तितो सत्य

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।उनले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताएका हुन् ।नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो ।सांसद यादवले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ मा राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी, अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्ने योग्यता तोकिएको पनि स्मरण गराए । खानको सिफारिसपछि म्यानपावर व्यावसायी सशंकित भएको पनि उनले बताए । यादव भन्छन्, ‘म्यानपावर व्यावसायी आफैँ राजदूत भएर जाने भएपछि साउदीमा काम गर्ने…

Read More

मलुकका सबै ६ महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् । महानगरपालिकाहरूले ल्याएको बजेटमा सार्वजनिक सेवा र सहरी पूर्वाधारमा जोड दिइएको छ । महानगरहरूले रोजगारी सिर्जना, सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् ।६ महानगरमध्ये काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड बराबर ल्याएको छ भने सबैभन्दा सानो बजेट मधेश प्रदेशको वीरगञ्ज महानगरले २ अर्ब ८९ करोडको ल्याएको छ । सबै महानगरको गरी कुल ५३ अर्ब ६४ करोड ९ लाख बराबरको बजेट छ ।

Read More

सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले राईलाई ल्याउन मलेसिया सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न गीतेन्द्रबाबु राई (जीबी) लाई मलेसियाबाट ल्याउने प्रयास भइरहेको बताएका छन् ।उनले राईलाई ल्याउन मलेसिया सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिए ।उनले मलेसिया सरकारले माग गरेअनुसारको पत्रसमेत पठाइसकेको जानकारी दिए । राई फरार रहेको ८ महिनापछि आफू सरकारमा आएको भन्दै उनलाई आकाश पातलबाट खोज्न इमान्दारीपूर्वक लागेको गृहमन्त्रीले बताए ।उनले जीबी राई पक्राउ ब्यग्र प्रतीक्षाको विषय भएको भन्दै उनले कूटनीतिक प्रयासबाट…

Read More

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको छ । हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो ।बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनविरुद्ध उजुरी परेको थियो ।बम्जनविरुद्ध विभिन्न सर्लाही, पर्सा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामासमेत यौन दुराचार गरेको, मानिस बेपत्ता पारेकोसहितका आरोपमा मुद्दा अघि बढ्दैछ ।२०८० पुस २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेपछि थुनामा पठाइएका बम्जन बालयौन दुराचार मुद्दामा…

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ लगायतका काम काज गर्नुपर्ने भएकाले आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्नुपर्ने जनाएको छ २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ । विमानस्थल राति २ बजेसम्म चल्दै आएको छ।विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यो पाँच महिना अवधिसम्म रहने छ ।काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्छ ।

Read More

नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठककालागी चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ तीन दिने भ्रमणका लागि आज काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरे । स्वागतमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग पनि विमानस्थल पुगेका थिए ।नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक मंगलबार हुनेछ । सो बैठकमा नेपाल र चीनका अधिकारीहरुबीच सीमा व्यवस्थापन, व्यापार, लगानी, आपसी सहयोग लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयलको जनाएको छ ।

Read More

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए ।

Read More

नेपाली सेनाका रथी अशोक राज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले २०४० असोज ९ मा नागरिकता लिएका हुन् । त्यसबेला उनी १७ वर्षका थिए । रुपन्देहीको नागरिकता अनुसार सिग्देल २०२३ असोज ९ मा जन्मिएका हुन् ।सिग्देलले २०५८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको प्रतिलिपि अनुसार उनी २०२३ साउन २९ मा जन्मिएको देखिन्छ । उनले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेका हुन् । सक्कल नागरिकतामा भएको विवरणभन्दा फरक हुने गरी प्रतिलिपिमा विवरण सच्याउन पाइँदैन । तर, उनले…

Read More

आजको संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी छ । यस्तै बजेटका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकोकार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलमा उठेका प्रश्नहरुकोविभागीय…

Read More

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको छ । उनलाई वरिष्ठ सचिवमध्येबाट निमित्त मुख्यसचिव बनाइएको हो । लीलालाई भदौसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका हुन् ।२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी  ०६३ सालमा उपसचिव भइन् भने २०७० सालमा सहसचिव भएकी २०७७ कात्तिकमा सचिव भएकी उनी नेपाल कानुन आयोगका सचिवबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव भएकी थिइन् । गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । उनी २०८० भदौ २२ गते प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवको रूपमा काम गर्दै आएकी छन् ।निमित्त मुख्यसचिवमा बनेकी गर्तौला भदौ…

Read More