हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ । त्यस क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाउन मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको सीआईबी स्रोतले जानकारी दिएको छ ।
तितो सत्य
इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले गत शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको थियो ।राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता मसुद पेजेशकियान थिए ।२ करोड ४५ लाख मतमध्ये मसुदले १ करोड ४० लाख र जलिलीले ९४ लाख मत प्राप्त गरेको जानकारी दिए मसुदले बहुमत हासिल गर्न भने सकेनन् । बीबीसीका अनुसार बहुमत हासिल गर्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । त्यसैले ५ जुलाईमा पुनः निर्वाचन हुने बीबीसीले जनाएको छ ।मसुदले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन्…
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सम्बन्धित मन्त्रीहरूले सांसदले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ) पेस गर्ने कार्यक्रम छ । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले…
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष समेत रहेकी रंजिता श्रेष्ठलाई पार्टी गलत ढङ्गबाट अगाडि बढाउन खोजेपछि दलको नेतावाट हटाईएको ऊक्त पार्टीको एक सांसदले जनाएका छन दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जितालाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् ।
आइतबार मधेश प्रदेश सभामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट पुनर्लेखनको माग गर्दै मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।उनीहरुले मुख्यमन्त्री सिंह र र अर्थमन्त्री साहले १३ असारमा पीएलएमबीआईएसमा ह्याकरहरु प्रवेश गरेर कार्यक्रम र बजेट प्रविष्ट गरेको र बजेट त्रुटिपूर्ण भएको स्वीकार गरेको भन्दै संसदीय छानबिन गर्न माग गरेका छन् । प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) मा नै प्रवेश गरेर जथाभावी योजना र बजेट राखेको भन्दै सत्तारुढ र विपक्षी दलहरुले विरोध जनाएका छन् । बजेटमा कसरी जथाभावी योजना समावेश भयो भन्ने विषयमा सरकारले आधिकारिक रुपमा जानकारी गराएको छैन । मुख्यमन्त्री सिंहले…
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ ।हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।
अहिले १/२ दिन देखी सामाजिक सञ्जालमाहरु सर्वत्र रुपमा एक सरकारी गाडीले लेन मिचेर अर्को लेनमा गएको भिडियो चर्चामा छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको देखिन्छ । उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठका अनुसार यो घटना गत शुक्रबारको हो । गाडीले ललितपुरको सातदोबाटोबाट ग्वार्को जाने सडकमा लेन उल्लंघन गरेको उनले बताए । सरकारी नम्बरप्लेट भएको गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको एसएसपी श्रेष्ठले बताएका छन ।लेन उल्लंघन गरेका बेला गाडीमा चालकमात्रै रहेको र उनलाई कारबाहीको दायरामा ल्याइएको समेत उनले बताएका छन ।
चालु आर्थिक वर्ष २०८०/८१को बजेटले सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउने घोषणा गरेअनुसार अनावश्यक दरबन्दी घटाएर सार्वजनिक खर्च कटौती गर्ने र सार्वजनिक प्रशासनलाई चुस्त बनाउन भएको घोषणा अनुरुप समयमै दरबन्दी पुनरावलोकन सक्न अधिकांश मन्त्रालय र निकायहरू सफल छैनन् ।अहिलेसम्म संघीय मामिला मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मात्रै नयाँ संगठन संरचना स्वीकृत भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २४ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । १० असारमा बसेको मन्त्रिपरिषद् बैठकले संघयि मामिला मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत गर्दै २४ जना कर्मचारी कटौती…
नेकपा ऐमालेबाट अलग भै केहि वर्षमात्र पहिला बनेरो ऐकिकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधनका क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व छानिने बताएका छन् । मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नका लागि म यहाँहरूलाई आग्रह पनि गर्न चाहन्छु । राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने काममा हामी कसरी प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्छौँ ?’, उनले भने, ‘यो देशको सामाजिक-आर्थिक रुपान्तरण कसरी हुन्छ ? यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुस्, यति धेरै विकृतिहरु फैलिएका छन् ।’ उनले अहिले देशमा रहेको विकृतिको उरुङलाई बढार्ने उपाय चाहिएको बताए । ‘गम्भीर राष्ट्रिय सवालमा हामी एकताबद्ध भएर अगाडि बढौँ…
सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका लेसपा नेता तथा पूर्व संबिधान सभा र मधेश प्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । उनलाई महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ