तितो सत्य

अमेरिकी प्रतिनिधि सभाको प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको स्वायत्तताको माग गरेको छ । बीबीसी हिन्दीका अनुसार विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको मुद्दा उठाउँदै चीनलाई चेतावनी दिएको यो पहिलो पटक हो । बुधबार उक्त प्रतिनिधिमण्डलले हिमाचल प्रदेशको धर्मशालामा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेको छ । सो क्रममा प्रतिनिधिमण्डलले तिब्बतको स्वायत्तताको मुद्दा उठाउँदै तिब्बतीप्रति अमेरिकाको समर्थन अटल रहेको बताएको हो ।अमेरिकी संसद्को विदेश मामिला समितिका अध्यक्ष रिपब्लिकन नेता माइकल म्याकलको नेतृत्वमा रहेको सात सदस्यीय प्रतिनिधिमण्डलमा अमेरिकी कांग्रेसकी पूर्व सभामुख न्यान्सी पेलोसी पनि सहभागी छन् ।बुधबार उक्त टोलीले अमेरिकाले दलाई लामाको उत्तराधिकारीबारे चीनलाई हस्तक्षेप गर्न नदिने बताएको थियो।जुलाई ६ मा ८९औं जन्मदिन मनाउन गइरहेका दलाई लामासँगको अमेरिकी प्रतिनिधिमण्डलको भेटमा…

Read More

सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेका बेला २४ देखि ४८ घण्टासम्मको समय जटिल क्रिटिकल मानिन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना उच्च हुन्छ । संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, वान्ता हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने र…

Read More

काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् । सुरक्षामा खटिएका अजित गोलेले आज केहीबेरअघि आफैँमाथि गोली हानेको बताइएको छ । उनी शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।  आफैँले गोली हानी आत्महत्या गरेको काठमाडौं प्रहरीका एक अधिकारीले जानकारी दिए । प्रहरीको कार्यदलबाट खटिएका उनले आफैँमाथि गोली हानेको बताइएको छ ।   संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

Read More

अछाममा छाउगोठमा बसेकी एक १६ वर्षीया किशोरी मंगलबार बेहोस् अवस्थामा भेटिएकी छिन भेटिएकी किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले बताए।किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए ।उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।

Read More

विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नुहुनेछ । निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले आइतबार एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ । अर्थमन्त्री पुनले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उहाँहरुको स्वागत र बिदाइ गर्नुभयो । देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ । लाडा स्ट्रेलकोवा आफ्नो कार्यकाल सकाएर फर्कनुभएको…

Read More

युवा तथा खेलकुद मन्त्रालयले आइतबार क्रिकेट टोलीसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मन्त्रालयले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरेको हो । पुरस्कारको कुल रकम २ करोड ९७ लाख १० हजार रुपैयाँ रहेको छ । पुरस्कृत हुने खेलाडीहरुमा १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी करातेका एरिका गुरुङ, प्रशिक्षक कुशल श्रेष्ठ, सहायक प्रशिक्षक छोरी डंगोल, पारा ओलम्पियन पलिस्था गोवर्धन, महिला कब्बडी टोली र टोलीका प्रशिक्षक एवम् राष्ट्रिय क्रिकेट टोली छन ।कार्यक्रममा एरिकाले १९ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले…

Read More

चिनिया जनराजनैतिक परामर्शदातृ सम्मेलन, राष्ट्रिय समिति (सीपीपीसीसी)का उपाध्यक्ष वाटर नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार भक्तपुर दरवारस्क्वायरको भ्रमण गरेको छ ।चार दिने नेपाल भ्रमणमा आएका वाटर नेतृत्वको टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबारस्क्वायर क्षेत्र, पोटरी स्क्वायर, टौमढी हुँदै फसिः देगको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । टोलीले भक्तपुरको स्थानीय उत्पादन र मृतिका कलाबारे चासो व्यक्त गरेका थिए ।टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले स्वागत गर्नुभएको थियो । टोलीको स्वागतमा भक्तपुर नगरपालिकाले परम्परागत नाचसहितको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । सो अवसरमा उपाध्यक्ष वाटरले भक्तपुरको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर कला र संस्कृतिमा निकै समृद्ध नगर भएको बताउनुभयो ।…

Read More

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले आज जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको हो ।  बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृङ्खलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध कानुन बमोजिम कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ । विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका…

Read More

नेपाली सेनाले काठमाडौंको भद्रकालीमा सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ ।नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।अधिकांश निजी पेट्रोल पम्पहरुले बिक्री वितरण बन्द गर्दा नेपाली सेना र नक्शालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पबाट भने बिक्री भइरहेको थियो । भद्रकालीको पम्पमा पेट्रोल/डिजेल छैन लेखिएको बोर्ड झुण्ड्याइएको छ । सेनाको पम्प समेत बन्द हुँदा इन्धन भर्ने प्रतिक्षामा लामो समयदेखि लाइनमा बसिरहेकाहरु झन् समस्यामा परेका छन् ।

Read More

प्रसारण लाइनको ठेक्का कहिले ? एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाख अमेरिकी डलर योगदानमा विद्युत् प्रसारण लाइन, सबस्टेसन र सडक सुधार आयोजना सञ्चालन हुँदै छ । त्यसमध्ये ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन, ४ सय केभीकै तीनवटा सबस्टेसन तथा दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने तीन परियोजना यो बजेटबाट कार्यान्वयन हुनेछन् । यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए । कम्पनीहरुले गरेको सबैभन्दा कमको टेन्डर नै एमसीएको लागत अनुमानभन्दा ६६…

Read More