तितो सत्य

पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई कारबाहीका लागि बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताएकाछन जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए ।

Read More

गुल्मीको मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपना बिकको पहिरोले पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिएका छन।

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।उनि लामो समयदेखि फरार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादलका पुत्र प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा थिए 

Read More

रास्वपाले इलाम २ मा भएको गत वैशाख १० को उपनिर्वाचनमा भोगेको नमिठो हारपछि ढकालको नेतृत्वमा नेताहरूलाई देशब्यापी अभियानमा उतारेको थियो । आफ्नो नाडी छाम्ने गरी रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएकामध्ये मुख्य नेता थिए महामन्त्री डा. ढकाल । देश दौडाहा सकेर आएपछि महामन्त्री ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई दिएका थिए । गत जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदन लामिछानेलाई बुझाएका थिए । महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति लामिछानेको लोकप्रियता खस्किँदै गएको…

Read More

सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा एमाले सांसद सूर्यकुमारी श्रेष्ठले बोल्दै उनले लोकल रक्सीका लागि कोदो उत्पादनलाई जोड दिने नीति लिन उनको आग्रह छ । नेपाली ब्रान्डको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्ने प्रस्ताव गरेकी छन् ।नेपाली रक्सी विदेश निर्यात गर्न सके नेपालको आर्थिक स्थितिमा सुधार आउने, नेपालका आदिवासी जनजातिको जीवनस्तर समेत सुधारिने उनको भनाइ छ ।

Read More

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । एसईई परीक्षामा विद्यार्थी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा कक्षा ११ पढ्न पाउने गरी २ लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका हुन् ।बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए । त्यसमध्ये ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।कोशी प्रदेशमा ७५ हजार…

Read More

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् ।कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा…

Read More

देशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन कोसी, नारायणी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुनेछ । तर, बढ्दो क्रममा रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ ।बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । 

Read More

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अग्राधिकार सेयर जारी गर्ने बाटो खोलिदिएको छ । पुँजीको सकस भएका बैंकहरूलाई सर्त राखेर इजाजतपत्र प्राप्त संस्थालाई सर्तहरूको अधीनमा रहेर अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिन सक्ने व्यस्था गरिएको हो । बुधबार निर्देशिकामार्फत अग्राधिकार सेयर जारी गर्ने बाटो खुला गरिदिएको हो । नेपाल राष्ट्र बैंक को सर्तहरू यस्ता छन् : (१) अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन ।  (२) अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ ।  (३) अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्नेछ । साथै यस्तो सेयर पूर्ण…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले मन्त्रीहरुले पार्टी सरकारमा जानुको औचित्य सार्वजनिकरुपमा पुष्टि गरिनुपर्ने धारणासहितको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका छन् । सिंहदरबारमा करिब तीन घण्टा सभापति लामिछानेसँग भएको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै डा. ढकालले भने, “पार्टी बिरामी छ, अहिले लाज मानेर अस्पताल लगेर सर्जरी गरेनौँ भने निराशाजनक अवस्थामा पुगिन्छ ।”अबको दिनमा पार्टीले इन्तु, किन्तु परन्तु नभनी प्रदेश संरचना खारेज हुनुपर्छ । अब देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ । उनले देश डुलेर आएपछि निर्मम समीक्षा आफूले नभइ जनताले गरेको बताउँदै जनताको मागअनुसार पार्टी चल्नुपर्ने बताए । “पार्टीमा समन्वय, सम्पर्क अभाव उल्लेख गरिएको छ । एक प्रकारको सर्वे पनि गरेको…

Read More