तितो सत्य

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।पानीको बहाव बढेपछि शारदा ब्यारेज वनबासा पुलमा साना सवारीसाधन र पैदलयात्रुलाई भने मात्र ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीकाले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ ।

Read More

कोशि नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् ।पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरी जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। यो बहाव यस वर्षकै उच्च रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । कोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको जानकारी दिए ।यस्तै, सप्तरीको हनुमाननगर कंकालिनीनगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका लगायत प्रभावित स्थानका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ । बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका बस्तीहरूमा सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

Read More

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको प्रक्षेपणमा पनि यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने उल्लेख थियो ।कर्णाली र सुदूरपश्चिममा भोलि पनि वर्षा, अन्यत्र मौसम सुधार जुलाईदेखि सेप्टेम्बरसम्मको ३ महिनाको जम्मा वर्षा औसत (३ महिनाको) भन्दा बढी हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म रहेको विश्व मौसम संगठनमा आवद्ध भएका १२ वटा जलवायु प्रारुपले गरेको आँकलनबाट देखिन्छ। मनसुन सक्रिय हुँदा देशभर भएको घनघोर वर्षाले विपत्ति निम्त्याएको छ । बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ । राजधानी काठमाडौंको नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर भई सोही रेष्टुरेण्टमा काम…

Read More

वर्षा संगै पहिरोका कारण देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु रोकिएका छन राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन। सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ। केही स्थानमा छिट्टै एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ भने केही स्थानमा समय लाग्ने जनाइएको छ।पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक शनिबार बिहानैदेखि अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। यसअघि पनि पहिरो जाँदा १८ घन्टा अवरुद्ध भएको थियो। पहिरो पन्छाएर शुक्रबार साँझ मात्रै सञ्चालनमा आएको सडक फेरि अवरुद्ध भएको हो।त्यस्तै, मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग एक सातादेखि अवरुद्ध छन्। बाढी र…

Read More

केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् । उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए । शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीलगायतले भने विपक्षमा मतदान गरेका छन् ।मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि मन्त्रिपरिषदबाट…

Read More

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण भएपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएको छ । त्यस अनुसार मधेशमा कांग्रेसलाई प्रवेश गराउन र विश्वासको मत दिन मुख्यमन्त्रीले माओवादी केन्द्रसहित चार दललाई सरकारबाट हटाएका हुन् । कांग्रेसले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएको छ । शनिबार विश्वासको मत लिएपछि आइतबार कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ । बर्खास्त गर्नु अघि चारदलका मन्त्रीलाई मुख्यमन्त्री सिंहले राजीनामा दिन भनेका थिए । तर राजीनामा ढिलो आउने तथा विश्वासको मत लिनुपर्ने दबाबको कारण उनले बर्खास्त गरेका हुन् ।मुख्यमन्त्री सिंहले उनीहरूलाई बर्खास्त सहित मन्त्रिपरिषद पुनर्गठनको पत्र…

Read More

जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसो ३ बजेसम्म नेपालका तीन नदीको जल सतहले खतराको तह नाघेको छ । रूपन्देहीको कोइली, काठमाडौं उपत्यका स्रोत भएको बागमती र कोशी नदीले खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो । विभागका अनुसार हाल अन्य ६ नदीमा पनि जल सतहले सतर्कता तह पार गरिसकेको छ । ती नदीको सतह खतराकै तहमा नपुगे पनि पानीको मात्रा स्थिर र बढ्दो क्रममा छ । नारायणी नदीको जल सतहले ५ र बागमतीको सहायक खोला हनुमन्तेले जगातीमा सतर्कता तह पार गरेको हो । विभागका अनुसार कोइली नदीमा खतराको तह ५ मिटर पार भइ जल सतह ५.२८…

Read More

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिनको लागि बोलाइएको प्रदेश सभाको बैठक सुरु भएको छ ।  प्रदेशसभाको बैठक सुरु भएलगत्तै मुख्यमन्त्री सिंहले उनले संविधानको धारा १६८ उपधारा (४)बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् । विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले भने ‘बढीभन्दा बढी मत दिएर मप्रति सदनको विश्वास रहेको छ भने तपाईँहरूले पुष्टि गर्नुहोला ।’ विश्वासको मत मागेका छन्। मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।  

Read More

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ सहकारी छानबिन का लागि गठित समितिले पोखरास्थित सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा प्रवाह भएको भेट्टाएको छ ।समितिका संयोजक सूर्य थापाले जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको भेटिएको बताए।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेट्‍वर्कमा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको उनले बताएका छन् ।

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।यसका लागि उनले असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेका छन् ।नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका  उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।असार २८ मा उनले कांग्रेस एमाले गठबन्धन बन्ने भएपछि विश्वासको मत लिन लागेका छन् । यो पटक उनको सरकार ढल्ने सम्भावना छ । किनकि १ सय ६६ जना सांसदको समर्थनमा नेकपा एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।

Read More