वाशिङ्टन डी.सी. – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच आज ह्वाइटहाउसमा महत्वपूर्ण भेटवार्ता हुँदैछ। यो बैठक मुख्य रूपमा अमेरिकालाई युक्रेनी खनिजको आपूर्तिसँग सम्बन्धित सहमतिमा केन्द्रित हुने बताइएको छ। यसअघि अमेरिका र युक्रेनबीच खनिज आपूर्तिको विषयमा प्रारम्भिक समझदारी भएको थियो। भेटवार्तापछि सो समझदारीलाई औपचारिक रूपमा अगाडि बढाउन दुई देशका प्रतिनिधिहरूबीच हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। भेटवार्ताको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको प्रशंसा गर्दै उनीसँग राम्रो संवाद हुने विश्वास व्यक्त गरेका छन्। केही दिनअघि ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेको अभिव्यक्ति दिएका थिए, तर अहिले उनले त्यसलाई अस्वीकार गरेका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, “मैले त्यस्तो भनेँ र? मलाई विश्वास छैन।…
तितो सत्य
आगामी फेब्रुअरी २८ को साँझ आकाशमा सौर्यमण्डलका सातवटा ग्रह एकसाथ देख्न सकिनेछन्। यो दुर्लभ खगोलीय घटना “ग्रेट प्लानेटरी एलाइन्मेन्ट” भनेर चिनिन्छ, जसमा धेरै ग्रहहरू सूर्यको एउटै दिशामा आइपुग्छन्। यस्तो संयोग निकै कम हुने भएकाले खगोल विज्ञानमा रुचि राख्नेहरूका लागि यो अवसर विशेष हुनेछ। कुन ग्रहहरू देख्न सकिन्छ? फेब्रुअरी २८ को साँझ सूर्यास्तपछि शनि, बुध, शुक्र, मंगल, बृहस्पति, अरुण र वरुण एउटै सीधामा देखिनेछन्। यीमध्ये बुध, शुक्र, बृहस्पति र मंगल नाङ्गो आँखाले नै देख्न सकिनेछन्, जबकि अरुण र वरुण सामान्य दूरबिन वा टेलिस्कोपको सहायता लिनुपर्नेछ। शनि ग्रहलाई भने अवलोकन गर्न केही कठिन हुन सक्छ, जसका लागि उपयुक्त समय र स्थानको जानकारी…
वासिङ्टन – एक अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएका विदेशी सहायता कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको छ। अदालतले प्रशासनलाई अनुदान, ऋण, र अन्य वित्तीय सहायता उपलब्ध गराउन २ दिनको समयसीमा तोकेको छ। अदालतका न्यायाधीशले ट्रम्प प्रशासनले अघिल्लो आदेशको पालना नगरेको भन्दै प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। नयाँ आदेशअनुसार संघीय कोषमा लगाइएको रोक हटाउनुपर्नेछ, जसले प्रभावित विकास परियोजनाहरूलाई निरन्तरता दिन मद्दत गर्नेछ। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको सुरुआतमा कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रम बाहेक सबै विदेशी सहायता रोकेका थिए। यस निर्णयका कारण स्वास्थ्य, शिक्षा, रोजगारी, र पूर्वाधार विकासजस्ता क्षेत्रमा असर परेको थियो। अदालतको आदेशपछि…
वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले धनी विदेशी लगानीकर्ताहरूलाई लक्षित गर्दै नयाँ ‘गोल्डन भिसा’ कार्यक्रम घोषणा गरेका छन्। ट्रम्पका अनुसार, यो विशेष भिसा ५० लाख अमेरिकी डलरको लगानी गर्ने विदेशी नागरिकहरूले प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूलाई अमेरिका बस्न, काम गर्न र भविष्यमा नागरिकता प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। ट्रम्पले ओभल अफिसबाट आयोजित कार्यक्रममा भने, “हामी अब गोल्डन भिसा कार्यक्रम ल्याउँदैछौं, जसले हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्नेछ। यो कार्यक्रमअन्तर्गत विदेशी धनाढ्यहरू अमेरिका आउन सक्नेछन्, लगानी गर्न सक्नेछन्, र हाम्रो देशको आर्थिक वृद्धिमा योगदान दिन सक्नेछन्।” ईबी-५ कार्यक्रमको स्थान लिने तयारी नयाँ गोल्डन भिसा कार्यक्रम हालको ईबी-५ भिसा कार्यक्रमको परिमार्जित…
नेपालमा राष्ट्रवाद बेला–बेला उर्लिरहने विषय हो, जसले सामाजिक र राजनीतिक बहसलाई तात्तिने अवसर दिन्छ। तर हालैको राष्ट्रवादी उभार भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको युएसएआईडी (USAID) नीतिसँग प्रत्यक्ष रूपमा गाँसिएको देखिन्छ। ट्रम्पले युएसएआईडीलाई भ्रष्टाचारको अखडा भन्दै सहयोग रोक्ने नीति लिएका कारण, नेपालमा पनि यसबारे बहस चर्किएको छ। नेपालमा अमेरिकी सहयोग सात दशकभन्दा बढी समयदेखि निरन्तर आइरहेको छ। सन् १९५१ देखि अमेरिकी लगानी नेपालमा सुरु भइसकेको थियो भने, सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको पालामा युएसएआईडी स्थापनापछि यसको औपचारिकता बढ्यो। त्यसयता डेढ अर्बभन्दा बढी अमेरिकी डलर नेपालमा शिक्षादेखि स्वास्थ्य, कृषि र सचेतनामूलक कार्यक्रमहरूमा खर्च भइसकेको छ। मलेरिया नियन्त्रण कार्यक्रम (१९५४), एचआईभी…
पोखरामा राष्ट्रिय नागरिक संघर्ष समितिको आयोजनामा महाशिवरात्रिको पुर्वसन्ध्यामा शुभकामना आदान-प्रदान कार्यक्रम संचालन गरिएको छ। यस कार्यक्रमको मुख्य आकर्षणका रुपमा विश्व हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर विक्रम शाहदेवले बैदामस्थित केदारेश्वर मन्दिरमा बिशेष पूजा-अर्चना तथा सन्ध्या आरतीमा सरिक हुने व्यवस्था गरिएको छ। यस अवसरमा नेपाल-भारत हिन्दु मैत्री समाज सहित विभिन्न हिन्दुबादी संघ-संस्था र सामाजिक अभियन्ताहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागी महानुभावहरूले महाशिवरात्रिको उपलक्ष्यमा केदारेश्वर मन्दिरमा आम जनमानससँग पूजा-अर्चना गर्नु सौभाग्यको विषय रहेको भन्दै, राजा र समस्त राष्ट्रवादी समाजलाई हार्दिक स्वागत र सहभागी हुन आह्वान गरेका छन्। यस प्रकारको कार्यक्रमले राष्ट्रिय एकता र धार्मिक एकात्मताका महत्वपूर्ण पाटाहरूलाई उजागर गर्दै, महाशिवरात्रिको…
काठमाडौं – नेपाली सेनाको निमन्त्रणामा भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरूको एक टोली नेपाल आएको छ। नेपाली सेनाको २६२औँ वार्षिकोत्सव तथा महाशिवरात्रिको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आएका हुन्। नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्व प्रधान सेनापतिहरूमा जनरल जोगिन्दर जसवन्त सिंह, जनरल दीपक कपुर, जनरल विजय कुमार सिंह, जनरल दलवीर सिंह सुहाग, जनरल मनोज मुकुन्द नरवणे, र जनरल मनोज पाण्डे रहेका छन्। भ्रमणका क्रममा उनीहरूले नेपाली सेनाद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। नेपाली सेनाले यो भ्रमणले नेपाल–भारतबीचको रक्षा तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास लिएको छ।
काठमाडौं – सार्वजनिक सेवालाई डिजिटल प्रविधिमार्फत सहज, पारदर्शी र प्रभावकारी बनाउन ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई-गभर्नेन्स बोर्डले तयार पारेको यस ब्लुप्रिन्टले डिजिटल शासन प्रणालीलाई सुदृढ गर्दै सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ। ई-गभर्नेन्स बोर्डका सीईओ दिपेश विष्टका अनुसार ब्लुप्रिन्ट सार्वजनिक गर्दै सात दिनभित्र राय सुझाव माग गरिएको छ। उनले भने, “ब्लुप्रिन्टले डिजिटल प्रणालीका लागि आवश्यक पूर्वाधार निर्माण, कानूनी संरचना विकास, तथा संस्थागत क्षमता अभिवृद्धि गर्दै विद्युतीय सुशासनलाई प्रभावकारी बनाउनेछ।” ब्लुप्रिन्टका प्रमुख रणनीतिक स्तम्भहरू ब्लुप्रिन्टमा डिजिटल शासन प्रणालीलाई व्यवस्थित गर्न सातवटा प्रमुख रणनीतिक स्तम्भ समावेश गरिएका छन्। यी रणनीतिहरू निम्नानुसार छन्:• डिजिटल शासनका लागि स्पष्ट…
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा नेपाल भ्रमणमा रहेका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन नेपाल आएको सो टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो। नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको सम्बन्ध सुदृढ गर्न क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्। यस्ता कार्यक्रमले युवाहरूलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षहरूको बुझाइमा सहायता पुर्याउने तथा आपसी सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत गर्ने विश्वास गरिएको छ। एनसिसी तालिमले युवाहरूलाई अनुशासित, जिम्मेवार तथा नेतृत्वदायी भूमिकाका लागि सक्षम बनाउने उद्देश्य…
मधेश प्रदेश सरकारले ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अंसारीलाई मन्त्रालयबाट हटाएर मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको छ। संघीय सरकारबाट मन्त्रालय तोकेर खटाइएका सचिवलाई प्रदेश सरकारकै निर्णयबाट हटाइएको यो पहिलो घटना हो। सरुवा प्रक्रिया कानुन विपरीत रहेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्। कर्मचारी समायोजन ऐन, २०७५ को दफा ११ अनुसार, प्रदेश सचिवको सरुवा गर्ने अधिकार संघीय सरकारलाई मात्र छ। तर, मधेश सरकारको मन्त्रिपरिषद्ले फागुन १ गते बसेको बैठकमा सचिव अंसारीलाई मुख्यमन्त्री कार्यालयमा तानेर कनिष्ठ कर्मचारी रामकुमार खंगलाई निमित्त सचिवको जिम्मेवारी दिएको छ। सरुवाको कारण : योजना टुक्र्याउने विवाद स्रोतका अनुसार सचिव अंसारीको सरुवा ऊर्जा मन्त्रालयका योजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन…