अशोक राई नेतृतवमा पार्टी विभाजन गर्न लागिएको हो ।
जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।
राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।
जसपाकी एकजना सांसद सुशील श्रेष्ठले ७ जना सांसद मिलेर नयाँ दल दर्ता गर्न आफूहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको बताइन् ।
