाहिर आएको छ। नेकपादेखि जनमतसम्म: शिक्षक पदमै रहँदा राजनीतिक गतिविधि प्रधानाध्यापक राजेन्द्र प्रसाद साह कुनै एक मात्र दलमा आबद्ध छैनन्। उनी कहिले नेकपा (माओवादी) को ‘तराई मधेश हुलाकी राजमार्ग’ अभियानमा नाराबाजी गर्दै…

Read More

प्रतिनिधि सभाको आइतबारको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्त र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबीच इतिहाससम्बन्धी विषयमा बहस भयो। सांसद पन्तले आफ्नो भनाइ राख्ने क्रममा ‘तथ्य, तर्क र यथार्थमा आधारित राजनीति दिगो हुने’ भन्दै तत्कालीन राजा वीरेन्द्र शाहको भारत भ्रमणको सन्दर्भ उल्लेख गरे। उक्त कुरा उठेपछि राप्रपाका सांसद शाहीले आपत्ति जनाउँदै गलत इतिहास नबोल्न आग्रह गरे। उनले सभामुख देवराज घिमिरेसँग आफ्नो धारणा राख्न समय मागे। तर सभामुखले कुन विषयमा नियमापत्ति हो भन्ने खुलाउन आग्रह गर्दै समय दिएनन्। जवाफमा सांसद पन्तले इतिहासबारे बहस गर्नुअघि अध्ययन गरेर आउनुपर्ने भन्दै कटाक्ष गरे। यो विषयले संसदमा केहीबेर चर्चा पाएको थियो । यहाँ हामीले एमाले…

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बैठक आह्वान गर्ने सहमति जुटाएको हो। यद्यपि, बैठकको मिति र समय भने टुंगो लागेको छैन। सचिवालय बैठकमा यसअघि भएका निर्णयहरूको पुनरावलोकन गर्दै आवश्यक परामर्श लिने तथा दिने प्रक्रिया अघि बढाइएको बताइएको छ। बैठकमा पार्टीका केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान राष्ट्रिय राजनीतिक परिवेशका बारेमा विस्तृत जानकारी गराएका थिए। रास्वपाले आफ्नो राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी, कार्यसूची तथा प्रक्रियाका विषयमा समेत छलफल गरेको छ। महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिहरूबारे जानकारी आदान-प्रदान गरिएको पार्टीले जनाएको छ। त्यसैगरी, बैठकमा संसद्मा भइरहेको अधिवेशनका विषयमा समेत समीक्षा गरिएको…

Read More

काठमाडौं, चैत ३ – नेपाल प्रहरीको नेतृत्व हेरफेर हुने दिन नजिकिँदै गर्दा नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) को चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। हालका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरको ३० वर्षे सेवा अवधि चैत ४ गते राति १२ बजे पूरा हुने भएपछि तीन अतिरिक्त महानिरीक्षक (एआईजी) – दिपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ – नयाँ नेतृत्वका लागि दौडधुप गरिरहेका छन्। सरकारले अहिलेसम्म नयाँ आईजीपीको नाम टुंग्याएको छैन, जसका कारण प्रहरी संगठनको ‘चेन अफ कमान्ड’ मा असर पर्ने सम्भावना बढेको छ। प्रहरी अधिकारीहरूका अनुसार, सुरक्षा निकायको प्रमुख समयमै चयन हुन नसक्दा प्रशासनिक निर्णयहरू प्रभावित हुने गर्छन्। नयाँ नेतृत्व चयनको ढिलाइ र…

Read More