पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो ।अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।
तितो सत्य
सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो ।कुनै अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए । अर्थ मन्त्रालयले रद्द गर्ने भनी गरेको निर्णय गैरकानुनी भएको भन्दै श्रेष्ठले रिट दायर गरेका थिए । उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले भनेको हो । यो विवादका बिच सोमबार बसेको…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।कांगेसले बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई छलफलका लागि बोलाएको छ ।
सरकार को प्रमुख घटक नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेपछी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका हुन् । सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गए राति सहमति गरेका थिए । उनीहरूले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।
सरकार को प्रमुख घटक नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेपछि उतपन्न राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् ।प्रधानमन्त्री ले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उनले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि,…
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् । दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले जानकारी दिए ।
मधेश प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधाममा आयोजित प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा आठवटै जिल्लाका प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रदेशमा विभिन्न हिंसा, आपराधिक क्रियाकलाप, आत्महत्यालगायतका घटना बढ्दै गएका छन् । यसले तपाईं हाम्रो भूमिकामा समेत प्रश्न उठ्छ । त्यसैले यस्ता क्रियाकलाप रोक्न र समाजमा अमनचयनको अवस्था बनाउन प्रहरीको भूमिका महत्वपूर्ण छ, यहाँहरुले थप प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकार सम्पूर्ण रुपमा सहयोग गर्न तयार छ”, मुख्यमन्त्री सिंहले भने…
देउवा ओलिको भेटघाटवाट तरंगित माओबादी र सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला सरकार को प्रमुख घटक नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमंन्त्री केपि शर्मा ओलिले आफ्ना पार्टीका सम्पुर्ण मन्त्रीहरुलाई साँझ ६ बजे बोलाएका हुन् । ‘बालकोटबाट आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक मन्त्रीले भने ।अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ सकिय लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।
रौतहट दुर्गा भगवती गाउँपालिका वडा नं ३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ ।राजेश कुमार झाको नाममा रहेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन कुमार झाको घर अगाडि राखिएको सो गाडी कसैले व्यकत्तिगत रिसिभिले चोरी गराइएको गाडी धनी राजेश कुमार झाको भनाई रहेको छ ।दुर्गा भगवती गाँऊपालीका स्थित ईलाका प्रहरी कार्यालय पिपरा मा गाडी चोरि भएको भोलिपल्टै प्रहरीमा उजुरी दिए पनि गाडी चोरी भएको अहिले सम्म प्रहरीबाट कुनै किसिमको खोज तलास सम्बन्धित सुचना नआएको गाडी धनीको गुनासो रहेको छ । गाउँभरीको विद्युत लाईन काटेर बिजुलिको पोलमा रहेको सिसि टिभी बन्द हुने…