काठमाडौं — मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनले देशभर गम्भीर बहस सिर्जना गरेको छ। घटनापछि विभिन्न अभियन्ता तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
जेन्जी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठ

तथा घाइते जेन्जी नेपालका अध्यक्ष बादल राईले आ–आफ्नो सामाजिक सञ्जालमार्फत गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राजनीतिक, सामाजिक र प्रशासनिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
त्यसैगरी, २०८२ भदौ २३/२४ को आन्दोलनबाट प्रभावित जेन्जी शहीद परिवार कल्याणकारी समाज तथा घाइते जेन्जी नेपाल संयुक्त संघर्ष समितिका अध्यक्ष गणेशप्रसाद चौलागाईले पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनको भनाइमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, सेवा प्रवाहमा देखिएको कमजोरी तथा नागरिकमा बढ्दो निराशाले यस्ता दुःखद घटनाहरू निम्त्याइरहेको छ।
चौलागाईले तीन वर्षअघि संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यको घटनापछि तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सार्वजनिक रूपमा त्यस घटनालाई तत्कालीन राज्य व्यवस्थाको असफलतासँग जोडेर टिप्पणी गरेको स्मरण गराउँदै अहिले पनि सोही मापदण्डका आधारमा वर्तमान सरकारको जवाफदेहिता र जिम्मेवारीबारे प्रश्न उठ्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा व्यक्त धारणा अनुसार, सम्बन्धित अभियन्ताहरूले गणेश नेपालीको आत्मदाहको प्रयाससम्म पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने, नागरिकलाई चरम निराशातर्फ धकेल्ने कारणहरूको पहिचान गरी प्रभावकारी सुधारका कदम चाल्नुपर्ने तथा सरकार नागरिकप्रति थप जवाफदेही बन्नुपर्ने माग गरेका छन्।
यद्यपि, गणेश नेपालीले आत्मदाहको प्रयास गर्नुको वास्तविक कारणबारे सम्बन्धित निकायले औपचारिक अनुसन्धान गरिरहेको छ। हालसम्म कुनै सरकारी निकायले घटनाको कारणबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन। त्यसैले घटनाको कारण र जिम्मेवारीबारे अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ
जेन्जि सहिद परिवार लक्याणकारा समार र घाईते जेन्जि नेपाल संघर्ष समितिका अध्यक्ष गणेश प्रसाद चौलागाई आफना सामाजिक संजालमा लेख्छन ।

राज्यको नियत #जनताको ढाड सेकी ढुकुटी मात्र भर्ने,
बेरोजगारी #नागरिक जहिले राज्यको बदनियत ले मर्ने?
कठै मेरो देश 🇳🇵🙏
गणेश नेपालीको आत्मदाह प्रकरणबारे प्रधानमन्त्री बालेन्द्र साहलाई नैतिक जिम्मेवारी लिनुपर्ने चौलागाईको माग
काठमाडौं — २०८२ भदौ २३/२४ को आन्दोलनबाट प्रभावित जेन्जी शहीद परिवार कल्याणकारी समाज तथा घाइते जेन्जी नेपाल संयुक्त संघर्ष समितिका अध्यक्ष गणेशप्रसाद चौलागाईले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
चौलागाईले तीन वर्षअघि संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यको घटनापछि तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले त्यस घटनालाई “राज्यको असफलताको परिणाम” भन्दै सार्वजनिक धारणा व्यक्त गरेको स्मरण गराएका छन्।
उनका अनुसार, यदि त्यतिबेला राज्यको असफलताका कारण प्रेम आचार्यले आत्मदाह गर्नुपरेको निष्कर्ष निकालिएको थियो भने, अहिले प्रधानमन्त्रीका रूपमा बालेन्द्र साह नेतृत्वको सरकारको कार्यकालमै गणेश नेपालीले आत्मदाहको प्रयास गर्नुपरेको घटनाबारे पनि त्यही मापदण्ड लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ।
चौलागाईले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाउने सामाजिक, आर्थिक र प्रशासनिक कारणहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनले सरकार नागरिकको पीडा सम्बोधन गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन र निराशाको अवस्थाबाट नागरिकलाई जोगाउन थप जिम्मेवार हुनुपर्ने बताएका छन्।
साथै, उनले गणेश नेपालीको मृत्युको वास्तविक कारण, घटनापूर्वको अवस्था तथा आत्मदाहको प्रयाससम्म पुग्न बाध्य पार्ने परिस्थितिबारे निष्पक्ष अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
घाईते जेन्जी नेपाल का अध्यक्ष बादल राई ले आफ्नो सामाजिक संजालमा लेखेका छन ।

