तितो सत्य

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पेस गरेको समीक्षा प्रतिवेदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार सार्वजनिक गरेको छ । रास्वपा संकटमा रहेको उल्लेख गर्दै ढकालले पार्टी सुधारको सुरुवात सभापति रवि लामिछानेबाट गर्नुपर्ने धारणा राखेका छन् । प्रतिवेदनमा प्रदेश संरचना खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउनुपर्ने, २०८४ को चुनावअघि बालेन शाहसँग सहकार्य गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।पार्टीको जनमत खस्किएकाले यही अवस्थामा चुनावमा जाँदा १/२ सिट भन्दा जित्न नसक्ने ढकालले बताएका छन् । ढकालले आर्थिक रुपमा सबल व्यक्तिहरू मात्रै पार्टीमा प्रवेश हुने अवस्था बनेको उल्लेख गरेका छन् । सभापतिमाथि दर्जनौं प्रश्न प्रतिवेदनमा ढकालले सभापति रवि लामिछानेको शैलीका कारणले पार्टीलाई…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीभित्र अरूलाई गाली र आरोप-प्रत्यारोप गर्ने मात्रै प्रवृत्ति देखिएको बताउँदै आफ्नो ‘भिजन’ र ‘प्लान’ केही देखाउन नसकिएको स्वीकारेका छन् । निलम्बित महामन्त्री ढकालले पार्टीले सस्तो लोकप्रियतालाई प्राथमिकता दिइएको, फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखिएको पनि टिप्पणी प्रतिवेदनमा गरेको पाइएको छ । ‘सस्तो लोकप्रियतालाई प्राथमिकता दिइयो । पार्टीभित्र निषेधको राजनीति मौलाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखियो ।’ सुरूवाती यात्रामा राजनीति गर्न काम नछोडौं भनिए पनि पछिल्लो समय राजनीति गर्न काम छोड्नु पर्ने बाध्यता भइसकेको ढकालको भनाइ छ । ‘प्रतिस्पर्धी भावना र खुट्टा…

Read More

रौटहटको कटहरिया नगरपालिका-२ जमुनिया बजारको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा गरेको भन्दा धेरै काम देखाएर उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ मेयर, उपमेयर, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारले इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिशबिक्रम शाह र मनोज प्रसाद जैसवाल, इन्जिनियर मो.मकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि भ्रष्टाचार…

Read More

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदावी सहित परेको रिट निवेदनमा बिहीबार मुद्दाको सुनुवाइ गरेका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो । के कारणले राय बाझिएको हो भन्नेबारे सर्वोच्च अदालतले संक्षिप्त आदेश सार्वजनिक गरिसकेको छैन ।अब उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश गर्नुपर्नेछ ।

Read More

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् ।…

Read More

बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए । पार्टीको महामन्त्री प्रबन्ध निर्देशक (रवि गोर्खा मिडियामा त्यही पदमा थिए) जस्तै पद भएको भन्दै उनले भने, ‘हिजो जीबी राईको गल्ती, आज महामन्त्रीको गल्ती । मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।उनले अगाडि भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी,…

Read More

कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति का साथ सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ऐपाले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेपछी ‘प्रचण्ड’को सरकार अल्पमतमा परेको छ । सत्ताको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो । समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

Read More

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।तर राजीनामा गर्न दिइएको समय सकिंदा पनि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय नलिएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनका अनुसार, प्रधानमन्त्री प्रचण्डलाई भेटेरै समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता हुने तयारी छ ।

Read More

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको थियो रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा चलिरहेको बहस मंगलबार नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको थियो ।आज पनि सुनुवाइ हुँदैछ ।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गरेका छन् ।

Read More