(नेपाल टेलिकमले दुई अर्ब दुई करोड भन्दामाथि नाफा कमायो तर जनतालाई फोन,ईन्टरनेट शुल्क भने महंगो नै)
२४ कात्तिक, काठमाडौं । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।
चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २५.९ प्रतिशतले धेरै हो । असोज महिनामा नेपालमा चाडबाड मनाउन ठूलो मात्रामा रेमिट्यान्स भित्रन्छ ।नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । जुन अघिल्लो आवको तुलनामा भने कम हो ।अघिल्लो आवको पहिलो त्रैमासमा १ लाख ४७ हजार ९३२ ले अन्तिम श्रम स्वीकृति र ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

रेमिटान्स ले देश चलाउने र रेमिटान्स कै पैसा ले नेता मंत्रिहरु आरामको जिंदगी बिताउने नेपाल टेलिकम ले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको भनि विवरण प्रस्तुत हुदा पनि। नेपाल टेलिकम ले अर्बौमा नाफा कमाऊने तर आम नेपालि जनताले फोन र ईन्टरनेटमा महंगो शुल्क तिर्नु पर्ने अवस्थाबाट मुक्ति भने कहिले पाईनेहो थाहा छैन । रेमिटान्सबाट देश चलेको भन्ने प्रचार प्रसार गर्ने प्रवचन दिने सरकारले आफ्नो ज्यान प्राणलाई नै दाउमा लगाई ५०/५५ डिगरि सम्मको गर्मिमा पनि परिश्रम गरेर नेपाल सरकारलाई नै चलाऊने ति रेमिटान्स पठाँऊने साहसी सपुतहरु र देशमै रहेका उनका परिवारको सदस्यसंग कुराकानी का लागि सस्तो मा ईन्टरनेट सेवा को व्यवस्था का लागि देशका ठुल्ठाला नेता तथा मंत्रि को ध्यान कहिले जाला खोई थाहा भएन ।
