
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको छ। सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरू हटाइएको एमालेले जनाएको छ।
एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यालयमा सुरक्षा दिँदै आएका सबै सुरक्षाकर्मी सोमबारदेखि फिर्ता भएका छन्।
सुरक्षाकर्मी हटाइनुको कारणबारे भने आफूहरूलाई औपचारिक जानकारी प्राप्त नभएको आचार्यले बताएका छन्।
यसअघि एमालेको केन्द्रीय कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएको थियो।