बीरगंज फाल्गुन १९ – श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारद्वारा प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा व्यक्त शुभकामना सन्देशमार्फत गरिबक्सेको राष्ट्रहितको आह्वानलाई समर्थन गर्दै, राष्ट्रिय बजरंग दलले औपचारिक रूपमा बिज्ञप्ति जारी गरेको छ।
राष्ट्रिय नागरिक संघर्ष समितिद्वारा अघि सारिएको राष्ट्रिय मेलमिलापको साझा अभियान, २०४७ सालको संविधान पुनःस्थापना, तथा २०७२ को असंवैधानिक, थोपिएको एवं जनविरोधी संविधानको खारेजी नै राष्ट्रको पुनर्निर्माणका लागि एकमात्र सही मार्ग रहेको ठहर गर्दै, यस राष्ट्रवादी आन्दोलनमा सम्पूर्ण राष्ट्रवादी राजनीतिक दल, पेशाकर्मी, बुद्धिजीवी, कानूनी क्षेत्रका व्यक्तित्वहरू, राष्ट्रप्रेमी शक्तिहरू एवं सचेत नागरिकहरूलाई ऐक्यबद्ध हुन राष्ट्रिय बजरंग दलले समर्थन जनाएको छ।

यसै सन्दर्भमा, राष्ट्रिय बजरंग दलका राष्ट्रिय कार्याध्यक्ष श्री राजु जयसवालद्वारा हस्ताक्षरित औपचारिक बिज्ञप्ति जारी गरिएको छ।
आज, राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता श्री हीरा बहादुर चन्दले राष्ट्रिय बजरंग दलका कार्याध्यक्ष राजु जयसवाललाई राजा-रानीको तस्बिर अंकित ब्याज प्रदान गरी स्वागत गरेका छन्।
स्वागत कार्यक्रममा बोल्दै राजु जयसवालले यही मिति २०८१ फाल्गुन २४ गते वीरगञ्जमा आयोजना हुने विशाल आमसभालाई राष्ट्रिय बजरंग दलले सफल बनाउन पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय पुनर्जागरण, राष्ट्रवाद र हिन्दू राष्ट्र स्थापनाका लागि जारी यो आन्दोलनलाई सफल बनाउन बजरंग दल सधैं अग्रसर रहनेछ।
