मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालमा हाल चलन चल्तीमा रहेको १०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको थियो ।एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतका विदेशमन्त्री एस जयशंकरले एक कार्यक्रममा पत्रकार को प्रशनको जवाफमा सो निर्णय नेपालले एकपक्षीय रूपमा निर्णय गरेको बताएका छन् । उनले दुवै मुलुक सीमाको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा केही गर्नु भनेको नेपालले धरातलको यथार्थलाई परिवर्तन गर्न नचाहेको टिप्पणी समेत गरेको एनडीटीभीले जनाएको छ ।
