कोशि नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् ।पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरी जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। यो बहाव यस वर्षकै उच्च रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
कोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै प्रहरीबाट निगरानी बढाइएको जानकारी दिए ।यस्तै, सप्तरीको हनुमाननगर कंकालिनीनगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका लगायत प्रभावित स्थानका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।
बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका बस्तीहरूमा सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
