महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो ।पानीको बहाव बढेपछि शारदा ब्यारेज वनबासा पुलमा साना सवारीसाधन र पैदलयात्रुलाई भने मात्र ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीकाले जानकारी दिए ।
आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।
केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ ।
