




१९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्। उनले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपा पार्टीबाट अलग भएको जानकारी दिँदै ‘समाजवादी जागरण अभियान’ सुरु गर्ने घोषणा गरेका हुन्।
खनालको नेतृत्वमा अघि बढाइएको अभियानको पहिलो भेलाले विभिन्न १५ वटा प्रस्तावसमेत पारित गरेको छ। पारित प्रस्तावमा विपद् जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय नीतिको पुनरावलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका विषय समेटिएका छन्।
अभियानले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयसँगै समाजवादी आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको जनाइएको छ।